• २० फागुन २०८१, मङ्गलबार

खुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटीको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, फागुन २० गते । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

मङ्गलबार भएको उद्घाटन खेलमा दाङ सोसाइटी क्लबले रोयल बङ्गलाचुली युवा क्लबलाई २–१ को सेटमा हरायो । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १० टिमको सहभागीता रहेको छ ।

जसमा राजपुर गाउँपालिका, दङ्गीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लब रूपन्देही, होराइजन क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बङ्गलाचुली रहेको छ । 

प्रतियोगितामा विजेता टिमले उपाधिसहित दुई लाख ५१ हजार रुपियाँ, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । यसअघि प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले उद्घाटन गर्नुभएको थियो ।