बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून
बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको छ ।
सवारी दुर्घटना : तीन वर्षमा २८ जनाको मृत्यु
जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।
कर्णालीको प्रदेश स्वास्थ्य ऐन २०७८ कार्यान्वयनको समीक्षा
कर्णाली प्रदेश सरकारले वि.सं. २०७८ सालमा बनाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को उत्तर विधायिकी परीक्षणका लागि सामाजिक विकास समितिको टोली अहिले जिल्ला जिल्लामा पुगेको छ ।
शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जथाभाबी औषधी प्रयोग गरी असुरक्षित गर्भपतन
जिल्लाका अधिकांश भेगमा जथाभाबी औषधी प्रयोग गरी महिला तथा किशोरीमा असुरक्षित गर्भपतन गराउने प्रवृत्ति बढेको छ । चिकित्सकको सल्लाहबिना औषधी तथा औजार प्रयोग गरी असुरक्षित गर्भपतन गराउने कारणले महिलाको ज्यान जानेसम्मको जोखिममा पर्दा धेरै महिला अन्तिम अवस्थामा अस्पताल आउने प्रवृत्ति बढेको हो ।
धमाधम सडक कालोपत्रे गरिँदै
सल्यान जिल्लामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कर्णाली प्रदेश पूर्वाधार विकास कार्यालय सल्यानले १७.२ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१.५ किलोमिटर सडक कालोपत्रे गरेको जनाएका छन् । पूर्वाधार कार्यालय सल्यान अन्तर्गत बहुवर्र्षीय योजना लुहाम–काभ्रा पाँच किमी, खलङ्गा–बालुवासङ्ग्रही २.५ किमी, थारमारे–बडागाउँ सडक ७.५ किमी, सोलाबाङ–रिम सडक एक किमी कालोपत्रे गरिएको छ । यस्तै सङ्घीय सरकार अन्तर्गतका दाङ सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार राप्ती राजमार्ग पुनस्र्थापना मर्मत नौ किमी, दमाचौर–गुराँसे ४४० मिटर, शङ्खमूल–छत्रेश्वरी मन्दिर १.१ किमी, थारमारे–रातपहरा सडक १.१५ किमी, थारमारे बजार–क्याम्पस सडक २१० मिटर कालोपत्रे गरिएको छ ।
बन्यो गौशाला, कम भए दुर्घटना
केही समय पहिला वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सडकमा छाडिने छाडा पशुचौपायाका कारण मानवीय र पशुधन दुर्घटनामा पर्दा हैरानी हुने गरेको छ । गाईले दुध दिन छाडेपछि र गोरुले जोत्न नसक्ने भएपछि स्थानीयले छाडा छोड्दा दुर्घटनाको जोखिमसँगै व्यवस्थापनमा निकै चुनौती नगरपालिकाले खेपिरहेको थियो तर वीरेन्द्रनगर नगरपालिका–११, भेरी नदीस्थित समौजीघाटमा गौशाला निर्माण गरेर छाडा पशुचौपाया राख्न थालेपछि नगर क्षेत्रमा केही हदसम्म दुर्घटनाको जोखिम टरेको छ भने गौशालालाई आयआर्जनमा जोड्ने प्रयासमा नगरपालिका लागेको छ ।
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुर्खेतमा सडक दुर्घटना, एकको मृत्यु ११ जना घाइते
सुर्खेतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन्।
मनिचन्द्रलाई उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल
खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाइरहेका छन् ।
जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या २ पुग्यो
जाजरकोटमा हिजो भएको बोलेरो जिप दुर्घटनाका मृतकको सङ्ख्या दुई पुगेको छ ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
हिजोदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोला र एसमोडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
पाँच दिनदेखि विष्णु सज्याल सम्पर्कविहीन
कालीकोटको रास्कोट नगरपालिका–४ का एक वृद्ध पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । पाँच दिन अघि घरबाट निस्कनुभएका ६८ वर्षीय विष्णु सज्याल सम्पर्कविहीन हुनुभएको हो ।
सङ्घीयताका सात वर्ष : चार मुख्यमन्त्री, एकाउन्न मन्त्री
भौगोलिक विकटताका कारण विकास हुन नसकेको क्षेत्र भन्ने उपमा पाएको कर्णाली प्रदेशमा सङ्घीयता आएको सात वर्षमा खासै विकासले फड्को मार्न सकेको छैन । यद्यपि यो अवधिमा चार मुख्यमन्त्री र ५१ जना मन्त्री भएका छन् । सङ्घीयताको कार्यान्वयनसँगै गठन भएका प्रदेश सरकार केन्द्रीय राजनीतिको वरिपरि घुमेपछि सरकार बनाउने र ढलाउने कामले प्राथमिकता पाएको जस्तो देखिएको छ भने विकासले ठिक उल्टो ढङ्गले प्रभावित भएको छ । प्रदेश स्वायत्त बन्न नसक्दा हरेक छ महिना जसो नयाँ मुख्यमन्त्री र मन्त्री देखिने स्थिति सिर्जना भइरहेको छ ।
जाङगाउँभरि दुई वटा घर
नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको जाङगाउँमा दुई घरधुरी मात्र रहेका छन् । गाउँलेहरू बसाइँ सरेर काठमाडौँ तथा अन्यत्र गएपछि अहिले सो गाउँभरि केवल दुई घर मात्रै छन् । लिमीको जाङगाउँका स्थानीय कुन्चोक तामाङले लिमीकै दोस्रो ठुलो गाउँ जाङमा हाल दुई वटा घर मात्रै रहेको बताउनुभयो । उक्त गाउँमा पहिले ६४ घरधुरी थिए । १० वर्षदेखि उक्त गाउँका स्थानीय काठमाडौँ बसाइँ सर्दै आएका छन् । सुविधामुखी भएपछि गाउँमा बसेर दुःख नगर्ने निष्कर्षमा पुग्दा गाउँ रित्तिँदै गएको उहाँले बताउनुभयो । गत वर्षसम्म १२ घरधुरी रहे पनि यस वर्ष दुई घर मात्रै रहेको उहाँको भनाइ छ ।
भूकम्पले घर ढाल्यो, पहिरोले टहरो
गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले मानवीय र भौतिक क्षति बेहोरेका रुकुमपश्चिमवासीले यो बर्खामा मनसुनजन्य विपत्बाट उस्तै क्षतिको सामना गर्नु परिरहेको छ । भूकम्पले घर भत्काएपछि टहराको सहाराका जीवन गुजारिरहेकामध्ये अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । आठबिसकोट नगरपालिका–११, फारुलागाउँका नरबहादुर खड्काले एउटा विपत्को घाउ पुरिन नपाउँदै अर्को विपत्ले घर न घाटको अवस्थामा पु¥याएको दुःखेसो पोख्नुभयो ।
जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते
जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
रास्कोट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले रास्कोटको नगर अस्पतालबाट पनि बिमितलाई उपचार सेवा दिने भएको हो ।
जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते
मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
सफल भएन 'सहलगानी परियोजना'
आर्थिक वर्ष २०७७-०७८ मा कर्णाली प्रदेश सरकारले ‘सहलगानी कार्यक्रम’को घोषणा गर्यो । उक्त वर्ष कार्यक्रम कार्यान्वयनका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । तर कार्यान्वयन भएन । कार्यक्रमको ढाँचा र कार्यविधि निर्माण नहुँदा कार्यक्रम कार्यान्वयन हुन सकेन ।
सुन्दर हर्रे गाउँ
सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित रत्न राजमार्गले घेरेको सुन्दर हर्रे गाउँ र आसपासको क्षेत्र । यो ठाउँ तरकारी उत्पादनको लागि पकेट क्षेत्रको रुपमा चिनिन्छ ।
दलित महिला जनप्रतिनिधिमाथि विभेद
वडाभित्र तय गरिने योजना होस् या छुट्याइने बजेट होस् त्यसमा दलित जनप्रतिनिधिले विभेद भोग्नु परेको बताउनुभएको छ । योजना बनाउने बेला एक लाख रुपियाँको बनाइए पनि दलित लक्षित कार्यक्रमका लागि बजेट केवल एक हजार रुपियाँ विनियोजन गर्ने गरेको वीरेन्द्रनगर नगरपालिकाका दलित महिला जनप्रतिनिधिको गुनासो रहेको छ ।
सामाजिक परिचालकदेखि मन्त्रीसम्म
हुम्ला जिल्लाबाट प्रदेश सभा सदस्य बनेकी विजया बुढा प्रदेश सरकारको मन्त्री बन्नुभएको छ । जिल्लास्तरमा सामाजिक परिचालकदेखि सामाजिक काममा प्रवेश गरेकी बुढा अन्ततः प्रदेश सरकारको मन्त्री बन्न सफल हुनुभएको हो । बुढा कर्णाली प्रदेश सरकारमा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बन्नुभएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेललाई दोस्रो पटक विश्वासको मत प्राप्त
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ।