• १२ असोज २०८१, शनिबार

मनिचन्द्रलाई उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल

blog

मेरुदण्डको चोटले थला परेका मनिचन्द्र । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन २३ गते । खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाइरहेका छन् । रोजगारीको सिलसिलामा भारतको केदारनाथ जानुभएका मनिचन्द्र भारी बोक्दै गर्दा लड्नुभयो । मेरुदण्डमा चोट लागेपछि साथीको सहारामा उहाँ नेपाल फर्किनु त भयो, तर उपचार अभावले ठीक हुन सकेका छेनन् ।

उहाँ पाँच वर्षको हुँदा बुवा बाहुदेव चौलागाईंको मृत्यु भयो । सानै उमेरमा बुबा गुमाएका मनिचन्द्रको सहारा अहिले उनकै एक्ली आमा बन्नुभएको छ । चार छोराछोरीको लालनपालका लागि मनिचन्द्रकी श्रीमती गाउँ घरमा काम खोजेर मजदुरी गरिहनुभएको छ भने विस्तरामा लडेका उहाँका श्रीमानको रेखदेखमा ६९ वर्षकी सासु आमा बिजा चौलागाईं हुनुहुन्छ । स्थानीय हीरामणि चौलागाईंले मनिचन्द्रको उपचारका लागि गाउँ घरबाट हुने सबै प्रयास सकिएको बताउनुभयो । 

यस्तै, चार महिना भारतको लखनउमा राखेर उपचार भयो । खास चोट लागेको अङ्गको शल्यक्रिया नभएका कारणले ३९ वर्षीय मनिचन्द्र बिस्तरामै लडिरहनुभएको छ । उपचार खर्च अभावका कारणले शल्यक्रिया भएन । तर उहाँको समस्या बढ्दै गएपछि उपचारका लागि खर्चको जोहो गर्न सुरु भयो । गाउँको पाखोवारी तत्काल बेचबिखन हुने कुरै भएन। मनिचन्द्रकी आमा बिजाले भन्नुभयो, "रुपियाँ खोज्दै धेरै महिना बिते, पछि ठुलो शल्यक्रिया गर्नुपर्ने भनेपछि उपचार गर्ने रुपियाँ नभएर घरमा फिर्ता ल्याएँ ।" 

रुदै बिजाले भन्नुभयो, "उ बेला सानैमा यसका बुवाले छोडे, गाउँलेकै काम गरेर चार भाई छोरा हुर्काएँ । अब त सुखका दिन भेटाए सोचेको थिए, फेरी छोरा ३९ वर्षकै उपचारमा यस्तो बिरामी भयो । मेरुदण्डकै चोटले शरिर पुरै नचल्ने भएको छ । पारालाइसिस कारणले मनिचन्द्र आफैँ ठाडो हुन सक्नुहुदैन । राम्रो ठाउँमा उपचार गर्नका लागि खर्च छैन । गरिवले उपचार नपाएर मर्नु पर्ने भन्दै गाउँ भरिका नागरिक आक्रोशित छन् । स्थानीय सरकारसमक्ष कुरा पु र्‍याइदिने पनि कोही नभएको मनिचन्द्रका भतिज नाता पर्ने हीरामणि चौलागाईंले", भन्नुभयो । 

स्थानीय सरकारले पनि अलि पहुँचवालालाई सहयोग गर्ने हो । खासै गरिबको लेखाजोखा चुनावका बेला मात्र हुने गरेको भन्दै उपचार खर्च जुटाउन आफू गाउँमा लागि परेको भए पनि केही प्रगती नभएको हीरामणिको भनाइ छ । पाटनमा अप्रेसन हुन्छ भनेर एक पटक लिएको भएपनि उपचार खर्च धेरै चाहिने भनेपछि फिर्ता ल्याएको उहाँका आमा बताउनुहुन्छ । 

घरमा बिरामी भेट्न नयाँ मान्छे जाने बित्तिकै मनिचन्द्रकी आमा बिजा चौलागाईंले सहयोगको याचना गरिरहनुभएको छ । तर अहिलेसम्म कतैबाट सहयोग नजुटेकाले मनिचन्द्रको उपचार सुरु हुन सकेको छैन ।