रेडियोको टावर र आसपास क्षेत्र
सुर्खेतको वीरेन्द्रनगर–१ ढोडेखालीस्थित रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय परिसरमा रहेको टावर र आसपासको क्षेत्र ।
घरबारविहीन हुँदा त्रिपालमा किरिया
बाचुन्जेल अर्कैको जग्गामा बसेर ज्याला मजदुरी गरेर जीवन चलाइरहेका वीरेन्द्रनगर नगरपालिका–९ का चन्द्र कामीको परिवार त्यसबाट गुजारा नचलेपछि यही साउनको पहिलो साता भारत गयो । भारत गएको तीन दिनमै श्रीमती गोमा कामीको अचानक मृत्यु भयो । शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शव भारतमै अन्त्येष्टि गर्नुभयो । किरिया गर्न जन्मथलो वीरेन्द्रनगर आउनुभयो । यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकीको जग्गामा त्रिपाल हालेर किरिया बस्नुभएको छ । चन्द्र, २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा उनीहरूले निकै सकस बेहोर्नु परेको छ । बसाइ मात्र होइन, छाक टार्न पनि कामी परिवारलाई धौ धौ भएको छ ।
हलिया मुक्ति घोषणाका सोह्र वर्ष, अझै पीडाबाट मुक्ति पाइएन
वीरेन्द्रनगर नगरपालिका–९ का ५५ वर्षीय यामराज मल्लको आधा जीवन अरूको खेतबारीमा काम (हलियाको रूपमा) गरेर बित्यो । घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँ १२ वर्षको उमेरदेखि नै आफन्तको घरमा हलियाको रूपमा बस्नुभयो । २०६५ भदौ २१ गते सरकारले हलिया मुक्त घोषणा गरेपछि मल्लले हलिया पेसा छाड्नुभयो । सरकारले जग्गा खरिदका लागि दुई लाख रुपियाँ पनि दिएको थियो । २०७६ सालमा घर निर्माणका लागि दुई लाख ५० हजार उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको रकम पर्याप्त थिएन । हलिया मुक्तिपछि सुख होला भनेको त जीवन गुजारा चलाउनै थप समस्यामा परेको उहाँले बताउनुभयो । उहाँ अहिले आफू जस्तै पछाडि परेका वर्गका मानिसको हकहितमा काम गर्न थाल्नुभएको छ ।
दाङमा जीप दुर्घटना, एक जनाको मृत्यु
दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जुम्ला कारागारमा कैदीको मृत्यु
जुम्ला कारागारमा एक कैदीको मृत्यु भएको छ ।
कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ
मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
कपुरकोट बजार
सल्यानको कपुरकोट गाउँपालिका ३ स्थित गाउँपालिकाको केन्द्र समेत रहेको कपुरकोट बजार । राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर सल्यान खण्डमा पर्ने कपुरकोट कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातकोलागि महत्वपूर्ण केन्द्र मानिन्छ ।
अमेरिकामा हत्या, नेपालमा शोक
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन । नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न गएको कान्छो छोरा, बिहे गरेर गएकी छोरी घरमा आइपुगेका छन् । आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ ।
लैनो भैँसीले छुटाएको कालापहाडको यात्रा
जुम्ला गुठीचौर गाउँपालिका–४, बिगारे गाउँका ५५ वर्षीय लक्ष्मीकान्त देवकोटा सात/आठ वर्षअगाडि घरखर्च जुटाउन भारतको कालापहाड जाने गर्नुहुन्थ्यो । मौसमी रोजगारीका लागि दुई/चार महिना भारत जाने, खेती किसानीको काम गर्ने बेला घर आउने क्रम चलिरहन्थ्यो । लुगाफाटो र घरखर्चको जोहो गर्न कालापहाडमा सहज भने थिएन, निकै दुःख हुने गरेको अनुभव उहाँसँग छ । अचेल भने उहाँको जीवनचर्या नै फेरिएको छ । गुठीचौरमा अहिले उहाँले किसानको परिचय बनाउनुभएको छ । भैँसी पालेर दैनिक २० लिटर दुध डेरीमा पु¥याउनुहुन्छ । भैँसी र पाडा गरी अहिले छ वटा छन् । परिवारसँग बसेर गाईपालन गर्दा मासिक ५० हजार रुपियाँ आउन थालेपछि उहाँको कालापहाड जाने बाटो बन्द भएको छ । उहाँले भन्नुभयो, “कालापहाडको कमाइभन्दा पनि दुःखका कुरा धेरै छन् । त्यतिबेला जति दुःख भए पनि नगई सुख थिएन तर
हेक्पा खोलामा काठे पुल निर्माण भएपछि सिमकोट हिल्सा सडक सुचारु
