अक्सिजन बिक्री गर्दै मेथिनकोट अस्पताल
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित मेथिनकोट प्रादेशिक अस्पतालले अस्पतालमा उत्पादन भएर बढी भएको अक्सिजन बिक्री गर्दै आएको छ । अस्पतालको प्रयोजनका लागि उत्पादित अक्सिजन अस्पतालको आम्दानीका लागि सस्तो मूल्यमा स्थानीयलाई बिक्री गर्दै आएको हो ।
दूषित भोज खुवाउने होटललाई तीन लाख जरिवाना सिफारिस
विवाह भोज खाएर बिरामी भएपछि अनुसन्धान गर्दा प्रदूषित पाइएपछि चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरिएको छ । होटलले खुवाएको खानामा दिसामा पाइने ब्याक्टेरिया देखिएको, भान्छाकोठामा फोहोर भेटिएको, भण्डारण कक्षमा राख्ने सामग्रीलाई उचित व्यवस्थापन नगरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वको टोलीले होटललाई कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसमक्ष बुझाउन तयार गरिएको प्रतिवेदनमा रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरेको छ ।
संसदीय दलको नेतामा रस्साकस्सी
बागमती प्रदेशमा संसदीय दलको नेता र मुख्यमन्त्रीका लागि दलभित्र रस्साकस्सी सुरु भएको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनिक गरेसँगै संसदीय दलको नेता बन्न प्रदेश सभा सदस्यहरूको जोड घटाउन सुरु भएको छ । समानुपातिक प्रणालीबाट ४४ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित गरी ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।
सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व असुल
यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार राजस्व उठाएको छ।
नेवाः पत्रकार दःबुको अध्यक्षमा सिंह र सचिवमा शाही निर्वाचित
नयाँ कार्यसमिति चयन गर्दै नेवाः पत्रकार राष्ट्रिय दःबु काठमाडौं जिल्ला शाखाको चौंथो अधिवेशन सम्पन्न भएको छ।
सरकारलाई हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँः चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको छ।
तस्बिरमा ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवस
कार्यक्रममा ललितपुर महानगरपालिका भित्रका स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको उपस्थिति थियो ।
सडकमा लाग्ने हाटबजारले दुर्घटना बढायो
दोलखा सदरमुकाम चरिकोटमा लाग्ने हाटबजार जिल्लाकै पुरानो हाटबजार हो । तर अहिलेसम्म हाटबजार व्यवस्थित हुन सकेको छैन ।
ललितपुर नमुना महानगरपालिका हाे: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ ।
कृषि प्राविधिक देवबहादुर खडकाको वार्षिक आम्दानी पाँच लाख
सरकारी तथा गैरसरकारी १४ वटा कार्यालयमा २७ वर्ष गरिएको कामको खारिएको अनुभवले गरेको टमाटरलगायत खेतीबाट कृषि प्राविधिक देवबहादुर खड्काले राम्रो आम्दानी गर्नुभएको छ ।
मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु
मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश सभाको भौतिक संरचनालाई साढे दुई करोड
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान हुनुपूर्व प्रदेश सभा कक्षलगायत सचिवालयको नयाँ संरचना निर्माणसँगै मर्मतसम्भार भइरहेको छ । प्रदेश सभामा भएका संरचना अपुग भएको भन्दै प्रदेश सभा सचिवालयले प्रदेश सभाका समिति, संसदीय दलकाको बैठक कक्ष, चमेनागृह र सुरक्षाकर्मीको आवास निर्माण गरेको हो ।
कान्ति राजमार्गको कान्ति बढाइँदै
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ विस्तारका क्रममा हेटौँडाको चौघडा–मकवानपुरगढी सडकखण्डमा सडक सीमाभित्र बनाइएका संरचना हटाइने भएको छ । त्यस्ता संरचना हटाउन सकिएमा यो सडकको सुन्दरता बढ्नेछ । हेटौँडा उपमहानगरपालिका–६ र १७ को चुच्चेखोला सडकखण्डको सडक सीमाभित्र रहेका संरचना हटाएर सडक विस्तार गर्न लागिएको हो । हेटौँडा उपमहानगरपालिका–६ को कार्यालय र वडा नं. १७ को कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सडकको दायाँबायाँ पर्ने सडक क्षेत्राधिकारभित्र बनाएका घरटहरालागयतका संरचना हटाई
हवाई उद्धारले घट्यो मातृशिशु मृत्युदर
काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुले समयमै उपचार नपाउँदा ज्यान गुमाउनु पर्दथ्यो । पछिल्लो दुई वर्षयता महाभारत गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार कार्यक्रम लागू भएपछि गाउँपालिकाको मातृशिशु मृत्युदरसमेत घटेको छ ।
संस्कृत विद्यार्थी सम्मेलन देवघाटमा सुरु
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ ।
ललितपुर महानगरको फोटो प्रदर्शनी
ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनीको गरेको छ। ललितपुर नगर प्रहरीको संयोजनमा प्रदर्शनी आयोजना भएको हो ।
विदेश पुग्छ टोखाको चाकु
माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
अझै पूरै बाँडिएन मेलम्चीको पानी
बहुप्रतीक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन ।
पाँच महिनामा ५४ वन्यजन्तु मरे
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् ।
आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (शुक्रबार) पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
चार वर्षमा तीन सयभन्दा बढी घरेलु हिंसाका घटना
दोलखामा गत चार वर्षको अवधिमा तीन सयभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखामा २०७६ सालदेखि हालसम्म घरेलु हिंसाका ३२८ वटा उजुरी दर्ता भएका कार्यालयले जनाएको छ । दर्ता भएकामध्ये १९० वटा घटनामा मिलापत्र भएको छ । श्रीमान्ले कुटपिट गरेको, अवहेलना गरेको, शारीरिक र मानसिक यातना दिएको भन्दै उजुरी लिएर पालिकाको न्यायिक समिति हुँदै प्रहरी कार्यालयसम्म आउने महिलाको सङ्ख्या धेरै रहेको तथ्याङ्कले देखाएको छ ।
प्रदेश सभामा महिला प्रतिनिधित्व वृद्धि
बागमती प्रदेश सभामा पहिलो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा महिलाको प्रतिनिधित्व वृद्धि भएको छ । ११० प्रदेश सभा सदस्य रहेको पहिलो प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ३७ जना महिला प्रदेश सभा सदस्य थिए । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ४० जना महिला प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाख जारिवाना
वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माण
राष्ट्रिय गौरवको आयोजनामा समावेश तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन विस्तारमा बलेफी गाउँपालिका–७ मा क्षतिपूर्ति नदिई लाइन विस्तार गरिएको छ । तार टाँग्नुअघि दायाँ–बायाँ २३–२३ फिट जग्गाको क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने जग्गा प्राप्ति ऐन २०३४ मा उल्लेख छ तर उक्त आयोजनाले १९४ जना जग्गाधनीलाई क्षतिपूर्ति वा मुआब्जा नदिई प्रसारण लाइन विस्तार गरेको पीडित कमलकृष्ण अधिकारीले बताउनुभयो । “बस्ती र घर माथिबाट लाइन विस्तार गर्दा जिउधन जोखिममा परेको छ,” उहाँले भन्नुभयो ।