यो वर्ष कम भयो हिमपात
जलवायु परिवर्तनका कारण यस वर्ष मुगुमा हिमपात कम भएको छ । जलवायु परिवर्तनका कारणले जिल्लामा प्रत्येक वर्ष हिउँ घट्दै गएको हो ।
चौध मानव अधिकार रक्षक पीडित
कर्णाली प्रदेशमा १४ जना मानव अधिकार रक्षक पीडित भएका छन् ।
एघार विद्यालय भवन शिलान्यास
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण थालिएको छ ।
जोखिमयुक्त काठेपुलबाट वारपार
यहाँको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीयले जोखिमयुक्त काठेपुलबाट वारपार गर्नु परेको छ ।
उजुरी नै नपर्ने प्रहरी चौकी
जिल्लाको उत्तरी क्षेत्रका प्रहरी चौकीमा उजुरी नपरेको देखिएको छ । हिउँदमा चिसोको कारण मानिसहरुको वसोवास कम हुने र बाहिरका मानिसहरुको आउजाउ नहुने भएका कारण कुनै अपराधिक घटना नघट्ने र उजुरी नपर्ने प्रहरी कार्यालयका पदाधिकारीको भनाइ छ ।
स्याउँ रोप्न विप्लव जुम्लामा : गाउँमा स्वागत
जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले बाजागाजा र फूलमालाले स्वागत गरेका छन्।
नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री गगन थापा
सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा सल्लीबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि...
वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् ।
जुम्लाका बाह्र वडा बालविवाहमुक्त
जुम्लाको १२ वटा वडा बालविवाहमुक्त भएका छन् । सिँजा क्षेत्रमा रहेको हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा भएपछि जिल्लामा १२ वटा वडा बालविवाहमुक्त वडा घोषणा
करार कर्मचारी पाँच महिनादेखि तलबविहीन
सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् ।
खडेरीको मारमा हिउँदे बाली
हिउँदमा पानी नपरेका कारणले हिउँदे बाली पूरै प्रभावित भएको छ । कालीकोटका प्रायः खेती हुने क्षेत्रमा सिँचाइको व्यवस्था छैन । सिँचाइ अभावका कारण यहाँका हिउँदे खेती सुक्न थालेको छ ।
घोडा दौड प्रतियोगिता : हिरा बुढाको घोडा प्रथम
डोल्पाको सदरमुकाम दुनैमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोडा दौड प्रतियोगिता ।
माटोको छानो हट्दै जुम्लाको चैर गाउँ
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चैर गाउँ । यो गाउँमा रहेका अधिकांश घर माटोको छानोले छाएकामा पछिल्लो समय छाउन जस्तापाताको प्रयोग समेत बढ्दै गएको छ ।
युवा प्रतिनिधित्व सुनिश्चितताको माग
युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चितको मागसहित आयोजित जिल्लास्तरीय तेस्रो युवा भेलाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेको छ ।
सडक स्तरोन्नति नहुँदा बढ्यो जोखिम
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको मुख्य सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । स्थानीयको अवरोधका कारण मुख्य बजारको सडक जीर्ण बन्दै गएको हो ।
जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता
विसं २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा प्रभावित सबैले अस्थायी आवासका लागि अझैसम्म पनि पहिलो किस्ता पाउन सकेका छैनन् ।
एमालेको जरा अभियान २० वटा वडामा सञ्चालन
नेकपा एमालेको देशभर सञ्चालन भई रहेको जरा अभियान हुम्ला जिल्लाका २० वटा वडामा सञ्चालन भएको छ । गत माघ १४ गतेबाट सुरु भएको उक्त अभियान फागुन ९ गतेसम्म आई पुग्दा ती वडामा सञ्चालन भएको हो ।
'आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ'
नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ ।
शत प्रतिशतलाई एचपिभी खोप
जिल्लामा पहिलो पटक किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ ।
भीरबाट लडेर स्वास्थ्य स्वंसेविकाको मृत्यु
जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वंसेविकाको मृत्यु भएको छ । कुशे गाउँपालीका–१ का ४३ वर्षीया देबिसरा बादीको गाउँ नजिकैको भीरबत्राट लडेर मृत्यु भएको हो ।
'कांग्रेस महाधिवेशन ०८४ को चुनाव अघि हुनुपर्छ'
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनाव अघि नै हुनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसदबाट अध्यायदेश पारित हुन्छ : सचिव भट्टराई
नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गर्नुभयो ।
कर्णाली समृद्धि परियोजना अलपत्र
कर्णाली प्रदेश सरकारका लोकप्रिय कार्यक्रम अन्योलमा छन् ।
टहराको किस्ता निकासाले दियो खुसी
सरकारले अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम निकासा गरेको खबर सुनेपछि रुकुमपश्चिमका भूकम्प प्रभावितहरू खुसी भएका छन् ।