अवरुद्ध हुँदै आएको सिमकोट हिल्सा सडक शनिवार बेलुकाबाट सुचारु भएको छ । उक्त सडक खण्डको हेक्पा खोलामा बाढीले बगाएको काठे पुलको पुनर्निर्माण कार्य भएपछि अवरुद्ध हुँदै आएको यातायात सेवा सुचारु भएको हो ।
खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो
रुकुम पश्चिममा खोलाले बगाएका एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढाको शव प्रहरीले फेला परेको हो।
खोलाले बगाउँदा पुरुष बेपत्ता
रुकुमपश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोलाले बगाउँदा बेपत्ता हुनुभएको हो ।
पर्यटक लोभ्याइरहेको ठूलीदह (फोटो फिचर)
ठूलीदहका रुपमा परिचित मुसीकोट नगरपालिका –७ मा रहेको यस स्थानले पछिल्लो समय पर्यटक तानिरहेको छ।
पाँच सयभन्दा बढी बालबालिकालाई सहयोग
कालीकोट र जुम्ला जिल्लाका पाँच सयभन्दा बढी बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिकामा जोखिममा रहेका बालबालिकाका घर परिवारलाई पछिल्लो समय खाद्यान्न सहयोग गरिएको हो ।
पातारासीद्वारा दुई सय ६४ आयोजना सम्पन्न
जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले बताउनुभयो ।
रुप्सा गाउँ
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नंः ५ स्थित, रुप्सा गाउँ । जहाँबाट धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको कालीकोट र बाजुराको सिमाना पर्ने एक अलौकिक दिब्यधाम बडीमालीका मन्दिर पुग्न एक दिन मात्रै लाग्छ ।
पहिरोले गोठ पुर्दा नौ बाख्रा मरे
अविरल वर्षाको कारण आएको पहिरोमा परेर रुकुमपश्चिमका विभिन्न बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले एक गोठ पुरिदा नौ बाख्रा मरेका छन् ।
पैदल यात्रुलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी
ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीहरूलाई जनचेतना जगाउँदै कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना कम गराउन र पैदल यात्रुहरूलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न नेपाल विद्यार्थी सङ्घले सो कार्यक्रमको सञ्चालन गरेको हो ।
साँघारको फाँट
सल्यान क्षत्रेश्वरी गाउँपालिका ६ स्थित साँघारको धान खेती गरिएको फाँट ।
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
रुकुमपश्चिमका चार स्थानीय तहले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । छ वटा स्थानीय तह रहेको यस जिल्लामा दुई स्थानीय तहले भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् । चौरजहारी, आठबिसकोट नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका छन् तर मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् । ४५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको बाँफीकोट गाउँपालिकाले ७१ लाख ७७ हजार २९९ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । बाँफीकोटले २६ लाख ७७ हजार २९९ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आठबिसकोट नगरपालिकाले गत वर्ष दुई करोड ८१ लाख ३२ हजार ९५५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उसले दुई करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
कर्णाली सरकारमा कांग्रेसका चार मन्त्री बन्ने
नेपाली कांग्रेसका सांसद राजीवविक्रम शाहको नेतृत्व कर्णाली प्रदेश सरकारमा सहभागी बनेको छ । सांसद शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्नुभएको छ ।
कर्णालीका नवनियुक्त प्रदेश प्रमुखकाे स्वागत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ तथा मन्त्रीहरुले प्रदेश प्रमुख जोशीलाई स्वागत गर्नुभएको हो ।
गृहको निर्देशन हाकिमले टेरेन, छाडे कार्यक्षेत्र
कालिकोटका अधिकांश स्थानीय तहका प्रमुख र जिल्लास्थित सरकारी कार्यालयका प्रमुख घर बसेका छन् । आर्थिक मसान्त सके लगतै सहर पस्ने बानी परेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सङ्घ तथा प्रदेश मातहतका जिल्ला स्थित कार्यालय प्रमुखहरू यस वर्ष पनि कार्यक्षेत्र छोडेका छन् ।