• १३ साउन २०८१, आइतबार

हुम्लावासीले मनाए देउडा दिवस

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २ गते ।  हुम्लामा देउडा दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसका अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन् ।  मौलिक वेशभूषामा सजिएर स्थानीयले देउडा गाउँदै दिवस मनाइएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार देउडा गीतको संरक्षण गर्ने उद्देश्यले  पहिलो पटक यो दिवस मनाइएको हो । 

पछिल्लो पुस्ता आधुनिक र विदेशी गीत/सङ्गीततर्फ रमाइरहेका बेला यसको जगेर्ना गर्दै पुस्तान्तरण गर्नु आवश्यक देखिएकाले स्थानीय तहले समेत यसमा चासो देखाएको छ । देउडा दिवसका अवसरमा दक्षिणी हुम्ला र उत्तरी हुम्लाका पुरुष देउडा खेलाडी र महिलामा स्थानीय देउडा गायक बिस्सु सुनार र सिमकोट गाउँपालिकाका महिलाबिच देउडा गाउने कार्यक्रम भएको थियो ।