कर्णाली कोरिडोरको खच्चादेखि खार्पु सडक अवरुद्ध
कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पु खण्डको सडक एक हप्तादेखि अवरुद्ध भएको छ । वर्षाको कारण ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध गरेपछि सो खण्डको सडक अवरुद्ध भएको हो ।
बाढीले राप्ती राजमार्ग अवरुद्ध
रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण खोलामा आएको बाढीले खोला पार गर्न सक्ने अवस्था नभएपछि सडक अवरुद्ध भएको हो ।
पहिरोले जाजरकोट सडक खण्ड अवरुद्ध
अविरल वर्षाका कारण छिन्चु–जाजरकोट खण्ड पहिरोले अवरुद्ध गरेको छ । बिहीबार राति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
भेरी कोरिडोर–राप्ती लोकमार्ग अवरुद्ध
भेरी कोरिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
सदरमुकामकै सडक जीर्ण
कालीकोट जिल्ला सदरमुकाम मान्म बजार क्षेत्रको सडक वर्सौंदेखि जीर्ण छ । मान्म बजार आसपास र मुख्य बजार प्रवेश गर्ने जिरो प्वाइन्टको सडक जीर्ण हुँदा आउजाउ गर्नसमेत कठिन भएको छ । जिरो प्वाइन्ट बजारको ओरालो सडक खाल्टाखुल्टी भएकाले दुर्घटनाको जोखिम बढेको छ । ओरालो सडकमा खाल्टाखुल्टी हुँदा सडक छेउबाट मोटरसाइकल पार गर्दा धेरै दुर्घटना हुने गरेका छन् ।
पहिरोले पानीको हाहाकार
पहिरोले पाइप चुँडाइदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको छ । नारायण नगरपालिका–१०, ओखरबासमा गएको पहिरोले खानेपानीको पाइप चुँडाइदिएको छ । महाबु धार्मिक मेलामा जाने यात्रुको सुविधाका लागि सडक मर्मत गर्न लाग्दा ओखरबासमा लगातार पहिरो खसेका कारण जिआइ पाइप चुँडिएको हो । सहारे मुहानबाट ल्याइएको खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
विकास निर्माण सामग्रीको ढुवानी घट्यो
जिल्लामा हुने सार्वजनिक विकास निर्माणका सामग्रीहरूको ढुवानी दर सस्तो भएको छ । खार्पुनाथ गाउँपालिका–५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै विकास निर्माणका सामग्रीहरूको ढुवानी दर निक्कै सस्तो भएको हो ।
कर्णालीमा वार्षिक एक हजार सडक दुर्घटना
कर्णाली प्रदेशमा आर्थिक वर्षमा एक हजार बढी सडक दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका दश जिल्लामा एक हजार ८६ सडक दुर्घटना भएको तथ्याङ्क छ ।
कर्णालीमा क्यान्सरको उपचार
सुर्खेतबाट क्यान्सर रोगको उपचार हुने भएको छ । सङ्घीय सरकारको ‘एक प्रदेश, एक जिल्ला’ बाट सेवा विस्तार गर्ने लक्ष्यअनुरूप जिल्लाबाट क्यान्सर रोगको उपचार हुने भएको हो ।
अस्पतालमा शय्या अभाव, त्रिपालमुनि उपचार व्यवस्था
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ ।
बिरामीको चाप बढेपछि त्रिपालमुनि उपचार
मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नु परेको जानकारी दिनुभयो । शय्याकै अभाव देखिएपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
भीर बाट लडेर बालिकाको मृत्यु
जाजरकोटमा भीर बाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो ।
‘जहाँको दुध बिक्री नै हुँदैन’
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ ।
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध
पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
दिनभर पालिका, साँझबिहान खेतबारीमा
