छोरीको सुरक्षा र सङ्घीयता टिकाउने बहस
सुर्खेतमा जारी कर्णाली उत्सव ‘कुडा कर्णाली’ को छैटौँ संस्करणको दोस्रो दिन छोरी सुरक्षालाई बलियो बनाउने विषयमा बहस केन्द्रित भएको छ ।
काठका सामग्री बनाउँदै राउटे
सुर्खेतमा मङ्गलबारदेखि सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा राउटे युवाले बनाएका काठका सामग्री अन्यका लागि आकर्षणका केन्द्र बनेका छन् ।
कृषकलाई अनुदानमा कृषि औजार
त्रिवेणी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ ।
‘अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिनुभयो ।
रुकुममा माओवादीका नगर अध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा
नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले पदबाट सामूहिक राजीनामा दिनुभएको छ ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका –५ निवासी ३६ वर्षिय जितेकुमार रहेका छन् ।
खारा ब्यारेक नजिकै भेटियो बम
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेकनजिक फेरि अर्को बम फेला परेको छ । बुधबार बिहान १० बजे त्रिवेणी गाउँपालिका वडा ६ स्थित प्रदिप ओलीको बारीमा बम फेला परेको हो ।
महिला सशक्तीकरण प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सरकारले नयाँ कार्यक्रम ल्याएको हो ।
कर्णाली अर्धजलाशय जलविद्युत् आयोजनाले गति लिएन
प्रेमराज सिम्खडा कालीकोट, फागुन ७ गते । राष्ट्रिय गौरवको कालीकोट फुकोट कर्णाली अर्धजलाशय जलविद्युत् आयोजनाको कामले गति लिन सकेको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोजना निर्माणको काम भारतीय कम्पनीलाई दिने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेदेखि निर्माणको काम अलपत्र जस्तै भएको हो । अहिले निर्माण स्थलमा कुनै पनि काम हुन सकेको छैन । निर्माण कम्पनीका कर्मचारी खासै नभएकाले आयोजना निर्माण बिचैमा अलपत्र पर्ने चिन्ता यहाँका नागरिकलाई छ । निर्माणस्थल सान्नीत्रिवेणी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रङ्गलाल देवकोटाले आयोजना निर्माणको काम रोकिँदा यहाँका नागरिक चिन्तामा रहेको बताउनुभयो । उहाँले कम्तीमा यहाँ राम्रो जलविद्युत् आयोजना निर्माण सम्पन्न भएमा यहाँको भौतिक विकासका टेवा पुग्ने आशा नागरिकले गरे पनि काम रोकिदा त्यसको प्रभाव तल गाउँसम्म पर्न थालेको सुनाउनुभयो ।तर आयोजना निर्माण कम्पनीले सर्वोच्च अदालतमा रिट निवेदन परेकाले काम रोकिन पुगेको जनाएको छ । नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई आयोजनाको ५१ प्रतिशत स्वामित्वसहितको आयोजना विकासको जिम्मा दिने निर्णय गरेपछि त्यसको विरोधमा अदालतमा रिट निवेदन परेको थियो । २०८० पुस २० गते सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि काम रोकिएको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अदालतको फैसलाको मिति सरिरहेको छ । अब पुन वैशाख १८ गते पुनः पेसी तोकेकाले काम खासै हुन नसकेको बताउनुभयो । अहिले प्रशासनिक र जग्गा अधिग्रहणपछि छुटेको मुआब्जा दिने विषयमा कागजपत्र सङ्कलन गर्ने लगायतका ससाना काम मात्र भएको जानकारी दिनुभयो । कालिकोटको रास्कोट नगरपालिका–८ बस्ने वर्ष ३१ की यशुदाकुमारी बराल र रास्कोटकै वर्ष ३० का अजय बहादुर शाहीले संयुक्त रूपमा रिट दर्ता गर्दै सो समझदारी खारेजीको माग गर्नुभएको थियो । दर्ता रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँ, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, फुकाेट कर्णाली हाइड्रोपावर प्रोजेक्टको कार्यालय लगायत दश वटा सरकारी कार्यालयलाई विपक्ष बनाइएको छ । राष्ट्रिय हित अनुकूल तथा अन्तर पुस्ता समन्वयको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक संरक्षण संवर्द्धन र वातावरण अनुकूल दिगो रूपमा उपभोग गर्ने, स्थानीय समुदायलाई प्राथमिकता र अधिकार दिँदै प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्न आदेशको माग गरिएको छ । भारतीय कम्पनीलाई ५१ प्रतिशत सेयर दिने समझदारी खारेजी गर्न परेको रिटको अन्तिम फैसला गर्न अदालतले ढिला गरेकाले आयोजनाको काम अलपत्र परेको सबैको अनुमान छ । स्थानीय रामबहादुर गिरीले उता अदालतको के फैसला आउने हो भनेर लगानी गर्ने कम्पनीमा अन्योलमा हुँदा काम रोकिएको बताउनुभयो । रिट निवेदक बरालले भने नेपाल र नेपालीको हितमा नभएको सम्झौता खारेजी भए मात्र काम गर्न सहज हुने बताउनुभयो । कर्णाली नदीमा निर्माण हुने यो आयोजनाको ग्रसहेड १६८.