सल्ले विमानस्थल र खलङ्गा बजार
रुकुम पश्चिम, फागुन १९ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित सल्ले विमानस्थल र खलङ्गा बजार । तस्बिर : रासस
परिवारका चार जना एकै पटक सरकारी जागिरे
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ को एउटा परिवारका चार जनाले एकै पटक सरकारी जागिरमा नाम निकाल्नुभएको छ ।
मानव अधिकार रक्षकका लागि कानुन
कर्णालीमा मानव अधिकार रक्षकका लागि छुट्टै कानुन निर्माण गर्न लागिएको छ । पीडितलाई न्याय दिने क्रममा मानव अधिकार रक्षक नै असुरक्षित भएको भन्दै कानुन निर्माण गर्न लागिएको हो ।
मासिन थाले उर्वर भूमि
गाउँबस्तीमा सुविधा पुगेपछि सहरका रूपमा विकास हुँदा उर्वर भूमि मासिन थालेका छन् । गाउँबस्ती सडक सञ्जालसँग जोडिएपछि खेतीयोग्य जमिनमा धमाधम घर बनाउने क्रम बढेको छ ।
लोप हुँदै फुर्का नाच
हुम्ला जिल्लामा पुरुषले नाच्ने फुर्का नाच लोप हुँदै गएकोमा यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
निर्माण कम्पनीको मनपरी : साइटमै नपुग्ने, म्याद थपिरहने
कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम सुरु नै नगरी पटक पटक म्याद थप र भुक्तानी मात्र माग्ने गरेको पाइएको छ ।
हिउँ पन्छाएपछि खुल्यो नाग्म-गमगढी लोकमार्ग
गएको बिहीबारदेखि जिल्लाको सिमाना घुच्चीलेकमा हिउँ जमेसँगै अवरुद्ध भएको नाग्म गमगढी लोगमार्ग आइतबारदेखि सुचारु भएको छ।
हुम्लामा 'एचपिभी' खोप अभियान सुरु
स्वास्थ्य सेवा कार्यालयले निर्धारित खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयंसेवक पुगेपछि आइतबारबाट खोप लगाउन सुरु भएको हो ।
दुई दिनदेखि अवरुद्ध हवाई सेवा सञ्चालन
दुई दिनदेखि अवरुद्ध सिमकोट विमानस्थलको हवाई सेवा आइतबार सञ्चालन भएको छ। बिहीबारबाट लगातार परेको हिउँ हटाएपछि विमानस्थल सञ्चालनमा आएको हो।
दल फुटाउने योजना हल्लामात्रै : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताउनुभएको छ ।
रोकिएन बालविवाह
यहाँका गाउँबस्तीमा बालविवाह बढ्दै गएका छन् । प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, स्थानीय सरकारले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरे पनि सार्थकता पाउन सकेको छैन ।
नयाँ शैक्षिक सत्रका लागि आइपुगे पुस्तक
नयाँ शैक्षिक सत्रका लागि हुम्लाका सबै पालिकाका लागि किताब आइसकेका छन् ।
हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।
हुम्लामा सवारी साधनलाई पार्किङकै समस्या
अनौपचारिक रुपमा सडक सञ्जाल जोडिएसँगै हुम्लामा सवारी साधनहरुलाई पार्किङमा समस्या देखिएको छ । साँघुरो सडक र पार्किङ स्थल समेत नभएका कारण सदरमुकाम सिमकोट भित्रिने यातायातका साधनलाई पार्किङमा समस्या देखिएको हो ।
हिउँदे बालीलाई तेलारी
झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ ।
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत
जुम्ला, फागुन १७ गते । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो ।ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका-६ का स्थानीय किसान दुर्गा शाहीले बताउनुभयो ।जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ । रासस
क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधन कारबाहीमा
हुम्ला जिल्लाका आन्तरिक तथा जिल्ला बाहिरका लागि सञ्चालनमा रहेका यात्रु बोक्ने यातायातका साधन कारबाहीमा परेका छन् ।
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।
सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा
यहाँका ग्रामीण सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ । जुनीचाँदे, कुसे, बारेकोट गाउँपालिकामा स्थानीय सरकारले खनेका सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको हो ।
बाइकोट माइको मन्दिर
अछाम, फागुन १६ गते । अछामको कमलबजार नगरपालिका १ बाइकोट डाँडाको टुप्पोमा अवस्थित बाइकोट माइको मन्दिर । तस्बिरः रासस
महिनौँपछि पानी पर्दा किसान खुसी
हरिकृष्ण ऐडीमुगु, फागुन १६ गते । मुगुमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लामा विद्येत् सेवा अवरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ७ का किसान विर्षबहादुर रावलले बताउनुभयो । आकाशे पानीको सिँचाइले फलफूल खेती र तरकारीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीय रामलाल बिटालुले बताउनुभयो। उहाँले भन्नुभयो पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउनेछ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ।
हुम्ला खण्डमा छ वटा पक्की पुल बन्ने
कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि स्याम्नेसम्म छ वटा पक्की पुल निर्माण हुने भएका छन् । हाल यो खण्डका खोलामा यातायातका साधन खोला तरेर वारपार गर्ने भएका कारण हिल्सा–सिमकोट सडक आयोजनाले पक्की पुल निर्माण गर्ने भएको हो ।
परदेशतिरै बसोबास गर्नेको सङ्ख्या वृद्धि
कर्णाली प्रदेशबाट अक्सर विदेशमै बस्नेको जनसङ्ख्या ठुलो देखिएको छ । राष्ट्रिय जनगणना– २०७८ अनुसार कर्णालीका ९४ हजार ३२० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो ।
अछामको कमलबजार विमानस्थल आज उद्घाटन
अछामको कमलबजार विमानस्थलको आज उद्घाटन हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले आज एक कार्यक्रमका बिच विमानस्थलको उद्घाटन गर्नुहुने भएको छ ।