भौतिक संरचनाको अभावमा चौरमै पठनपाठन
जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भौतिक संरचनाको अभावमा विद्यार्थी खुला चौरमै पढ्न बाध्य भएका छन् । गत वर्ष कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालयका दुई कोठे दुई वटा भवन पुर्ण रुपमा क्षति हुँदा सुर्य ज्योति आधारभूत भेरी नगरपालिका ७ मिथ्याङ्ग्राको विद्यालयमा पठनपाठनमा विभिन्न समस्या झेल्दै आएको छ ।
विपद्मा तीनै तहका सरकारको समन्वय आवश्यक
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
खोलाछेउमा अस्पताल निर्माण
यहाँको छेडागाड नगरपालिकाले खोलाको छेउमा नगर अस्पताल सञ्चालन गरेको छ ।
मानवसेवा आश्रमका लागि एक करोड
मानवसेवा आश्रमको आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
रोकिएको पुल निर्माण सुरु
कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि रोकिएको पक्की पुलको निर्माण सुरु भएको छ ।
धमिलो पानी खान बाध्य
कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीका मानिस नदी तथा खोलाको धमिलो पानी खान बाध्य छन् ।
सल्यानका १३ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
सल्यान, माघ १४ गते । सल्यानका झण्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९३८ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ ।
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेकाछन् ।
जुम्लामा आगलागीबाट जलेर एक जनाको मृत्यु
सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य बिमामा स्थानीय सरकारको लगानी
रुकुमपश्चिमका स्थानीय तहले विपन्न र लक्षितवर्गका नागरिकको स्वास्थ्य बिमामा लगानी गर्ने गरेका छन् ।
जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गरिँदै
कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षबाट जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।
आठ सय कक्षाकोठामा पाँचभन्दा कम विद्यार्थी
कर्णाली प्रदेशका सामुदायिक विद्यालयका ८०४ वटा कक्षाकोठामा पाँच जनाभन्दा कम विद्यार्थी भएको पाइएको छ ।
कुष्ठरोगमुक्त नेपाल घोषणामा चुनौती
कर्णालीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्यमा चुनौती देखिएको छ । पछिल्लो पाँच वर्षमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर बढ्दै गएपछि यो चुनौती देखिएको हो ।
माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध
नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठक विषयसूचीमा प्रवेश गर्न नपाइ माओवादीका प्रदेश सभा सदस्यहरुले अवरुद्ध गरेका हुन् ।
१६ हजार किशोरीलाई पाठेघर विरुद्धको खोप लगाइने
दैलेखका करिब साढे १६ हजार किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ ।
निजामती कर्मचारी सङ्गठन कालीकोट अध्यक्षमा पाण्डे
नेपाल निजामती कर्मचारी सङ्गठन कालीकोटको अध्यक्षमा पुनः भक्तिप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठन कालीकोट सदरमुकाम मान्म बजारमा सम्पन्न १२ औँ अधिवेशनले पाण्डेलाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
डोल्पाको ल्हुरी गाउँ
डोल्पा, माघ १३ गते । डोल्पाको शे(फोक्सुण्डो गाउँपालिका–१ स्थित ल्हुरी गाउँ । यहाँ ३० घरधुरी स्थानीयवासीहरु बसोवास गर्छन् । तस्बिरः रासस
खानेपानीको धारा निर्माणका लागि श्रमदान
मुगु, माघ १३ गते । छायाँनाथ रारा नगरपालिका १० ओखलमा शनिबार खानेपानीको धारा निर्माणका लागि श्रमदान गर्नुहुँदै नगरप्रमुख विष्णुकुमार भामलगायत । तस्बिरः रासस
वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपास क्षेत्र
सुर्खेत, माघ १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित काँक्रेबिहारबाट देखिएको वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपासको क्षेत्र । यो जमिन कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तस्बिरः रासस
काँक्रेबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
सुर्खेत, माघ १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट देखिएको काँक्रेबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार । तस्बिरः रासस
जुम्लाकाे डुडुल चैत्य स्तूपा
जुम्ला, माघ १३ गते । जुम्लाको सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ मा रहेको डुडुल चैत्य स्तूपा । बौद्ध धर्मावलम्बीको अगुवाइमा निर्माण भएको उक्त स्तूपा पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ । तस्बिरः रासस
भूकम्प प्रभावित क्षेत्रबाट फर्किंदै दाता
जाजरकोट भूकम्पपछि जिल्लामा आएका दाता धमाधम फिर्ता हुन थालेका छन् ।
पूर्वाधार निर्माण प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
मदन भण्डारी राजमार्ग स्तरोन्नतिको काम सुरु
मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पा–सल्यान खण्डको स्तरोन्नतिको काम सल्यानको बागचौरबाट औपचारिक रूपमा सुरु भएको छ ।