६२ मिटर तथा डिजाइन डिस्चार्ज ३४८ घनमिटर प्रतिसेकेन्ड छ । आयोजनाबाट औसत वार्षिक २४४.८ करोड युनिट बिजुली उत्पादन हुन्छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सुख्खा याममा दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ । आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । सरकारी स्वामित्वमा रहेको विद्युत् उत्पादन कम्पनीले सुरुमा थालनी गरेको फुर्कोट अर्धजलाशययुक्त जलविद्युत आयोजनाबाट ४८० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ । यसको १३ किलोमिटर सुरुङ खनेर पाँच वर्षमा ९२ अर्बको खर्चमा विद्युत् उत्पादन गर्न सकिने आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
रैथाने बालीमा आधारित सडक खाना महोत्सव
कर्णाली प्रदेशमा प्राङ्गारिक तथा रैथानी बालीको प्रथम सडक खाना महोत्सव सुरु भएको छ ।
गृहको कार्यसम्पादनमा रुकुमपश्चिम उत्कृष्ट
गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिकको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम उत्कृष्ट भएको छ । रुकुमपश्चिमसहित पाल्पा र इलाम समान अङ्क प्राप्त गरी देशभरमा उत्कृष्ट भएका हुन् ।
अलपत्र रारा पर्यटन पदमार्ग, साइकल लेनको उस्तै बिजोग
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण कार्य अलपत्र परेको छ ।
क्यान्सरपीडितद्वारा सहयोगको याचना
रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो ।
अछामकाे बाटुलासैन गाउँ
अछाम, फागुन ६ गते । अछाम जिल्लाको रामारोशन गाउँपालिका ५ नेटाकोटबाट देखिएको सोही गाउँपालिका वडा नम्बर ४ स्थित बाटुलासैन गाउँ । तस्बिरः रासस
कर्णाली उत्सव सुरु, सार्थक बहस गर्न सुझाव
कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सोमबारदेखि सुर्खेतमा कर्णाली उत्सव, कुडा कर्णालीको छैठौँ संस्करण सुरु भएको छ ।
मातृशिशु मृत्युदर घटाउन नमुना कार्यक्रम
कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन नमुना कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । मातृशिशु मृत्युदर घटाउन समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
अस्थायी टहराको दोस्रो किस्ता निकासा
रुकुमपश्चिममा भूकम्पबाट घरबासविहीन बनेका प्रभावितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ता बापत्को रकम निकासा भएको छ । भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ हुम्लाको अध्यक्षमा तामाङ
नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोजिन) हुम्ला शाखाको अध्यक्षमा नरजन तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
जाजरकोट भूकम्प : प्राधिकरणले थाल्यो क्षतिको मूल्याङ्कन
भूकम्प गएको झन्डै १५ डेढ वर्षपछि भौतिक क्षतिको विस्तृत मूल्याङ्कन थालिएको छ ।
पक्की पुलका लागि बजेट सुनिश्चित
कर्णाली प्रदेश सरकारले कार्यान्वयन भइरहेका सडकमा मोटरेबल पुल निर्माण गर्न लागेको छ ।
कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि
सुर्खेतमा कर्णाली उत्सवका रूपमा कर्णालीका कुडाको छैटौँ संस्करण आज (सोमबार) देखि सुरु हुँदै छ । फागुन ७ गते बुधबारसम्म सञ्चालन हुने सो उत्सवले कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव गराउने भन्दै ऋति फाउन्डेसनले सो उत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
हिउँमा दुई दिन हिँडेर वडाध्यक्षसहित स्थानीय सदरमुकाममा
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ सहित स्थानीय नारा लेकमा जमेको हिउँमा हिँड्दै सदरमुकाम सिमकोट पुग्नुभएको छ।
बेमौसमी तरकारीका लागि हरितगृह निर्माण
जुम्ला, फागुन ४ गते । जुम्लाको तातोपानी गाउँपालिका–२ का स्थानीयले बेमौसमी तरकारी उत्पादन गर्न गाउँपालिकाको समन्वयमा निर्माण गरेको हरितगृह । पेस नेपाल जुम्लाको कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजनाले यहाँ २८ वटा हरितगृह बनाएको छ । तस्बिरः रासस
कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमा हुम्लाको सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ ।