यारी भन्सार कार्यालयको आम्दानीभन्दा खर्च दोब्बर बढी
उत्तरी सीमा क्षेत्र हिल्सास्थित यारी नाका भन्सार कार्यालयको वार्षिक आम्दानीभन्दा खर्च बढी हुने देखिएको छ । कर्मचारीको पारिश्रमिक र अन्य खर्च जोड्दा आम्दानीभन्दा बढी खर्च हुने देखिएको हो ।
एक पुरुषको हत्या आरोपमा दम्पती पक्राउ
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा प्रहरीले सोही गाउँका एक दम्पतीलाई पक्राउ गरेको छ ।
भिरबाट लडेर एकको मृत्यु
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बैठक र भ्रमण भत्तामा साढे दुई करोड खर्च
दैलेखको स्थानीय तहहरूले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोडभन्दा बढी खर्च गरेका छन् । महालेखाले सार्वजनिक गरेको प्रतिबेदनअनुसार दैलेखका ११ स्थानीय तहले आर्थिक वर्ष २०७९–८० मा बैठक भत्ता, अनुगमन र भ्रमण शीर्षकमा दुई करोड ७३ लाख आठ हजार रुपियाँ खर्च गरेका हुन् ।
धामी नाचेर साउने पूर्णिमा मनाइँदै
जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देवताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।
अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु
जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
बहत्तर करोडको खसीबोका बिक्री
व्यावसायिक रूपमा बाख्रापालन हुन थालेपछि सल्यानबाट खसीबोका निकासी हुने क्रम बढेको छ । गत आर्थिक वर्ष मात्रै सल्यानबाट ७२ करोड रुपियाँभन्दा बढीको खसीबोका निकासी भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार खसीबोकाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् ।
स्थानीय तहमा बेथिति, बैठक र भ्रमण भत्तामै साढे दुई करोड खर्च
दैलेखका स्थानीय तहले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोडभन्दा बढी खर्च गरेका छन् । महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दैलेखका ११ स्थानीयले आर्थिक वर्ष २०७९/८० मा बैठक भत्ता, अनुगमन र भ्रमण शीर्षकमा दुई करोड ७३ लाख आठ हजार रुपियाँ खर्च गरेका छन् । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७७ को दफा १२ अनुसार अनुसूची २ बमोजिम सरकारी कामकाजका लागि जिल्लाबाहिर भ्रमण गरेको अवस्थामा मात्र दैनिक भ्रमण भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
ज्यान गुमाएका परिवारलाई छ करोड राहत
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्का घटनामा परी ज्यान गुमाएका परिवारलाई छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बिमाबापत छ करोड ८८ लाख रुपियाँ राहत स्वरूप उपलब्ध गराएको हो ।
झाँक्री नाच्दै साउने पूर्णिमा सुरु
हुम्ला जिल्लाका धेरै स्थानमा मनाइने साउने पूर्णिमाको मेला सुरु भएको छ । दुई दिनसम्म धामी नाचेर यो पर्व मनाइन्छ । सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाका अनुसार धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चतुर्दशीबाट धामी नाचेर यो पर्व सुरु हुने गर्छ । सिमकोट गाउँपालिका–६ को माथिल्लो गाउँको कालाशिल्ताको माडु (मन्दिर) मा धामीले धुमधाम नाचेर पर्व मनाइन्छ । यसअघि मुग्राधारामा कालाशिल्ताका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेबित्तिकै दुध छर्कने गरिन्छ । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायतका धामी पालैपालो नाचेर मनाइने यो पर्व हेर्न स्थानीयको पनि उपस्थिति हुने गर्दछ । पर्वको दोस्रो दिन बाँडपालको माडुमा पनि धामी नाच्ने गरिन्छ । सिमकोटबाहेक यो पूर्णिमा डाँडाफया, ठेहेलगायतका गाउँमा पनि मनाउने गरिन्छ ।
पहिरोको जोखिममा थापापाखा, सात परिवार विस्थापित
लगातारको वर्षाको कारण रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ घारीगाउँ माथि रहेको थापापाखा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोको कारण यस बस्तीका सात घरपरिवार विस्थापित भएका छन् ।
पाप पखाल्न छायाँनाथ धाम
काठमाडौँको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ धाम । हिन्दु धर्मका यी महत्त्वपूर्ण चार धाम मध्येको छायाँनाथ भने अरूभन्दा ओझेलमा छ ।
चार हजार मिटरमा महावुधाम मेला
दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको महावुधाममा मेला सुरु भएको छ।
सुन्दर सिमकोट
कर्णाली प्रदेशको हुम्लामा सिमकोट गाउँपालिका छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फागुनमा भएको हो । यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका तथा पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेको छ । गाउँपालिकालाई गणतन्त्र स्थापना हुनुअगाडि गाउँ विकास समिति भनिन्थ्यो । सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा गाउँ विकास समितिलाई जोडेर सिमकोट गाउँपालिका बनाइएको हो । यस गाउँपालिकामा आठ वटा वडा छन् ।
इन्धन तथा मर्मतमा साढे दस करोड खर्च
दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन, गाडीभाडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्ने व्यवस्था गरेको छ । तथापि स्थानीय तहहरूले अत्यावश्यक पर्ने क्षेत्रबाहेक आवश्यकताको पहिचानै नगरी इन्धन, मर्मत र गाडीभाडामा करोडौँ रुपियाँ खर्च गर्ने गरेका हुन् । गाउँपालिका तथा नगरपालिकाका आफ्ना गाडी प्रयोग गरेको भए पनि फर्जी बिल निर्माण गरी निजी गाडी भाडामा लिएको भन्दै भुक्तानीसमेत गरेको पाइएको छ ।
जिल्ला अस्पताल कालिकोट
मान्म, भदौ २ गते । कालिकोटको सदरमुकाम मान्ममा रहेको ५० शय्याको जिल्ला अस्पताल कालिकोटको भवन र आसपासको क्षेत्र । तस्बिरः रासस
चट्याङ लागेर तिर्थालुको मृत्यु
चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा बस्दैआएका धनसुर बुढाको मृत्यु भएको जानकारी दिनुभयो ।
सिञ्जा सभ्यता विधेयक प्रमाणीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध
नेपाली भाषाको उद्गमस्थल सिञ्जालाई केन्द्रमा राखी खस सभ्यताको अध्ययन, खोजी, खस भाषाको संरक्षण, सिञ्जाको ऐतिहासिक, पुरातात्त्विक इतिहासको संरक्षण तथा आधुनिक विकासका लागि अगाडि बढाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक प्रमाणित गरिदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुम्लाका राजनैतिक दलहरू तथा जनप्रतिनिधिहरू सहितको प्रतिनिधि मण्डलले पहल गरेको छ ।
छिन्चु-जाजरकोट सडक अवरुद्ध
पहिरोले छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उपाध्यक्षबाटै जहाजको फेक टिकट, नियम विपरीत १० करोड फजुल खर्च
देशैभरका स्थानीय तहका प्रमुख लगायतका जनप्रतिनिधिहरू महिनौँ समय काठमाडौँमै बिताउने गरेको भेटिन्छ । पालिकाको खर्च गरेर कार्यालयको काम भन्दै खुसीमय जीवन बिताउन सहरमा महिनौँ बस्ने गरेपछि जनताले सेवा पाउन समेत सकेको पाइँदैन ।
पर्यटकीय स्थल बन्दै पिली
जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली युद्ध पर्यटकीय स्थलका रूपमा परिचित हुन थालेको छ । पिलीमा स्थानीय सरकारको अगुवाइमा प्रदेश र केन्द्र सरकारका विभिन्न कार्यक्रममार्फत युद्ध पर्यटकीय क्षेत्र बनाउन लगानी हुँदै आएको छ । कोपडाँडामा युद्ध सङ्ग्रहालयका लागि पक्की भवन र द्वन्द्वका क्रममा पिलीमा मारिएका सहिदको नामावलीसहितको स्मारक राखिएको छ ।
कुपोषण अन्त्य गर्न अभियान
कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय ‘इनफ अभियान’ को घोषणा गरिएको छ । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमबिच मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा कुपोषण अन्त्यलाई साझा अभियान बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कुनै समय दरबारलाई पोषिला र मूल्यवान् खाद्यान्न कोसेली पठाउने कर्णाली प्रदेश पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थितिलाई बदल्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
ध्याले पाटनमा चर्दै गरेका भेडा
जाजरकोटको बारेकोट गाउँपालिका–४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ ।
स्याउ टिप्न सुरु
जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् । बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर किसानले स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् । तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।