दमक समाचादाता
दमक, असार १ गते । चीन–नेपाल मैत्री औद्योगिक पार्कसम्बन्धी छलफल तथा स्थलगत अनुगमनका लागि चीनको सिजाङ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको नेतृत्वमा एक उच्चस्तरीय शैक्षिक प्रतिनिधिमण्डल दमक आएको छ । स्थानीय जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग उक्त टोलीले छलफल गरेको बताइएको छ ।
याङ याबोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा सहायक अनुसन्धान फेलो झाङ जियाङहोङ्ग, गान युए, डे के, झाङ लिली तथा डाक्टर गा जाङबेन सहभागी रहनुभएको पार्कका अध्यक्ष गोविन्द थापाले बताउनुभएको छ । शुव्रmबार र शनिबार टोलीले स्थानीय राजनीतिक दलका नेतृत्व र जनप्रतिनिधिसँग छलफल गरेको उहाँले बताउनुभयो ।
बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत चीन र नेपालबिच सन् २०२४ को डिसेम्बरमा भएको समझदारीपश्चात् अगाडि बढाइएको यो परियोजना सञ्चालनले पर्ने प्रभावको विषयमा उनीहरूले छलफल गरेका थिए । चिनियाँ राजदूत छेन सोङले पार्कको निरीक्षण गरेलगत्तै टोली आएको हो ।
यो टोलीले औद्योगिक पार्कको सम्भाव्यता, पूर्वाधार, लगानी संरचना तथा क्षेत्रीय सहकार्यका विविध पक्षमा सरोकारवालासँग छलफल गरेको जनाइएको छ । चार वर्षअघि शिलान्यास भए पनि पार्क निर्माणको काम अघि नबढेको भन्दै स्थानीयले असन्तुष्टि जनाइरहेका बेला यस प्रकारको भ्रमणले स्थानीयमा उत्साह आउन थालेको छलफलमा सहभागी स्थानीय राजनीतिक अगुवा तुलसी कार्कीले बताउनुभयो ।
जग्गाको मुआब्जा वितरणलगायतको काम अन्तिम चरणमा पुगेको भए पनि परियोजना विकास सम्झौता भएको छैन । जग्गा लिजको समयसीमाको विषयमा कुरा नमिल्दा सम्झौता नभएको बताइन्छ । पार्कका अध्यक्ष थापाका अनुसार सम्झौताका लागि नेपाल सरकारले आवश्यक प्रव्रिmया सुरु गरिसकेको छ ।
सम्झौतामा परियोजनाको दायरा, दुवै पक्षको जिम्मेवारी, लगानीको आकार, फाइदा वितरण, कर छुट, मुआब्जा, निर्माण समयसीमा, सर्त, समस्या समाधान प्रव्रिmयालगायतका विषयमा उल्लेख भएको हुन्छ । विभिन्न कानुनी अड्चनका कारण पार्क निर्माण ढिलो भएको बताइने गरेको छ ।
चीन–नेपालमैत्री औद्योगिक पार्कको निर्माण र सञ्चालनका लागि जिम्मा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट व्रिmएसन कन्स्ट्रक्सन कम्पनीलाई दिइएको थियो । यस कम्पनीले पार्कका लागि कुल ६५ अर्बभन्दा बढी लगानी गर्ने र सञ्चालन गर्ने पार्कको शिलान्यासका व्रmममा बताइएको थियो ।