पहिरोले नर्सरीमा ठुलो क्षति
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाइटेक नर्सरीमा पहिरोको कारण क्षति पुगेको छ । लगातारको वर्षाका कारण नर्सरीमुनि रहेको सडकतर्फको भागमा आएको पहिरोले नर्सरीमा क्षति भएको हो ।
योजनाबिना विद्यालयलाई १० लाख भुक्तानी
कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।
अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते
रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ ।
दैलेखका स्थानीय तहको बेरुजु डेढ अर्ब
नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्ने तर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ ।
हुम्ला जिप दुर्घटना : एक घाइतेको उपचारका क्रममा मृत्यु
बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
भूकम्पपछिका दस महिना : पुनर्निर्माणको ढिलाइले पीडित चिन्तित
जाजरकोटमा भूकम्प गएको १० महिनाभन्दा बढी भइसकेको छ । भूकम्प गएपछि खोज, उद्धार र राहतको प्रभावकारी काम भए पनि त्यसपछिको पुनर्निर्माण तथा पुनर्लाभको काम सुरु हुन नसक्दा यहाँका भूकम्पपीडित तथा जनप्रतिनिधिको चिन्ता बढेको छ । भूकम्प प्रभावितले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । दोस्रो किस्ता वितरण गरिएको भए पुनर्निर्माण तथा पुनर्लाभको कार्यक्रम गर्ने भनिए पनि दोस्रो किस्ता पाउन नसक्दा प्रभावितलाई पीडामाथि थप पीडा बढेको छ ।
बजार नपाउँदा स्याउ कुहिँदै
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५, गोतामकोटका स्याउले बजार नपाउँदा कुहिन थालेका छन् । बारीमा बिक्रीयोग्य भइसकेका स्याउले बजार नपाउँदा किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष फलेका स्याउले बजार नपाउँदा कुहिएर फाल्नु परेको किसानको भनाइ छ । स्याउ उत्पादक किसान नरबहादुर शाहीले आफ्नो बारीमा रहेका करिब ७५ वटा स्याउका बोटका फल बिक्रीका लागि तयार भएको बताउनुभयो । दुई रोपनी जग्गामा स्याउ लगाएका शाहीले अघिल्लो वर्षभन्दा यस पटक धेरै स्याउ फलेको तर बिक्री नहुँदा कुहिएर खेर जान्छ कि भन्ने पीर लागेको जनाउनुभयो ।
पूर्वाधारको सुनिश्चितता गरेर मात्र राष्ट्रिय खेलकुद : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चितता गरेर मात्र मिति तोक्न सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।
राडिज्यूलाको सिँचाइ नहर सञ्चालन
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको केन्द्र राडिज्यूलामा अबरुद्ध रहेको घट्टाखेत राडिज्यूला सिँचाइ नहर सञ्चालनमा आएको छ ।
हुम्लाको चङ्खेलीमा जिप दुर्घटना : पाँचजना गम्भीर घाइते
जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या
जिल्ला अस्पताल सल्यानमा ब्लड बैङ्क सञ्चालनका लागि २०७७ सालमा नै भवन निर्माण गरिएको थियो । भवन निर्माण भए पनि ब्लड बैङ्कले दिने सेवा भने प्रभावकारी हुन सकेको छैन । सल्यानको त्रिवेणी गाउँपालिका–५ की २८ वर्षीय इन्द्रा खड्का जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटाइरहनुभएको थियो । डाक्टरले उहाँका आफन्तलाई रगत अभाव छ, रगतको खोजी गर्नुहोला भन्ने सूचना दिए । आफन्त रगतको खोजीमा जुटे तर कतै भेट्टाएनन् । पछि उहाँलाई गैरसरकारी संस्था महासङ्घ सल्यानका अध्यक्ष दीपेन्द्र शाहीले रगत दिनुभयो । त्यसको केही दिनमा फेरि उहाँलाई रगत चाहियो । पछि छत्रेश्वरी गाउँपालिका–५, लेखपोखराका प्रकाश नेपालीले रगत दिनुभयो र इन्द्राको ज्यान बच्यो ।
मापदण्ड तयार नगरी साढे तीन करोड खर्च
जिल्लाका स्थानीय तहहरूले खर्चको मापदण्ड तयार नगरी मनोमानी रूपमा करोडौँ रुपियाँ खर्च गर्ने गरेका छन् । स्थानीय तहले सरकारी बजेट खर्च गर्दा आन्तरिक आयको परिधि, खर्चको मापदण्ड तयार गरी विविध खर्च गर्न पाउने कानुनी प्रावधान भए पनि खर्च गर्ने मापदण्ड र कार्यविधिबिना नै करोडौँ रकम खर्च गरिएको छ ।
एक दशकसम्म पनि भएन स्थायी बास
सुर्खेतको वराहताल गाउँपालिका–८, गिरीघाटमा अस्थायी बसोबास गर्दै आएको बाढीपीडितले एक दशक पुगिसक्दा पनि अझै स्थायी बासको आशा मारेका छैनन् । २०७१ साउन २८ र २९ गतेको बाढीले आफ्नो थातथलो बाढीले बगाएपछि यहाँका बाढीपीडित गिरीघाटमा अस्थायी रूपमा बस्दै आएका छन् । कर्णाली राजमार्ग किनारमा त्रिपाल र खरको छानाले टहरा बनाएर बसिरहेका बाढीपीडितले अझै स्थायी बासकै आशा मारिसकेका छैनन् तर पनि स्थायी बासको कुनै टुङ्गो हुन सकेको छैन ।
