काम हुने छाँटकाँट छैन म्याद भने थपिँदै
वीरेन्द्रनगरमा निर्माणाधीन तीन वटा सरकारी भवनको फेरि म्याद थपिएको छ । सम्झौता अवधि सकिए पनि भवन निर्माणको काम नसकिएपछि म्याद थपिएको हो । प्रदेश आयुर्वेद औषधालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको म्याद थपिएको छ ।
दुध उत्पादकलाई प्रोत्साहन अनुदान
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड रुपियाँभन्दा बढी प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । दुध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपियाँ र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ हजार ४२९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानबापत उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ । जसबाट तीन हजार ७७६ कृषक लाभान्वित भएका छन् ।
असी लाख तिरेर अवैध बाटोबाट अमेरिका जाँदा ज्यानै गयो
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो ।
एकल महिलालाई नागरिकता लिन समस्या
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका ५ की खगिसरा कार्की नागरिकता पाउनबाट वञ्चित हुनुभएको छ । एक वर्ष अगाडी श्रीमान् गुमाउनु भएकी ४५ वर्षीय खगिसरा कार्कीको नागरिकता नहुँदा राज्यबाट पाउने सबै सेवाबाट वञ्चित हुनु भएको हो ।
कृषक पाठशालाका कारण कृषिमा आकर्षण
दैलेखको दुल्लु नगरपालिका –१ का पूर्णबहादुर खड्काको मुख्य पेशा कृषि हो । जीवनका पाँच दशक कृषि कर्ममा बिताउनुभएका उहाँले पछिल्लो सयम उत्पादनमा आएको कमीका कारण चिन्तित हुनुहुन्थ्यो ।
बाढीपहिरो विस्थापित दुई वर्षदेखि छिमेकीको घरमा
गत ०७९ सालको असोज महिनाको तेस्रो साता भारी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पहिरोले सयौँ परिवार विस्थापित भए । तर विस्थापित भएको २४ महिना पुग्दा पनि पीडितको व्यवस्थापन हुन सकेको छैन ।
नदी किनारमा रहेको नाग्म बजार
कालिकोटको तिलागुफा नगरपालिका १ स्थित तिला नदी किनारमा रहेको नाग्म बजार । जुम्ला र कालिकोटको सिमानामा रहेको यो बजार यहाँको व्यापारिक केन्द्र हो ।
आन्तरिक राजस्व सङ्कलनमा कमी
आन्तरिक राजस्व सङ्कलनमा कमी आएको छ । मालपोतबाट आउने दस्तुर र अन्य शीर्षकमा पनि कमी हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलनमा कम भएको हो ।
अस्पताल भवन निर्माणमा ढिलासुस्ती
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माणका लागि फेरि म्याद थप भएको छ ।
पहिरोले चार घर पुरिए, बस्ती जोखिममा
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ । लगातार भएको वर्षाका कारण गएको पहिरोले आइतबार राति चार घरमा क्षति भएको हो ।
जाजरकोटको रोकाय गाउँ
जाजरकोट बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ । गत कात्तिक १७ गते गएको भूकम्पमा परि क्षती व्यहोरेको यो गाउँमा अहिले अस्थायी टहरा निर्माण पछि सहजता आएको छ ।
अवरुद्ध सडक खुलाउँदै
मध्य पहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाउँदै ।
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेकोे हो ।
भूमिगत पानी सुक्न थालेपछि पोखरी
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि उत्तरी जलाधार क्षेत्रतर्फ पानी पोखरी बनाउन थालिएको छ । पानी जम्मा पारी पानीको स्रोत बढाई तल्लो जलाधार
आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन
कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।
सडक स्तरोन्नति
पूर्वाधार विकास कार्यालय जुम्लाले हालै ग्राभेल गरेको जुम्लाबाट मुगु जाने सडक ।
रुघा गाउँ
मुगुको सदरमुकाम गमगढीबाट देखिएको छायाँनाथ रारा नगरपालिका–१३ स्थित मुगु कर्णाली नदी किनारमा रहेको रुघा गाउँ ।
सिफ्टिचौर पाटन
मुगुको छायाँनाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् ।
जिल्ला अस्पताल मुगु र आसपास क्षेत्र
छाँयानाथ रारा नगरपालिका–१, ठिनीमा रहेको १५ शैयाको जिल्ला अस्पताल मुगु र आसपासको क्षेत्र ।
कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध
कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
मुहान सुकेपछि पानी लिन अर्काे जिल्ला
भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरिएको छ । गत
विपतबाट नौ जनाको मृत्यु
पछिल्लो दुई साताको अवधिमा मात्रै कर्णाली प्रदेशमा प्राकृतिक विपत्बाट नौ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत २८ जेठयता विपत्का घटनाबाट नौ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
कडा चट्टानले ड्रिलिङमा कठिनाइ
जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ ।
कर्णाली सरकार : कांग्रेसको सहभागिता अझै अनिश्चित
कर्णाली प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिए पनि कांग्रेसको सहभागिताबारे टुङ्गो लागिसकेको छैन ।