• १२ असोज २०८१, शनिबार

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

blog

नवीन सुवेदी 

सुर्खेत, साउन २४ गते । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ख) र (ग) मा व्यवस्था भएअनुसार उपाध्यक्ष र सदस्य पदमा दफा १२ बमोजिम आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

शाहका अनुसार योजनाको सदस्यहरूमा मुगुको छायानाथ रारा नगरपालिका–५ का डम्बरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालिकोटका अशोकनाथ योगी सदस्यमा नियुक्त हुनुभएको छ । उहाँहरूको बिहीबार शपथ ग्रहण हुनेछ । उपाध्यक्षमा नियुक्त भएका सूर्यनाथ योगी र सदस्य डम्मर रावल नेकपा एमाले निकट हुनुहुन्छ भने अर्का सदस्य अशोकनाथ योगी नेपाली काँग्रेस निकट हुनुहुन्छ ।