ढुङ्गा फुटाउन नसक्दा जोखिम
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाँडाचव्रm नगरपालिका–१०, चौखोलामा खसेको ढुङ्गा फुटाउन नसक्दा आउजाउमा अप्ठ्यारो भइरहेको छ । पहिरोसँगै बगेको ठुला दुई वटा ढुङ्गा फुटाउन नसक्दा उक्त क्षेत्र निकै जोखिममा रहेको छ । ढुङ्गा फुटाउन नसकेका कारणले अहिले आउजाउ गर्न कठिन भएको छ । चौखोलामा गत साउन २७ गते आएको पहिरोले ४५ घण्टा सडक अवरुद्ध भएको थियो । ढुङ्गा फुटाउन नसक्दा ४५ घण्टा पछि दुई ढुङ्गाबिचमा सानो ठाउँ बनाएर यातायातका साधन आउजाउ भए पनि जोखिम अझ कायमै छ । माथिल्लोपट्टि रहेको ढुङ्गामा ठुला गाडी ठोक्किने गरेका छन् । चालकले निकै जोखिम मोलेर गाडी क्रस गराउने भए पनि सडकमा रहेका दुई ढुङ्गा फुटाउनेतर्फ कसैले पनि ध्यान दिएको छैन ।
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
साउने पूर्णिमामा दुई करोड रुपियाँभन्दा बढीको बोका बिक्री
साउने पूर्णिमाका अवसरका दुई करोडभन्दा बढी मूल्यका बोका बिक्री भएका छन् । जिल्लाभरमा देउतामा मन्दिरमा बलि चढाउने प्रयोजनका लागि बोका बिक्री भएका हुन् । बोका व्यापारी उब्जन शाहीले साउने पूर्णिमाको दुई दिनमा मात्र डेढ सय बोका बिक्री भएको बताउनुभयो । उहाँले आफूले मात्र १५ लाखका बोका बिक्री गर्न सफल भएको र कमाइ पनि राम्रै भएको बताउनुभयो ।
सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित नहुने
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उहाँले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताउनुभयो ।
हटेन अव्यवस्थित पार्किङ
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पार्किङ सधैँ अस्तव्यस्त हुने गरेको छ । कर्णाली राजमार्ग जोडिएको जिरोप्वाईन्टदेखि भित्री बजारसम्म जहिले अस्तव्यस्त रूपमा गाडी पार्किङ गरी राखेको देखिन्छ ।
जुम्लाको चन्दननाथ नगरपालिकामा १४ जना नगर प्रहरी
जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बुढासहित १४ जना नगर प्रहरी भर्ना गरेको हो ।
दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन
सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो ।
हटेन बालविवाह भएन कानुन पालना
बालविवाह न्यूनीकरणका लागि कर्णाली प्रदेशमा धेरै कार्यक्रम तथा अभियान थालिए पनि अवस्था भने ज्युँका त्युँ रहेको छ । झन् बर्सेनि बालविवाह बढिरहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभाग नेपाल बहुसूचकाङ्क क्लस्टर सर्वेक्षण–२०७६ अनुसार बालविवाहको कुरूप तस्बिर सार्वजनिक गरिएको छ । पुरुष र महिला दुवैका लागि विवाह गर्न २० वर्ष उमेर पुग्नु पर्छ । उमेर नपुगी विवाह गर्नेको तथ्याङ्क कर्णालीमा डरलाग्दो छ । सर्वेक्षण अनुसार १५ वर्षमुनिका बालबालिकाको विवाह गर्ने सङ्ख्या नेपालभर ५.२ प्रतिशत रहेको छ । कर्णालीमा उक्त सङ्ख्या ८.४ प्रतिशत छ । नेपालभर १८ वर्षमुनि विवाह गर्ने बालबालिकाको सङ्ख्या २२.७ प्रतिशत छ भने कर्णालीमा ३४.६ प्रतिशत रहेको छ ।
समस्या समाधान गर्न कार्ययोजना माग
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल रुकुमपश्चिमका समस्या समाधानबारे कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । साउन ३१ को गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा जिल्ला अस्पताल रुकुमपश्चिममा बिरामी बढेपछि त्रिपालमुनि उपचार गर्नुपर्ने बाध्यताका विषयमा समाचार प्रकाशन भएपछि मन्त्रालयले सो विषयमा चासो देखाएको छ । समाचार प्रकाशनपछि मन्त्रालयद्वारा समस्या समाधानका लागि अस्पतालसँग कार्ययोजना माग गरिएको हो ।
कर्णालीका सबै जोखिमयुक्त घरहरूको बिमा गर्दैछौँ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरूको बिमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, १२ जना घाइते
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट वीरेन्द्रनगर सुर्खेत आउँदै गरेको फोर्स गाडी रत्न राजमार्गको सुब्बाकुना–छिन्चु सडक खण्डमा दुर्घटनामा परेको हो ।