सार्वजनिक सुनुवाइ नै गर्दैनन् मुगुका स्थानीय तह
जिल्लाका चार वटा स्थानीय तहका वडा कार्यालयहरूले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जबाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ बस्तीमा नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
राराको छालमा छचल्किँदो मन
आहा ! कति रमणीय सौन्दर्य ! कति मिठो सरसराहट ! आमाको स्नेहिल स्पर्श ! रारा तिमीलाई कोटी कोटी प्रणाम !
बाढीपीडितले अझै पाएनन् राहत
विसं २०७९ को असोज महिनाको तेस्रो साता भएको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका थिए ।
पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
पलाँतामा ट्याङ्की छ, पानी छैन
कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन ।
अनुगमनका क्रममा खानेपानीमन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार हुम्ला जिल्लामा रहेको सिमिकोट खानेपानी आयोजनाको क्षेत्रमा भएका कामका बारेमा जानकारी लिनुका साथै अनुगमन गर्दै ।
रैथाने उत्पादन बढाउने प्रदेश सरकारको योजना
कर्णाली प्रदेश सरकारले कृषि पर्यटन प्रवर्धन कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।
लोक सेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोक सेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ
राउटेले गरे महायज्ञमा मधुस दान
जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदायले सुर्खेतमा मानवसेवा आश्रमद्वारा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा दान गरेका छन् ।
हुस्सुले ढाकिएको चौरजहारी उपत्यका
जाजरकोट, मङ्सिर २८ गते । हुस्सुले ढाकिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नयाँ सहर आयोजनाका रुपमा विकास भएको चौरजहारी उपत्यका । तस्बिरः रासस
बर्सौंदेखि गाउँ धानेको ढुङ्गाखानी
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीमा रहेको ढुङ्गाखानीको सिलेट, ढुङ्गा, मार्बल, टायल र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ ।
भूकम्पपीडितद्वारा गृहसचिवलाई ज्ञापनपत्र
जाजरकोट भूकम्पपीडितले अस्थायी आवास तथा सामुदायिक पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन माग गरेका छन् ।
प्रभावकारी भएनन् प्रदेशस्तरीय कार्यक्रम
कर्णाली प्रदेश सरकारको लक्षित वर्ग विशेष कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
चिसोका कारण जनजीवन कष्टकर
कालीकोट जिल्लामा चिसो अत्यधिक बढेको छ । मङ्सिर २४ गते परेको पानीसँगै कालीकोटमा चिसो बढेको हो । चिसोका कारण जनजीवन कष्टकर बनिरहेको छ ।
जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु २ घाइते
जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो ।
अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चारजना घाइते
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् ।
दुई वाणिज्य सङ्घबिच मितेरी सम्बन्ध
कर्णाली प्रदेशको सुर्खेत उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेशको औद्योगिक सहर भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य सङ्घबिच मितेरी सम्बन्ध कायम गरिएको छ ।
कर्णाली प्रज्ञा–प्रतिष्ठान ऐन निर्माण गरिँदै
कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’ ऐन निर्माण गर्न लागेको छ ।
भेरी–बबई डाइभर्सनको काम सुस्त
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निर्माणमा ढिलाइ भएको छ ।
विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ।
हिमपातले जनजीवन प्रभावित
कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीस्थित परेको हिमपात । हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ ।
कर्णालीसँग जोडिएका चिनियाँ नाका खुलाउन आग्रह
छिमेकी राष्ट्र चीनसँग कर्णाली प्रदेश जोडिने सीमा नाका खुला गराइदिन गृहमन्त्री रमेश लेखक समक्ष आग्रह गरिएको छ ।
‘सरकारको मुख्य एजेण्डा भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण’
गृहमन्त्री रमेश लेखकले वर्तमान गठवन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको बताउनुभएको छ । मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
विमानस्थलको हिउँ पन्छाउँदै
हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली ।