ठेक्का लिएर अलपत्र छाड्दै निर्माण व्यवसायी
जाजरकोटको नलगाड नगरपालिका–५, खाराखोला र बारेकोट गाउँपालिका–८ जोड्ने पक्की पुल अलपत्र परेको छ ।
मानव सेवा आश्रमका लागि महायज्ञ
सुर्खेतमा मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन बनाउन श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।
जथाभाबी सडक खन्दा जोखिम
जिल्लाको छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँमा जथाभाबी खनिएको सडकले जोखिम बढाएको छ ।
आवासीय विद्यालय भवन निर्माण
प्रदेश सरकारले दुर्गमका आवासीय विद्यालय भवन निर्माणलाई निरन्तरता दिएको छ ।
हुम्लामा हिमपात
हुम्ला, मङ्सिर २५ गते । हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको छ । तस्बिर: रासस
पुल अलपत्र बनाउने नेपाल मेगा–सिस्ने जेभी कम्पनीको ठेक्का तोडिँदै
चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु
दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दैलेख बजारको प्रवेशद्वारकै बारुदथान दोबाटोमा लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रु नौमूले गाउँपालिका–५ सालकोटकी ४६ वर्षीया अमृता विकको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धि : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।
किशोरीहरुले मुख्यमन्त्रीलाई सुनाए पुथाउत्तरगङ्गाको समस्या
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् ।
मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताउनुभएको छ । सुरक्षा समितिको प्रादेशिक बैठकमा सहभागी हुन सुर्खेत पुग्नुभएको गृहमन्त्री लेखकले कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुुहुँदै मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण गरिएको बताउनुभएको हो ।
अब्बल बन्दै दलित महिला वडा सदस्य
वीरेन्द्रनगर नगरपालिका–८ की चन्द्रा नेपालीलाई घरमा गृहिणी र घरबाहिर जनप्रतिनिधिको भूमिकामा उभिनु पर्छ । घरव्यवहार उहाँको बाध्यता हो, समाजसेवा रहर ।
भुरीगाउँ–तेलपानी सडक : सरकारको आँखा नपरेको योजना
करिब छ दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकको अझैसम्म पनि विस्तार र स्तरोन्नति हुन सकेको छैन ।
हुम्लामा हिमपात (फोटो फिचर)
हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
पर्यटन प्रवर्धन गर्न पदमार्ग
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ ।
गाउँ गाउँमा पुग्यो सडक, हुँदै छ बजार विस्तार
जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् ।
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ ।
अग्निपीडित परिवारलाई सहयोग
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग गरिएको छ ।
प्रदेशको भूउपयोग ऐनको मसौदा तयार
कर्णाली प्रदेश सरकारले जमिनको व्यवस्थित उपयोग गर्न भूउपयोग ऐनको मसौदा तयार पारेको छ ।
त्रिपालमुनिको बास चिसोसँगै बढ्यो चिन्ता
भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा भूकम्पपीडितको बिचल्ली हुन थालेको छ ।
‘योजनाको रकम बाँडिखाने दिन गए’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झ्यालबाट योजना निर्माण गरेर बजेट बाँडिखाने प्रवृत्ति अब नदेखिने बताउनुभएको छ ।
कर्णालीमा ३३ आयोजना अलपत्र : ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’
लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो ।
१०औँ राष्ट्रिय खेलकुद चैतमा
१०औँ बृहत राष्ट्रिय खेलकुद–२०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।
कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मङ्सिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पिलीको आकर्षण बढ्दै
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।