• १२ असोज २०८१, शनिबार

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

blog

हवाई सेवा अवरुद्ध भएपछि सिमकोट विमानस्थल सुनसान ।

राजन रावत

हुम्ला, साउन २४ गते । हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिनुभयाे ।

उहाँले लगतार वर्षा भइरहेको कारण नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध भएको हाे । सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगञ्जका लागि उड्ने यात्रुहरु मर्कामा परेको उहाँले बताउनुभयो । 

हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विद्यार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् । पैदल मार्गको सडक पनि ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट पनि आउजाउ सम्भव छैन । 

हाल नेपालगञ्जबाट सिमकोटका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजहरुले उडान भर्ने गरेका छन् । खराब मौसमकै कारण हवाई सेवा अवरुद्ध हुने गरेकाे सिमकोट विमानस्थलले जनाएको छ ।