कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन
नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा आज शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
चिसोमा न्यानो कपडा पाउँदा दङ्ग
कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका विपन्न परिवारलाई दाताको सहयोगले ठूलो राहत भएको छ ।
महिलाको दैनिकी पिठ्युँमा दाउराको भारी
हिमाली जिल्ला हुम्लामा खाना पकाउनका लागि मुख्य रूपमा परम्परागत ऊर्जाकै भर पर्नु परेको छ। यसको मुख्य बोझ महिलामाथि नै पर्दै आएको छ। दक्षिणी हुम्लाबाट खच्चडमा ढुवानी भएर आएको एलपी ग्यास प्रयोगमा सबैको सहज पहुँच नहुँदा ग्रामीण महिलालाई दाउराको व्यवस्था गर्नुपर्ने बाध्यता बन्दै आएको छ। सिमकोट गाउँपालिका–५ की बाँचकली रावतले ऊर्जाको व्यवस्था गर्न हुम्ली महिलालाई दाउरामै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले विद्युत् नियमित नहुने, ग्यास महँगो पर्ने भएकाले खाना पाकाउनका लागि ऊर्जाका रूपमा दाउरा टिप्नुको अन्य विकल्प नभएको बताउनुभयो।
यात्रा २८ किलोमिटर भाडा पच्चीस सय
सडक यातायातको भाडादर कसरी तोकिन्छ? त्यो थाहा नपाएका जाजरकोटका यात्रुले २८ किलोमिटरको भाडा दुई हजार पाँच सय रुपियाँ तिर्दै आएका छन्। कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मादेखि सदरमुकामसम्म २८ किलोमिटर भए पनि यात्रुले दुई हजार पाँच सय रुपियाँ तिर्दै आएका छन्। कुशे गाउँपालिका–५ का कमान थापाले खलङ्गादेखि पाँचकाटियासम्म यातायातका साधन सञ्चालनमा आएको १६ वर्ष बित्यो तर सडक स्तरोन्नति नहुँदा चर्को भाडा तिर्नुपरेको बताउनुभयो।
कालीकोटमा कुकर पड्किँदा तीन घाइते : उपचारमा खर्च अभाव
कालीकोटको शुभकालिका गाउँपालिका ३ मा खाना पकाउने प्रेसर कुकर पड्किँदा घाइते भएकाले आर्थिक अभाव हुँदा समयमा उपचार गर्न सकेका छैनन्।
जेसिबी दुर्घटना : मृतकका परिवारले पाए राहत
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ अँधेरीखोलामा मङ्सिर २४ गते भएको जेसिबी दुर्घटनाका परी मृत्यु भएका परिवारले राहत पाएका छन् ।
स्वास्थ्यको पहुँच बाहिर रहेकालाई पहुँच पुर्याउने नीति
कर्णालीमा स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य रणनीति तयार पारी सार्वजनिक गरिएको छ । बुधबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक् सञ्चारकर्मी र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई पहुँच र उपभोगमा अभिवृद्धि गर्न स्वास्थ्य रणनीति तयार पारेकोे जनाएको छ ।
लोप हुने अवस्थामा रैथाने बाली काउँनो
जिल्लाका स्थानीय भेकमा स्थानीय रैथाने बाली उत्पादनमा विस्तारै कमी हुन थालेको छ । गाउँमा सडक सञ्जाल बिस्तार भएसँगै सिधै बजारको चामल गाउँ पुग्न थालेपछि स्थानीय उत्पादनमा कमी देखिन थालेको हो ।
हुम्लाको पुँजीगत खर्च दश प्रतिशत
हुम्लामा सरकारीले विनियोजन गरेको बजेटमध्ये कार्यालयहरूले पुँजीगत खर्च ज्यादै न्यून भएको पाइएको छ । आर्थिक वर्षको आधा विती सक्दा समेत कार्यालयहरूले विकासले गतिविधि अगाडी बढाउन नसक्दा र प्रदेश सरकारको कार्यशैलीमा ढिलाइले गर्दा पुँजीगत खर्च १० प्रतिशत मात्र भएको छ ।
प्रदेश सदस्यको शपथ पुस ११ गते
कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ पुस ११ गते हुने भएको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको हो ।
अनुदान चामलको माग बढी
कालीकोटमा सरकारी अनुदानमा जिल्ला भित्रिने चामलको माग बढिरहेको छ। कालीकोट सदरमुकामसहित स्थानीय बजारमा खाद्यान्नको मूल्य बढेपछि सरकारी अनुदानमा आउने खाद्यान्नमा उपभोक्ताको ध्यान केन्द्रित भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा र अन्य डिपोमा चामलको माग बढिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा प्रमुख कमलराज पाण्डेले जिल्लाको शाखा र अन्य स्थानीय डिपोमा खाद्यान्नको माग बढिरहेको जानकारी दिनुभयो।
गाउँमा अभाव, सहरमा चाप
