• १२ असोज २०८१, शनिबार

ट्याक्टर दुर्घटनामा चालक सहित दुई घाइते

blog

दुर्घटनाग्रस्त ट्याक्टर । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, साउन १६ गते । सिमकोट गाउँपालिका–२ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर सिमकोट गाउँपालिका–२ को पैरापोरी भन्ने स्थानमा दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कच्ची सडकबाट पचास मिटर तल खसेको ट्याक्टर दुर्घटनाबाट सिमकोट गाउँपालिका– ६ का चालक २७ वर्षका धनबहादुर सुनार र सहचालक सिमकोट गाउँपालिका– २ का २३ वर्षका प्रीति सुनार घाइते भएका छन् । 

घाइते दुवै जनालाई ठेहे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा ल्याई पुर्‍याएर उपचार सुरु भएको छ । कर्णाली प्रदेश ०२००१ त ० ३५२ नम्बर ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर बिहान पौने एक बजे दुर्घटना भएको हो । ट्याक्टर सिमकोटबाट खाद्यान्न लोड भएको गएको हो ।