चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँगै मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
नेपालमा उत्पादित विद्युत चीनले खरिद गर्नसक्छ: चिनियाँ कार्यवाहक राजदूत
चिनियाँ कार्यवाहक राजदूत वाङ सिङले नेपालमा उत्पादन भएका विद्युतलाई चीन सरकारले खरिद गर्न सक्ने बताउनुभएकाे छ ।
काठमाडौं महानगर दिवस (फोटो फिचर)
सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनु भएको छ।
मुख्य सडकका खाल्डाखुल्डी तत्कालै पुरिनेछ: सडक डिभिजन
काठमाडौँका मुख्य सडकमा देखिएका खाल्डाखुल्डी तत्कालै पुरिँदै आएको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंले बताएको छ
दुई गैंडा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।
काठमाडौँ महानगरपालिकाको कामकाज बन्द
काठमाडौँ महानगरपालिकाले बिहीबार कार्यालयको सबै कामकाज बन्द गरेको छ । नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवसको अवसरमा कार्यालयको कामकाज बन्द गर्ने जनाएको छ ।
वातावरण शिक्षा पुस्तक प्रकाशन
डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुरले विद्यालय तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरी वातावरण शिक्षा नामक पुस्तक प्रकाशन गरी सार्वजनिक गरेको छ। वन, वातावरण, वन व्यवस्थापन, वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, भूसंरक्षण, जलवायु परिवर्तन, जैविक विविधता, इको क्लब, हाइकिङ, ट्रेकिङलगायतका विषय पुस्तकमा समेटिएको छ।
देउलाङ्गेश्वर ओझेलमा
सत्ययुगमा महादेवको जन्मभूमि रहेको मानिने दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने देउलाङ्गेश्वर पवित्र भूमि हुँदाहुँदै पनि ओझेलमा परेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्वस्थानी व्रत कथामा वर्णित सन्न्यासी रूपी महादेव र सतीदेवी एक रात बसेको र खरको भित्ता च्यातेर देखाएको पवित्र स्थानमा कोही कसैको नजर नपुगेकोमा स्थानीय बासिन्दा चिन्तित बनेका हुन्। सत्य युगकै पवित्र देउलाङ्गेश्वर ओझेलमा पर्नु दोलखाली ठगिनु पनि हो। वडाध्यक्ष मेमबहादुर तामाङले भन्नुभयो, “स्थानीय र पुरातìव विभागसमेतले खासै चासो नदिँदा ओझेलमा परेको हो।”
दोलखामा तीन सय मेट्रिकटन धान उत्पादनमा कमी
दोलखामा यस वर्ष गत वर्षको तुलनामा करिब तीन सय मेट्रिकटनभन्दा बढी धान कम उत्पादन भएको छ ।
एउटै परिवारका आठ सदस्यको मृत्यु
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्युपछि गाउँ नै शोकमा डुबेको छ । बेथानचोक गाउँपालिका–५, च्याल्टीमा मामा बनेर व्रतबन्ध (छेवर)मा गएका बनेपा नगरपालिका–११, सल्लेका एउटै परिवारभित्रका आठ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।
विमानस्थलनजिकै अग्लो भवन
पश्चिम चितवनको मेघौली विमानस्थलमा विमान अवतरण गर्ने स्थल नजिकै बनाउँदै गरिएको निजी विद्यालय प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोक्न निर्देशन दिइएको छ। अग्ला भवन बन्दा विमान अवतरणमा समस्या उत्पन्न हुने भन्दै नागरिक उड्डयन कार्यालय भरतपुरले काम रोक्न निर्देशन दिएको हो। भरतपुरपछि वैकल्पिक विमानस्थलका रूपमा हेरिएको मेघौली विमानस्थलमा अवतरण गर्ने मुख्य क्षेत्रनजिकै छ तले भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि वडा कार्यालयबाट स्वीकृति नलिएको भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिनुभयो।
हाजिर नै नगरी तलब !
हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अनमी वसुन्धरा सुवेदीले विगत लामो समयदेखि कार्यालयको रजिस्टरमा हाजिर नै नगरी तलब भत्ता लिइरहेको पाइएको छ।
जनजाति महिला महासङ्घले नयाँ नेतृत्व चयन गर्दै
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
आदिवासी ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि छलफल
आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।
‘उपचार नपाई ज्यान गुमाउन नपरोस्’
काठमाडौं पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष (आइसियु) मा गङ्गाबहादुर कार्की उपचाररत हुनुहुन्छ ।
बेथानचोक बस दुर्घटनाका घाइतेलाई निःशुल्क स्वास्थ्योपचार गर्न माग
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
सङ्घीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताउनुभएको छ ।
‘होस खुल्दा अस्पतालको बेडमा रहेछु’
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का २० वर्षीय रूपक तामाङ बुधबार बिहान होस खुल्दा बनेपास्थित शिरमेमोरियल अस्पतालको बेडमा हुनुहुन्थ्यो। उहाँ मङ्गलबार साँझ बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान नजिक भएको सवारी दुर्घटना कसरी भयो, दुर्घटनामा कसलाई के भयो केही थाहा छैन।
‘भ्यू टावर’ : १६ महिनामा ७० प्रतिशत सम्पन्न
समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।
दाम्लो बाट्ने पेसा सङ्कटमा
दोलखा भीमेश्वर नगरपालिका वडा–२ का सुब्बा थामीको दैनिकी धानिरहेको दाम्लो बाट्ने पेसा सङकटमा परेको छ । कुनै समयको उहाँको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिक्री गर्नु थियो ।
दलहरूको अङ्क गणितमा फेरबदल
बागमती प्रदेश सभाको पहिलो कार्यकालको भन्दा दोस्रो कार्यकालमा दलहरूको प्रतिनिधित्वको आधारमा अङ्क गणितमा फेरबदल भएको छ । प्रत्यक्ष प्रणालीबाट ६६ र समानुपातिक प्रणालीबाट ४४ गरी ११० सदस्य रहेको प्रदेश सभामा पहिलो पटक प्रत्यक्ष र समानुपातिक गरी ५८ सिट जित्दै स्पष्ट बहुमतसहित पहिलो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो कार्यकालमा आउँदा दोस्रो दल बनेको छ । यस पटक प्रत्यक्षबाट १३ र समानुपातिक प्रणालीबाट १४ जना गरी एमालेका २७ जना प्रदेश सभा सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्दै छन् ।
महाभारतमा केन्द्रीय विद्युत् पु-याइँदै
काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रका दुई गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको विद्युत् विस्तार कार्य सुरु गरिएको छ । विद्युत् प्राधिकरणले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले केन्द्रीय प्रसारण लाइन नपुगेका महाभारत र खानीखोला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार गरी विद्युत् उपलब्ध गराउने भएको हो ।
सवारी आवागमन रोकेर पुल निर्माण
नारायणगढ–मुग्लिन सडकमा दिउँसो सवारी रोकेर पुल निर्माणको काम गरिने भएको छ । निर्माण भइरहेको पुलको कामलाई तीव्रता दिन पुस ५ गतेबाट सवारीसाधन रोकेरै निर्माणको काम गर्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर विजय दरैले पुल निर्माणसँगै सडक माथिका चट्टान काट्न सडकमा यातायात सेवा रोक्नुपरेको बताउनुभयो । “निर्माणाधीन सडक सिचन्जी पुल, तुइन खोला पुल, काली खोला पुल र सिमल ताल पुल निर्माणका लागि नजिकै रहेको चट्टान काट्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “चट्टान काट्दा हुने असुरक्षाका लागि ध्यान दिँदै अहिले दिउँसो ११ बजे देखि ३ बजेसम्म सवारी आवगमन रोक्नुपरेको हो ।”