सडकभरि खाल्टैखाल्टा
यहाँका प्रमुख प्रशासनिक तथा व्यापारिक केन्द्र वीरेन्द्रनगर बजार जोड्ने हटलाइन सडकभरि खाल्टैखाल्टा छन् । सडकमा भएका खाल्डोले गर्दा जोखिम बढ्दै गएको छ । खोर्केखोलाको रातोपुलदेखि वडा नं. ४ के कुमाइ चोकसम्म साना ठुला गरी सयभन्दा बढी खाल्टाखुल्टी रहेका छन् । निकै व्यस्त सडक भए पनि खाल्टाखुल्टीले गर्दा सवारीसाधन तथा पैदलयात्रुलाई समेत हिँड्न सास्ती हुने गरेको छ । सडकमा खाल्डो पर्दा भित्रको सानातिना ढुङ्गा यत्रतत्र छरिएका छन् ।
पहिरोको डर भएपछि सुरक्षित स्थानमा
जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका १२ घरपरिवारका ६५ जनालार्ई सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३, स्याँलागाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले ती घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ । स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
भेरीगङ्गाको किनारमा आधुनिक सहर बन्दै
पूर्वी सुर्खेतको भेरीगङ्गा नयाँ सहरको रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत्, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरका रूपमा अगाडि सारेको थियो । गत आर्थिक वर्ष २०८०/८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भए पनि काम भने गत वर्षबाट मात्र सुरु भएको हो ।
मुगुको चैनगाउँ
मुगुको छायानाथ रारा नगरपालिका वडा न २ मा रहेको चैनगाउँ र आसपासको क्षेत्र ।
प्याराग्लाइडिङ गर्दै पर्यटक
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १४ गोठीकाँडाबाट प्याराग्लाइडिङ गर्दै पर्यटक ।
हुम्लाका परम्परागत घर लोप हुँदै
जिल्लाका अधिकांश गाउँका घरहरू परम्परागत रूपमै माटोले छापेका थिए तर हिजोआज यी घरहरू लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
निर्माणाधीन अस्पताल भवन
दैलेखको नारायण नगरपालिका–८ मा निर्माणाधीन ५० शैयाको जिल्ला अस्पताल भवन । विसं २०७८ जेठमा रु १८ करोड २३ लाखको लागतमा निर्माण सुरु भएको यस अस्पतालको हालसम्म ४० प्रतिशत मात्र काम भएको अस्पताल प्रशासनले जनाएको छ ।
ऐतिहासिक कोतगढी र आसपासको क्षेत्र
दैलेखको सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी र आसपासको क्षेत्र ।
खेर गइरहेको जमिनमा लटरम्म तरकारी
कालीकोटको खाँडाचक्र नगरपालिका–५, तेर्सो बजारका भीमबहादुर कार्की चार/पाँच वर्षदेखि तरकारी खेतीमा संलग्न हुनुहुन्छ । क्यान्सरको बिरामी हुँदा पनि उहाँले तरकारी खेती गर्न छाड्नुभएको छैन । भिरालो जमिनको १२ रोपनी जग्गामा उहाँले आलु, फर्सी, काँक्रा, खुर्सानी, गोलभेँडा, चिचिन्डा, काउली, फर्सीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । त्यही तरकारी खेतीबाट उहाँले क्यान्सर हुँदा लागेको करिब १० लाख ऋण चुक्ता गर्नुभयो । थप जग्गा जोड्नुभयो । नयाँ घर बनाउनुभयो ।
नेपालगन्ज–सुर्खेत सहरी कोरिडोर : तयार भयो विकास रणनीति
नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोरको विकास रणनीति तयार भएको छ । करिब दुई वर्ष लगाएर सहरी कोरिडोरको विकास रणनीति तयार पारिएको सहरी कोरिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालासँग दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले जनाएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको आयोजनाका निर्देशक नारायणप्रसाद भण्डारीले बताउनुभयो । सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी कोरिडोरको काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
बालमैत्री खानेपानीका धारा निर्माण
बालमैत्री खानेपानीका धारा निर्माण भएपछि विद्यार्थीलाई पानी प्रयोग गर्न सहज भएको छ । साना बालबालिकालाई लक्षित गरी सिमकोट गाउँपालिका–३ को रलिङ माविले विद्यालयमा बालमैत्री खानेपानीका धारा निर्माण गरेको हो । विद्यालयका प्रधानाध्यापक छिमी लामाले यसअघि एउटा मात्र धारा निर्माण भएको र त्यो पनि पुरानो भएपछि पानी नआएको बताउनुभयो तर अहिले नयाँ बालमैत्री धारा निर्माण भएपछि विद्यार्थीलाई पानी पिउन सहज भएको बताउनुभयो । उहाँका अनुसार एउटै धारा अग्लो व्यक्तिले प्रयोग गर्न मिल्ने र अरू पाँच वटा धारा साना नानीहरूले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएका छन् ।
जाजरकोट जुनीचाँदेका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका १२ घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।
बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण
डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।
ट्याक्टर दुर्घटनामा चालक सहित दुई घाइते
सिमकोट गाउँपालिका–२ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
हिमाल आरोहण गर्न रेकी समूह लिङखोलामा
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लिङखोलामा रहेका हिमालहरुको आरोहण गर्नका लागि एक रेकी समूहको टोली पुगेको छ ।
बयानब्बे वर्ष पुराना स्रेस्ता जोखिममा
रुकुमपश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्षअघिका जग्गाका स्रेस्ताहरू जोखिममा रहेका छन् । पुराना र जीर्ण बन्दै गएका कारण यी स्रेस्ताहरू जोगाउन मुस्किल भइरहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण स्रेस्ताहरू जोगाउन समस्या भइरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी स्रेस्ताहरू राखिएका छन् ।
बजेट छ तर छैनन् कर्मचारी
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी अभाव झेलिरहेको छ । दक्ष प्राविधिक जनशक्ति नहुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । मन्त्रालयमा आठौँ र नवौँ तहका ८० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोही अनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको मन्त्रालयका सचिव टीकाराम थापाले बताउनुभयो । दक्ष जनशक्ति नहुँदा कार्यसम्पादनमा असर परेको उहाँले जानकारी दिनुभयो ।
दुई वर्षदेखि छिमेकीकै घरमा
गत वर्ष असोजमा भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले दर्जनौँ विस्थापित भए । विस्थापित भएको दुई वर्ष पुग्दा पनि पीडितको अझै व्यवस्थापन हुन सकेको छैन ।
कालीकोटबाट एक अर्ब ११ करोड बजेट फिर्ता
कालीकोट जिल्लामा खर्च हुन नसकेको र यस वर्ष एक अर्ब ११ करोड बजेट फिर्ता गएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान बजेटमध्य खर्च हुन नसकेर यस वर्ष कालीकोटबाट एक अर्ब १० करोड ९९ लाख १९ हजार ६९९ रुपियाँ फिर्ता गएको हो ।
सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार
जाजरकोटमा एक सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाँउपालिका–४ टाँगाचौरस्थित कृष्णबहादुर रोकायाकी १८ वर्षीय श्रीमती निशा रोकायालाई होलिकोप्टरबाट उद्धार गरिएको हो ।
चट्याङ पर्दा जुम्लामा एक सय भेडा मरे
जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् ।
विस्थापितको अवस्था दयनीय छ : सांसद रोकाय
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारको अवस्था दयनीय रहेको बताउनुभएको छ।
श्रमदानबाट ५० योजना निर्माण
छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक स्थलका योजना निर्माण भएका हुन् ।
कर्णाली कोरिडोरको सर्केगार्ड खार्पुनाथ सडक २७ दिनपछि सुचारु
कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ ।