होटेल छन् ग्राहक छैनन्
धार्मिक पर्यटन गन्तव्यसमेत रहेको दोलखाको सदरमुकाम चरीकोट आउँदो मङ्सिर ४ गते तोकिएको सङ्घ तथा प्रदेशको चुनावी माहौलले बजारका चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन भने शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ ।
प्रदूषण गर्ने सवारी साधनलाई पाँच हजार जरिवाना
काठमाडौं उपत्यकामा धेरै धुवाँ फाल्ने एक सय ३३ वटा सवारी साधन कारबाहीमा परेका छन्। वातावरण विभागले पुस १ गतेदेखि बुधबारसम्म तीन सय सवारी साधनको चेकजाँच गर्दा एक सय ३३ सवारी साधन कारबाहीमा परेका हुन्।
चिकित्सक सङ्घको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता
नेपाल चिकित्सक सङ्घको आसन्न निर्वाचनमा २४ सदस्यीय पदाधिकारीका लागि २४ र सदस्यका लागि १५ गरी ३९ जना चिकित्सकहरूले मनोनयन दर्ता गराउनुभएको छ ।
दुई दिने स्वास्थ्य तथा शारीरिक शिक्षासम्बन्धी कार्यशाला सम्पन्न
नेपालका विभिन्न क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गराउने शिक्षकहरूको कार्यमूलक अनुसन्धानसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन
यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ ।
लघुवित्तीय संस्था सङ्घ र सङ्घर्ष समितिबिच सम्झौता
लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति र लघुवित्त बैंकर्स संघबीच १२ बुँदे समझदारी भएको छ । भरतपुरमा बुधवार पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी दिइएको हो ।
‘यस्तो नियति कसैले भोग्न नपरोस्’
इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार रुपियाँ कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा शिक्षिकाको मृत्यु
चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुदाँ एक शिक्षिकाको मृत्यु भएको छ ।
माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
प्रधानमन्त्री देउवा दलको नेतामा पुन: विजयी
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज बिहान भएको मतदानमा उहाँले ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम एक मात्र प्रतिस्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ । सभापति देउवा ३९ मत अन्तरले विजयी हुनुभएको जानकारी निर्वाचन समितिले दिएको छ ।
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सम्पन्न
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि मतदान सम्पन्न भएको हो ।
सवारी अनुशासनमा कडाइ गरिने
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा एक साताअघि सवारी दुर्घटनाबाट धेरै जनधनको क्षति भएपछि मङ्गलबार राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै विभिन्न निर्णय गरिएको छ। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने निर्णय गरेको छ।
सर्वदलीय बैठक आह्वान
बागमती प्रदेश सभा सञ्चालनको तयारीका लागि आगामी शुक्रबार सर्वदलीय बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सभा प्रतिनिधित्व गर्ने सात दलबाट दुई–दुई जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहने गरी सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो।
रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकको भ्रमण
दोलखा स्थितको रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकले भ्रमण गरेका छन् । पर्यटन सिजनमा ३९ देशका ४१६ विदेशी नागरिकले गौरीशङकर संरक्षण क्षेत्रको पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका गौरीशङकर संरक्षण क्षेत्रका प्रमुख मधु क्षत्रीले जानकारी दिनुभयो ।
चिटिक्कै भरतपुर विमानस्थल
भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार ल्याएको छ । विमानस्थल प्रयोग गर्ने यात्रुलाई सेवासुविधा दिनका लागि आन्तरिक व्यवस्थापनलाई व्यवस्थित पारेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । विमानस्थल प्रवेश गर्ने स्थानदेखि कार्यालयभित्रसम्मको व्यवस्थापनमा विशेष निगरानीसहित सुविधा विस्तार गरिएको कार्यालयका प्रमुख दीपक विकले जानकारी दिनुभयो ।
पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी
हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन्। विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उहाँहरुको भनाइ छ।
खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ।
धादिङमा बस र माइक्रोबस ठोक्किँदा एकको मृत्यु, १४ घाइते
धादिङको मलेखु नजिकै यात्रुवाहक बस र माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहानी पम्प नजिक भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् ।
प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज (मङ्गलबार) एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।
४६ जनाको निःशुल्क आँखा शल्यक्रिया
सुनकोसी गाउँपालिका–१ मा अवस्थित एकएक पाइला ठोकर्पा आधारभूत अस्पतालले ग्रामीण भेगका ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।
नारायणगढ–मुग्लिङ सडकमा ३ बजेसम्म सवारी आवागमन ठप्प
नारायणगढ मुग्लिङ सडक खण्डका पुल निर्माणका लागि पहाड काट्नपर्ने भएकाले आज (मङ्गलवार) ११ बजे देखि यस क्षेत्रको यातायात दैनिक चार घण्टा रोक्न सुरु गरिएको छ ।
सुनकोसी तेस्रो निर्माणको बाटो खुल्यो
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा निर्माण प्रस्ताव गरिएको सुनकोसी जलाशययुक्त विद्युत् आयोजना निर्माणको बाटो खुलेको छ । विद्युत् विकास विभागले तयार गरेको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै आयोजना निर्माणका लागि बाटो खुलेको हो ।
गुठी ऐन तर्जुमा गर्न समिति गठन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ ।
प्रदेश सभा गठनले पायो पूर्णता
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेसँगै बागमती प्रदेश सभा गठन प्रक्रियाले पूर्णता पाएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको नामावलीसहितको निर्वाचन परिणाम प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगका सचिव गोकर्णमणि दुवाडीले पेस गरेसँगै औपचारिक रूपमा प्रदेश सभा गठन प्रक्रियाले पूर्णता पाएको हो ।