मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
वैदेशिक रोजगारीमा चरम श्रम शोषण
वैदिशक रोजगारमा जानेको अहिलेको अवस्था कहालीलाग्दो रहेकोछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन –२०२४’ मा सो अवस्था देखिएको हो ।
अनुदानमा पाएका दर्जनौं कृषि फार्म अलपत्र
कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजिकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् ।
सुर्खेतमा कर्णाली चलचित्र कार्यशाला
तेस्रो कर्णाली चलचित्र कार्यशाला चैत ४ देखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ ।
खानेपानीको पहुँचमा हुम्लावासी
दुर्गम जिल्ला हुम्लाका ८८ प्रतिशत घरधुरीका बासिन्दामा स्वच्छ खानेपानीको पहुँच पुगेको छ ।
मध्यपहाडी लोकमार्ग अलपत्र
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१३, कुदु–कार्कीगाउँ सडकखण्ड अलपत्र परेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण समयमै लोकमार्गको काम सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती पाउने गरेका छन् । भेरी नगरपालिका–१३, कुदु जिरो प्वाइटदेखि कार्कीगाँउसम्म अलपत्र परेको हो ।
प्रदेश सदस्यको उत्साहजनक सहभागिता
कर्णाली प्रदेश सभामा धेरै जसो प्रदेश सभा सदस्यहरू प्रदेश सभामा उपस्थित हुने गरेको पाइएको छ ।
सेताम्मे बस्ती
जाजरकोट, फागुन २२ गते । बारेकोट गाउँपालिका–४ तम्तुस्थित हिउँले ढाकिएको बस्ती । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने मुख्य बाटो यही हाे । तस्बिर : रासस
लैङ्गिक हिंसा नियन्त्रणका लागि सुरक्षा जालो
लैङ्गिक हिंसा रोकथाम र गम्भीर प्रकृतिका घटनालाई कानुनी उपचारका लागि पहल गर्ने उद्देश्यले नारायण नगरपालिकामा नगरस्तरीय सामुदायिक सुरक्षा जालो नामक सञ्जाल गठन गरिएको छ ।
कर्णालीका महिलाको अवस्था नाजुक
कर्णाली प्रदेशमा महिलाको अवस्था अझै पनि निकै नाजुक रहेको छ । कमै मात्र महिला शिक्षित छन् भने रोजगारीका अवसर प्राप्त गर्ने पनि न्यून छन् । सम्पत्तिमाथिको स्वामित्व झनै न्यून छ ।
हल्जीवासी गर्दैनन् बसाइँसराइ
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जीगाउँका स्थानीय स्थायीरूपमा बसाइँ सर्न मान्दैनन् । लिमीको पुरानो, धार्मिक र ऐतिहासिक गुम्बाको डरले हल्जीगाउँका स्थानीय बसाइँसराइ गर्न डराउने गरेका हुन् ।
रासायनिक विषादी प्रयोग बढेकोमा चिन्ता
अर्गानिक प्रदेशको आधार तय भएको कर्णालीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
१०औँ खेलकुदका लागि मूल आयोजक समितिको बैठक
कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
सल्यानको राष्ट्रपति शिल्ड शारदाको हातमा
सल्यानको जिल्लास्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ ।उक्त खेलकुद प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण ७ रजत र ५ कांस्य हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
खार्पुको दोजाम कर्णाली नदीमाथि बेलिब्रिज बन्ने
जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि बेलिब्रिज बन्ने भएको छ । गत पुसमा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार दोजाम कर्णाली नदीमाथिको बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय कार्यान्वयनमा आएपछि बेलिब्रिज निर्माण कार्य अगाडि बढेको हो ।
छ जनामा मिर्गौला प्रत्यारोपण
सुर्खेतस्थित प्रदेश अस्पतालमा तीन वर्षको अवधिमा छ जनामा सफल रूपले मिर्गौला प्रत्यारोपण गरिएको छ । २०७९ माघ २१ गते पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको र सोमबार दुई जनाको पनि प्रत्यारोपण गरिएपछि छ जना पुगेको हो ।
पशुचौपायासहित गाउँ फर्किंदै मुगाली
जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय जाडो सकिएसँगै गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए ।
विमानस्थल विस्तारमा स्रोत सुनिश्चित
सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिको योजना अघि बढ्ने भएको छ ।
खुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटीको विजयी सुरुवात
दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
कवाडी सलीसल्ला सिमकोट सडकमा अस्थायी रुट परमिटका लागि सिफारिस
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने कवाडी सलीसल्ला हुँदै सिमकोटसम्मको सडकको अस्थायी रुट परमिटका लागि सिफारिस गरिएको छ ।
राताम्य लालीगुराँस
सुर्खेत र दैलेखको सिमानामा रहेको गुराँस गाउँपालिका ६ भ्यू चुलामा ढकमक्क फुलेको लालीगुराँस ।
बादी समुदायमा जीविकोपार्जनको समस्या
जाजरकोट नलगाडका बादी समुदायको पुख्र्यौली पेसा लोप हुन थालेपछि उनीहरूको जीविकोपार्जनमा समस्या भएको छ ।
सुविधा खोजीमा बसाइँसराइ
सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै कर्णालीमा एक वर्षमा चार हजारभन्दा बढीले बसाइँसराइ गरेका छन् ।
सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब माग
कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।