मुगुका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो
मुगुका कृषकलाई हिजोआज स्याउ बगैँचा व्यवस्थापनको चटारो छ ।
उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात
उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को लिमी गाउँमा हिमपात सुरु भएको छ । आइतबार रातिबाट बादल लाग्न सुरु भएको र सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।
घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु
जाजरकोटमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिँचाइका लागि बत्तिस करोड विनियोजन
कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रममा जोड दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खेतबारीमा सिँचाइ सुविधा पुर्याउन उक्त कार्यक्रम राखिएको हो ।
पुस्तकबिनै स्थानीय पाठ्यक्रमको पढाइ
हिमाली जिल्ला हुम्लामा केही गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका भए पनि पाठ्यपुस्तक छपाउन भने सकेका छैनन् । गाउँपालिकाले पाठ्यपुस्तक छाप्ने व्यवस्था नगरेका कारण निर्माण भएको पाठ्यक्रमकै आधारमा पढाइरहेका छन् ।
योगी नरहरिनाथलाई सम्झिइँदै
कालीकोटको लालुमा जन्मिनुभएका योगी नरहरिनाथलाई सम्झिन थालिएको छ । उहाँको १११ औँ जन्मोत्सव यसपालि भव्यताका साथ मनाइएको छ । गत शनिबारदेखि कालीकोटको रहगाडमा योगी नरहरिनाथको जन्मोत्सवका अवसरमा सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरिएको थियो ।
कर्णालीले जोगाएको साख : लाज शरणम्
कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, ‘लाज शरणम्’, जहाँ सुन तस्करी, सामाजिक समस्या र स्थानीय जनजीवनका सङ्घर्ष प्रस्तुत गरिएका छन् । समाजमा व्याप्त विकृति र तिनको प्रभावलाई चलचित्रमा घुमाउरो तरिकाले पस्कन खोजिएको छ ।
कालिकोटमा भाइरल ज्वरोको प्रकोप
कालीकोटको खाँडाचक्र नगरपालिकामा भाइरल ज्वरो फैलिएपछि चिकित्सक परिचालन गरिएको छ । जिल्ला सदरमुकाम मान्मसँग जोडिएको खाँडाचक्र नगरपालिका वडा नं २ मा इन्फुलुएन्जा जस्तै भाइरल देखा परेपछि चिकित्सक सहितको टोली परिचालित गरिएको हो ।
पुनर्निर्माण र पुनर्स्थापना प्राथमिकतामा
गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र पीडितलाई पुनस्र्थापना गर्ने काम प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब सर्दैन : खेलकुद मन्त्री चौधरी
आगामी जेठ ३ गतेदेखि कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिति मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ ।
एमालेलाई जनतासम्म पुर्याउन ‘जरा अभियान’
आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन –८४’ गरिरहेको नेकपा (एमाले) यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । सो अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ ।
सुर्खेतमा तारा एयरको उडान बन्द
तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।
लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलनबाट फ्याँकेको राजतन्त्र पुनः आउने कल्पनासमेत नगर्न आग्रह गर्नुभएको छ । उहाँले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने भन्दै त्यसको भ्रमबाट उम्कन आग्रह गर्नुभएको छ ।
गिट्टी कुटेर घरखर्च चलाउँदै
दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउनुभएको छ ।
पाँच महिनादेखि प्रमुखविहीन
कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको पाँच महिना बितेको छ ।
पहिलो पटक लिमी पुग्यो आयोडिनयुक्त नुन
नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ ।
हरितनगर बन्दै वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको हो ।
देउडामा महिलाको दुःख वेदना
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हुम्लाका महिलाले देउडा गीतमार्फत आफ्ना दुःखका वेदना व्यक्त गर्नुभएको छ ।
जुम्लामा महिला मिलेर खोले ‘आमा घर’
जुम्लामा हिंसा पीडित महिलाको सशक्तिकरण, आपतकालीन आश्रय, न्याय पैरवीका लागि ‘दिमा आमा घर’को स्थापना गरिएको छ। बढिरहेको हिंसालाई न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पीडित महिलाले कार्यालय स्थापना गरेका हुन्। जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो।
पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माण
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । अघिल्ला आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चित नगरी पूर्वाधार निर्माणको काम सुरु गर्दा योजना अलपत्र पर्ने गरेका थिए ।
नगरपालिका जोड्ने मुख्य सडक अलपत्र
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको केन्द्र जोड्ने चिसापानी–राडीज्युला सडक निर्माणको काम अलपत्र अवस्थामा छ । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगर्दा नगरपालिकाको महìवपूर्ण मानिएको सडक अलपत्र परेको हो ।
‘विद्यार्थी पलायन रोक्न समयानुकूल शिक्षा’
प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिनुभएको छ ।
संविधानको प्रभावकारी कार्यान्वयन सरकारको कर्तव्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ ।
शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभएको छ ।