पुनर्स्थापनाको आसमा मुक्त हलिया
उत्तरी सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का डिले कामी ऋण तिर्न नसकेपछि गाउँकै साहुकोमा हलिया बस्नुभयो ।
सहिद परिवारलाई कम्बल सहयोग
प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्यलाई सहयोग गर्नुभएको छ ।
सिमकोटमा खानेपानी समस्या
हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ मा खानेपानीको समस्या बढ्दै गएको छ ।
मौरीपालन व्यवसायमा आकर्षण
रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दसवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् ।
भेरी पुल
वीरेन्द्रनगर, माघ ८ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रुपमा रहेको भेरी नदीमा रहेको पुल । भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल छ । कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोड्ने सडकसमेत यहीँ छ । तस्बिरः रासस
असारे विकासमै अल्झिए स्थानीय सरकार
जिल्लाका स्थानीय तहको विकास बजेट खर्च निराशाजनक देखिएको छ ।
एक हजार शौचालय निर्माण
भूकम्पले घरसँगै खानेपानी र शौचालयमा क्षति गरेपछि समस्यामा रहेका जाजरकोटको नलगाड नगरवासीको घर घरमा खानेपानी र शौचालय सुविधा पुगेको छ ।
अस्पताल बन्यो, छैन जनशक्ति
जिल्ला अस्पताल कालीकोटको नयाँ भौतिक संरचना तयार भए पनि दक्ष जनशक्ति भने उपलब्ध भएको छैन ।
छ करोडको अदुवा बिक्री
रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।
स्थानीयको अवरोधपछि विद्युत लाइन विस्तारमा समस्या
साबिकको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्युत लाइन विस्तारमा स्थानीयले अवरोध गरेपछि समस्या भएको हो ।
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।
छाउपडीप्रति स्थानीय सरकार उदासीन
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २३ वर्षीय तुल्सी शाहीको २०७५ असार २२ गते छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भयो ।
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते सोमबारदेखि सुरु हुँदै छ ।
पञ्चवर्षीय योजना बनाउँदै वीरेन्द्रनगर
वीरेन्द्रनगर नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ ।
बजेट खर्चमा बढेन गति
चालु आर्थिक वर्ष २०८१/८२ मा पनि कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन सुस्त देखिएको छ ।
पेदीगाउँ
रुकुम पश्चिम, माघ ६ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ मा अवस्थित पेदीगाउँ । यहाँ सिँचाइ सुविधा भएकाले कृषिजन्य उत्पादन राम्रो हुने गर्दछ । तस्बिरः रासस
दलित अधिकार विधेयक पास गर्ने प्रतिबद्धता
कर्णाली प्रदेशका प्रदेश सभा सदस्य तथा मन्त्रीले यही हिउँदे अधिवेशनबाट दलित अधिकार विधेयक पास गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्पताल दस महिनादेखि अलपत्र
जिल्ला अस्पताल सल्यानको निर्माणाधीन भवनको काम १० महिनादेखि अलपत्र परेको छ ।
प्रमुखको पारिश्रमिक बालबालिकाको पढाइमा
यहाँको छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आफूले पाउने सेवा सुविधा गरिब, विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइ खर्चमा लगाउनुभएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु
रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला
सुर्खेत, माघ ६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रङ्गशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए । नौ बिघा क्षेत्रफलमा रहेको रङ्गशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। तस्बिरः रासस
फोनिज सल्यान अध्यक्षमा चुडामणी
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि पिएम (पुन मगर) निर्वाचित हुनुभएको छ । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रङ्गशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गर्नुभएको थियो ।
हिउँदमा पनि लिमीको सुनखानी आधारभूत विद्यालयमा पठनपाठन सुचारु
जिल्लाभरका विद्यालय हिउँदे बिदामा बन्द छ । तर नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँको हल्जी गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयमा भने पठनपाठन सुचारु रहेको छ ।