निजामती कर्मचारी सङ्गठन जाजरकोटको अध्यक्षमा विसी निर्वाचित
नेपाल निजामती कर्मचारी सङ्गठन जाजरकोटको अध्यक्षमा निराजन विसी निर्वाचित हुनुभएको छ ।
साना सिँचाइलाई पालिकामै सम्झौता
कृषि विकास कार्यालय दैलेखले ११ स्थानीय तहका ९१ वटा साना सिँचाइ आयोजनामा पाँच करोड रुपियाँ खर्च गर्न लागेको छ ।
वन कार्यालय आफ्नै भवनमा
डिभिजन वन कार्यालय दैलेखको आफ्नै भवन निर्माण भएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सो भवनको उद्घाटन गर्नुभयो ।
सल्यान महोत्सवका ८० स्टलमा आगलागी : करोडौँको क्षति
सल्यानमा जारी दोस्रो सल्यान महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।
बालबालिका शिक्षाबाट वञ्चित
कर्णालीका बालबालिका शिक्षाबाट वञ्चित भइरहेको देखिएको छ । विभिन्न अध्ययनले प्रदेशमा विद्यालय छाड्ने (ड्रप आउट) दर बढ्दै गएको पाइएको छ ।
छाउ प्रथाविरुद्ध विधेयक पारित
जुम्लाको तातोपानी गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको विधेयक पारित गरेको छ ।
निजामती कर्मचारी संगठन कर्णालीको अध्यक्षमा आचार्य निर्वाचित
नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा राजेश आचार्य निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा सर्वसम्मत् नेतृत्व चयन गरेको हो।
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
जाजरकोटमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका दल्लीदेखि जाजरकोट सदरमुकाम खलंङ्गातर्फ आउँदैगरेको मोटरसाइकल शनिबार विहान भेरी नगरपालिका १ रिगौटा मोडमा दुर्घटना भएको थियो ।
बाबुआमासँगै बालबालिका पनि मुगलान
सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् ।
पुल बनाउन गएको छोरा बेपत्ता, नदी किनारमा बाआमाको बिलौना
गत बुधबार दिउँसो सुर्खेतमा झोलुङ्गे पुल निर्माणको क्रममा रुकुमपूर्वका दुई युवा भेरी नदीमा खसेर बेपत्ता भए। कामको खोजीमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ बाट सुर्खेत पुगेका युवा नदीमा बेपत्ता भएका हुन्। छोरा बेपत्ता भएको खबरपछि बुवाआमासहित करिब ३०–३५ जना आफन्त भेरी नदी किनारमा पुगेका छन्।
तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभा : बाल केन्द्रित कानुन पारित
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभाले बालबालिका केन्द्रित तीन वटा कार्यविधिसँगै १४ वटा कार्यविधि सर्वसम्वत पास गरेको छ ।
ठुला खानेपानी आयोजना निर्माण हुँदै
प्रदेश सरकारले यो वर्ष तीन वटा ठुला खानेपानी आयोजना कार्यान्वयन गर्न लागेको छ । दैलेख र सल्यान जिल्लामा तीन वटा ठुला खानेपानी आयोजना कार्यान्वयन गर्न लागिएको हो ।
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र
जाजरकोट, माघ २५ गते । भेरी नगरपालिका–१ र ३ को बीचमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र। हाल यहाँबाट जडीबुटीहरु प्रशोधन गरेर बाहिर पठाउने गरिन्छ । तस्बिरः रासस
बसाइसराइँका कारण जीर्ण बनेका अछामका घरहरु
अछाम, माघ २५ गते । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा पहाडी क्षेत्रबाट तराईमा बसाइसराइँको प्रचलन बढ्दाे छ। जसको कारण पहाडका गाउँहरु रित्तिएका छन् । अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटमा बसाइसराइँको कारण जीर्ण बनेका घरहरु । तस्बिरः रासस
आगलागी न्यूनीकरण अभियान
वन डढेलोको बढ्दो घटनालाई ध्यानमा राख्दै सल्यानमा आगलागी रोकथाम तथा व्यवस्थापनसम्बन्धी सचेतना अभियान सुरु गरिएको छ ।
कालिकोटमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
नरहरिनाथ गाउँपालिका–८ लालुको हलेसिको गावु खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लालु देखि खुलालु तर्फ आउँदै गरेको क.प्र.०२००१ क०८२० नम्बर को मिनी ट्रक कोटवाडामा दुर्घटना भएको हो ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
कर्णाली प्रदेश सरकारले कोरिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रमको अवधारणा ल्याएको छ ।
भेरी लिफ्टिङका लागि रुख कटानको अनुमति
भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउन थप सहज भएको छ ।
हिल्सामा मितेरी पुल निर्माण
नेपाल र चीनको सिमाना हिल्सामा चिनियाँ सरकारका तर्फबाट पक्की मितेरी पुलको निर्माण सुरु भएको आठ महिनामा सम्पन्न भएको छ । चीन सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माण पूरा भएको हो ।
परम्परागत पोसाक अनिवार्य
हिमाली लामा समुदायका महिलाले स्थानीय चाडपर्वमा अनिवार्य रूपमा परम्परागत पोसाक लगाउनैपर्ने नियम बनाएका छन् ।
दुई वर्षमा पनि फर्किएन विमान
झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन ।
खोप लगाउन मान्दैनन् राउटे
यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो ।
भेडी गोठ आगलागीमा ६० भेडा मरे
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् ।
महत्वपूर्ण जडीबुटी उत्पादनमा कमी
जडीबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा अहिले जडीबुटी उत्पादनमा कमी आएको छ । जिल्लाका पाटन क्षेत्र र सामुदायिक वनमा जडीबुटी कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी पनि घट्दै गएको छ ।