चिँगाड गाउँपालिका–५ का अवलचिङका खड्क चन्द गाउँपालिकाका सहकारी उद्योग शाखा प्रमुख हुनुहुन्छ । दिनभर पालिकामा आएका सेवाग्राहीलाई सेवा दिई बिहानबेलुका नजिकैको बारीमा पुगी तरकारीको हेरविचार गर्नुहुन्छ । त्यति मात्र होइन पाकिसकेका तरकारीको बजारीकरण गर्न सदरमुकाम वीरेन्द्रनगरसहित यताउता खटिनुहुन्छ । पालिकाको उद्योग र सहकारी शाखाबाट यससम्बन्धमा सेवा दिने उहाँ आफैँ तरकारी खेतीमा संलग्न भई कृषक बन्नुभएको छ ।
कालीकोटको पल्टन पूजाका लागि हिँड्यो बडिमालिका
जिल्ला प्रशासन कार्यालय कालीकोटबाट बिदाइ भएसँगै कालीकोटका पुजारी हरिचन्द धमला सहितको भक्तजनको टोली बडिमालिकातर्फ हिँडेको छ।कालीकोटको सरकारी टोली पनि श्रवण शुक्ल नवमीका दिन बडिमालिका पूजाका लागि जाने गर्छन्।
४५ घण्टापछि खुल्यो कर्णाली राजमार्ग
कर्णाली राजमार्ग ४५ घण्टापछि सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डका विभिन्न ठाउँ पहिरोले अवरुद्ध भएको थियो ।
मुगुको सिप्टिचौर पर्यटकको रोजाइमा
नाग्म–गमगढी लोकमार्ग अन्तर्गत् मुगुको घुच्चिलेखमा रहेको सिप्टिचौरमा पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
मृतकका परिवारले अझै पाएनन् राहत
रुकुमपश्चिममा मनसुजन्य विपदका घटनामा परेर मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । महिना दिन पुग्नै लाग्दा पनि राहत रकम नपाएको पीडितको गुनासो छ ।
कर्णाली सरकारले ल्यायो निजी घरको जोखिम बिमा
कर्णाली सरकारले विपद्का घटनाले घरबार विहीन भएका नागरिकहरुका लागि नयाँ योजना ल्याएको छ । विपदबाट निजी आवास क्षतिका कारण नागरिक घरबार विहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि प्राथमिकताका आधारमा निजी घरको जोखिम बिमा कार्यक्रम ल्याइएको हो ।
दलितलाई उनन्तिस प्रतिशत आरक्षणको माग
दलित अगुवाहरूले कर्णाली प्रदेशमा जनसङ्ख्या अनुसार आरक्षण दिन माग गरेका छन् । कर्णालीमा दलितको जनसङ्ख्या २९ प्रतिशत रहेकाले प्रदेश सरकारले सबै निकायमा २९ प्रतिशत आरक्षण दिनुपर्ने माग उनीहरूले गरेका हुन् । साझा मञ्च कर्णाली प्रदेशले आयोजना गरेको ‘कर्णाली समृद्धि र दलितका मुद्दा’ विषयक अन्तर्क्रियामा दलित अगुवाहरूले अपमान र विभेदको त्रासले थर परिवर्तन गर्नु परेको बताए । कर्णालीमा वास्तविक दलितको जनसङ्ख्या २९ प्रतिशत रहेको दाबी गरिएको छ । २०७८ सालको जनगणना अनुसार कर्णालीको कुल जनसङ्ख्या १६ लाख ८८ हजारमध्ये दलितको जनसङ्ख्या तीन लाख ९६ हजार अर्थात् २४ प्रतिशत छ ।
सुर्खेतमा अलैँचीको आकर्षण
सुर्खेतका किसानहरू अलैँची खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी दिन थालेपछि सुर्खेतका किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । ओसिलो जमिनमा हुने अलैँचीबाट किसानले वार्षिक रूपमा लाखौँ आम्दानी लिँदै आएका छन् । उत्पादित अलैँचीको बजार सहजै हुने भएपछि किसान खोल्साखोल्सी र ओसिलो बारीमा अलैँची धमाधम रोप्न थालेका छन् । रोपेको दुईदेखि तीन वर्षमा अलैँचीले आम्दानी दिने भएपछि किसानले अलैँची खेती गर्न थालेका हुन् । सुर्खेतको सिम्ता र चिङगाड गाउँपालिकाभित्रका ओसिलो क्षेत्रमा अलैँचीको व्यावसायिक खेती गर्ने गरिएको छ ।
राति आठ बजेपछि सवारीसाधन चलाउन नपाइने
जिल्लाभर कर्णाली कोरिडोर र आन्तरिक सडकमा राति आठ बजेपछि बिहान साँढे पाँच बजेसम्म सवारीसाधनहरू चलाउन नपाइने भएको छ ।
कर्णाली राजमार्गमा निरन्तर पहिरो, पन्छाउन सकस
कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गइरहेको छ । निरन्तरको पहिरोले राजमार्गमा बर्खा याममा सकस भएको हो ।