स्थानीय तहमा कर्मचारी अभाव भए पनि वीरेन्द्रनगर नगरपालिकामा दरबन्दीभन्दा झन्डै तेब्बर सङ्ख्यामा कर्मचारी छन्। नगरपालिकामा हाल स्थायी र करार गरी ३५५ जना कर्मचारी छन्। धेरै कर्मचारी हुँदा नगरपालिकालाई उनीहरूको व्यवस्थापनमा सकससमेत भएको छ। यहाँ स्थायी १९७ जना र करारमा १२३ जना कर्मचारी छन्। कार्यरत कर्मचारीमध्ये प्राविधिकतर्फ स्थायी १२६ र करारका ५४ जना छन्। अप्राविधिकतर्फ स्थायी ७१ जना र करारका ६९ जना कर्मचारी कार्यरत रहेको बताइएको छ। जसमध्ये पालिकामा तहविहीन १५ जना कर्मचारी छन्। जहाँ २०७४ सालमा सामान्य प्रशासन मन्त्रालयले यो पालिकामा कुल ६४ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।
प्रशासक श्रीमान्, श्रीमती करारमा नियुक्त
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ। यस्तो भागबन्डामा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुख अविराज शाहीले श्रीमतीलाई नियुक्ति दिइएको पाइएको छ। यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो। सोही रिक्त कर्मचारी कोटामा नियुक्त गरिएका कर्मचारीमध्ये केहीले तीन महिनाको हाजिर एकै पटक गरी बिनाकाम तलब बुझ्दै आएको बताइन्छ। नगरपालिकाका एक कर्मचारीका अनुसार कर्मचारीका आफन्तको खातामा तलब भुक्तानी हुने गरेको जानकारी आएको छ।
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
सरकार गठनको प्रक्रिया सुरु
निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुहुने छ ।
गमगढी–सोरुकोट सडक दुई महिनापछि सञ्चालन, बिरामीलाई सहज
गमगढी–सोरुकोट सडक झन्डै २ महिनापछि सञ्चालनमा आएको छ । २०७९ असोजको तेस्रो सातामा परेको भीषण वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोरु गाउँपालिकाको पहलमा डोजर लगाएर सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो ।
मृतकका परिवारलाई आर्थिक सहयोग
छेडागाड नगरपालिका–४, खान्तिजेवा भीरमा जिप दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजार रुपियाँका दरले भगवतीमाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो।
चौँतीस प्रतिशत नागरिक अझै निरक्षर
कर्णालीका ३४ प्रतिशत नागरिक अहिले पनि लेखपढ गर्न जान्दैनन्। यति धेरै जनसङ्ख्या निरक्षर रहेको प्रदेशमा साक्षरता अभियानले गति लिन सकेको छैन। प्रदेशका पाँच जिल्लामा अझै साक्षर घोषणा भएको छैन। निरक्षरता हटाउन राज्यस्तरमा थालिएका साक्षर अभियान थप योजना र बजेटको अभावमा अलपत्र परेको बताइन्छ।
काठेपुलको जिल्ला
हिमाली जिल्ला हुम्लावासीले काठेपुलबाट खोला र नदीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अझै छ। ठाडाखोला तथा नदीमा झोलुङ्गे पुल निर्माण नहुँदा स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएका काठेपुल तर्नुपर्ने बाध्यता छ। नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुलबाट स्थानीयले खोला तर्दै आइरहेका छन्।
बाढी प्रभावितलाई राहत वितरण
गत असोजमा परेको पानीवाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको हो ।
बाढी प्रभावितलाई राहत वितरण
गत असोजमा परेको पानीबाट प्रभावित परिवारले राहत पाउन थालेका छन् । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको छ ।
पालिकासँग भवन माग्दै प्रहरी
सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि लामो समययदेखि पहल भए पनि अझै स्थापना हुन सकेको छैन। सो स्थानमा प्रहरी चौकी स्थापनाका लागि प्रहरीको माथिल्लो निकायबाट स्वीकृतसमेत प्राप्त भइसकेको छ।
हिंसाविरुद्धको अभियानमा हिंसापीडित
वीरेन्द्रनगर–१० की सञ्जुुमाया चौधरी आठ वर्षसम्म घरेलुु हिंसाको सिकार हुुनुुप¥यो । लामो समय घरपरिवारबाटै चौधरीले मानसिक तथा शारीरिक यातना खेप्नुुपरेको थियो । हिंसापीडित उहाँले न्यायका लागि विभिन्न निकाय धाउनुुभयो । परिवारबाटै हिंसामा पर्नुभएको उहाँलाई सामान्य जीवन जिउन पनि मुस्किल थियो । कुनै बेला परिवारको अन्याय र हिंसाका कारण बाँच्ने आधार नै नदेखेकी चौधरी आफ्नो न्यायका लागि लड्दालड्दै अहिले आफैँ हिंसाविरुद्धको अभियन्ता हुनुुभएको छ । उहाँले आफूजस्तै हिंसाको सिकार भएका महिलालाई न्याय दिन पैरवी गरिरहनुुभएको छ ।