• २ माघ २०८१, बुधबार

पहिरोको डर भएपछि सुरक्षित स्थानमा

blog

जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिँदै । तस्बिर : सहदेव बस्नेत

जाजरकोट समाचारदाता

जाजरकोट, साउन १८ गते । जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका  १२  घरपरिवारका ६५ जनालार्ई सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३, स्याँलागाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले ती घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ । स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

यसरी सुरक्षित ठाउँमा स्थानान्तरण भएकाहरूमा जुनिचाँदे गाउँपालिका–३, स्याला बस्ने सितला टमटा, सरा टमटा, सुनिता चँदरा, झुपा तिरुवा, पुतला टमटा, शर्मिला टमटा, पुतला नेपालीलगायत १२ घरपरिवार रहेका छन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तत्काल जोखिम रहेको जानकारीका आधारमा ती घरपरिवारलाई सुरक्षित स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको बताउनुभयो ।