• २० फागुन २०८१, मङ्गलबार

वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन

blog

स्वर्गीय अध्यक्ष प्रेमबहादुर आग्री ।

नविन सुवेदी

सुर्खेत, फागुन १९ गते । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सर उपचारका क्रममा उहाँ विगत एक वर्षदेखि भारतमा हुनुहुन्थ्यो । परिवारका सदस्यले दिनुभएको जानकारी अनुसार उहाँको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।