• १२ असोज २०८१, शनिबार

जाजरकोट जुनीचाँदेका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

blog

जोखिम स्थानबाट सुरक्षित स्थानमा व्यवस्थापन गर्दै स्थानीय तथा प्रहरी । तस्बिर.सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, साउन १७ गते ।  जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका  १२  घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले परिवारलाई सारिएको जानकारी दिनुभयो ।

 प्रहरीका अनुसार  उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ । स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकारी दिनुभयाे ।

यसरी विस्थापीत हुनेहरूमा  जुनिचाँदे गाउँपालिका  ३ स्याला बस्ने सितला टमटा,  सरा टमटा , सुनिता चंदरा , झुपा तिरुवा,पुतला टमटा, सर्मिला टमटा , पुतला नेपाली लगायत रहेका छन । 

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तत्काल जोखिम रहेको जानकारीका आधारमा ती घर परिवारहरूलाई सुरक्षित स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको बताउनु भयो ।