• ८ वैशाख २०८२, सोमबार

आदिवासी जनजाति पत्रकार महासंघ हुम्लाको अध्यक्षमा तामाङ

blog

नयाँ गठन भएका फोजिन हुम्लाका पदाधिकारीहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन ५ गते । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोजिन) हुम्ला शाखाको अध्यक्षमा नरजन तामाङ सर्वसम्मत चयन हुनुभएको छ । महासंघको साधारण भेलाले तामाङको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो । 

साधाारण भेलाले सर्वसम्मत रुपमा चयन गरेको जिल्ला कार्य समितिको अध्यक्षमा तामाङ, उपाध्यक्षमा छपाल लामा, सचिवमा भक्तराज ऐडी, कोषाध्यक्षमा अविनास लामा, सहसचिवमा मिग्युर लामा चयन गरेको छ । 

त्यसैगरि महासंघको सदस्यरु कमिलाल ऐडी, छ्वाङ लामा, कुन्साङ तामाङ र ऐटन रावल पनि सर्वसम्मत चयन हुनुभएको छ । फोजिनको हुम्लामा शाखा पहिलो पटक गठन भएको हो । 

फोजिन गठनबारे जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । अध्यक्षमा चयन भएपछि अध्यक्ष तामाङले पत्रकारिता क्षेत्रको संस्थागत विकास र ब्यवसायीय पत्रकारिताको काम गर्ने बताउनुभयो ।