• १२ असोज २०८१, शनिबार

सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार

blog

सुत्केरी महिलालाई होलिकोप्टरबाट उद्धार गर्दै । तस्बिर : बासुदेव शर्मा

बासुदेव शर्मा
जाजरकोट, साउन १६ गते ।
जाजरकोटमा एक सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाँउपालिका–४ टाँगाचौरस्थित कृष्णबहादुर रोकायाकी १८ वर्षीय श्रीमती निशा रोकायालाई होलिकोप्टरबाट उद्धार गरिएको हो ।

मङ्गलबार बिहान सुत्केरी व्यथाले च्यापेदै गएपछि स्वास्थ्य चौकी अर्छानीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको होलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

छोरीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकीका लागि लगिएको तर स्वास्थ्यकर्मीले उपचार सम्भव नभएपछि बाहिर लैजान अनुरोध गरेको आमा रामशिला रोकायले जानकारी दिनुभयो । स्थानीय सरकारको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याएको उहाँको भनाइ छ ।

कम उमेरमै विवाह गरेका कारण सुत्केरी महिलाले दुःख पाउने गरेका छन् । बालविवाहलाई रोक्न सरोकारवाला निकायले प्रयास गरेपनि सफल नहुँदा सुत्केरी, गर्भवति महिला र बच्चाको ज्यान खतरामा पर्ने गरेको छ ।