हिल्साबाट आयात सुरु
कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान आउन सुरु भएको छ । स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका व्यवसायीले सामान आयात सुरु गरेका हुन् । पहिलो चरणमा १८ वटा पिकअप भ्यानमा बुधबार चिनियाँ पक्षले भन्सारका कर्मचारीको उपस्थितिमा सामान ल्याइएको हो । आयात गरिएका समानमा व्यापारिक प्रयोजनका साथै विकास निर्माणका सामान पनि भित्रिएका छन् । चिनियाँ पक्षले अब नियमित रूपमा ताक्लाकोटबाट सामान पठाउने तर हाललाई नेपालबाट भने नलिने चिनियाँ पक्षको निर्णय भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । लामो प्रयासपछि हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले चिनियाँ पक्षसँग खाद्यान्न र इन्धनका विषयमा पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलमा शर्मा
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो ।
एमाले कर्णाली संसदीय दलको नेतामा कँडेल चयन
नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।
मनाइयो तोत्ङरी ल्होसार
हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले तोत्ङरी ल्होसार मनाएको छ। ल्होसारको अन्तिम दिन जिल्लाका सबै लामा समुदायले सिमकोटस्थित लामा सांस्कृतिक मञ्चमा परम्परागत पहिरनमा सजिएर ल्होसार मनाएका हुन्। मञ्चका अध्यक्ष धर्मनन्द लामाले निकै हर्षोल्लासका साथ तोत्ङरी ल्होसार मनाइएको बताउनुभयो।
‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरको’
‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैङ्क खाता खोलिदिएका छन्। २०७६ साउनदेखि जन्मिएका छोरीको बैङ्क खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैङ्क खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन।
स्वास्थ्य केन्द्रमा छैन सिटामोल
सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीतिगत व्यवस्था सरकारको छ। यद्यपि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थामा ज्वरोको औषधिसमेत पाउन मुस्किल छ। चौकुने गाउँपालिका–७ मा रहेको धामीडाँडा स्वास्थ्य सेवा केन्द्रमा सिटामोलको समेत सधैँ अभाव हुन्छ। केन्द्रकी इन्चार्ज योगिता लामिछानेका अनुसार तीन/चार महिनाको फरकमा एक पटक त्यही पनि न्यून मात्रामा औषधि आउँदा वितरणमा समस्या परेको थियो। स्वास्थ्य जाँचपछि निजी क्लिनिकमा औषधि किन्नु पर्ने बाध्यता रहेको जनाइएको छ। चौकुनेका अन्य वडामा रहेका स्वास्थ्य सेवा केन्द्रमा पनि औषधि र जनशक्तिको अभाव छ।
एक वर्षमै उप्कियो कालोपत्रे
जाजरकोट खण्डअन्तर्गतको मध्यपहाडी लोकमार्गमा गरिएको कालोपत्रे एक वर्ष नबित्दै खाल्टाखुल्टी परेका छन्। भेरी नगरपालिका–१३, कुदु जगतीपुर सडकखण्डमा कालोपत्रे उप्किएको हो। २०७६ सालदेखि शर्मा एन्ड सिंह ब्रदर्स जेबी काठमाडौँले कालोपत्रेको काम सुरु गरेको थियो। निर्माण कम्पनीको लापरबाही र सम्झौताअनुसार काम नहुँदा सडक जीर्ण बन्दै गएको बताइन्छ। नेपाल सरकारसँग गरेको सम्झौताअनुसार निर्माण सामग्री प्रयोग नगर्दा र यसमा सरोकारवाला निकायले अनुगमन निरीक्षण नगर्दा समस्या आएको भेरी नगरपालिका–१२ का यज्ञबहादुर बटालाले बताउनुभयो।
हुम्लाको सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
आन्तरिक आयस्राेत नभएको सिमकोट गाउँपालिका अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।
चिसोले सेताम्मे बनेको बरफ
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ ।
जलविद्युतकाे ‘हब’ बन्दै कालीकोट
भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युतकाे ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो ।
गर्भपतन गराउने बढे
सरकारको नारा छ, ‘बिहेबारी बीस वर्षपारि’ यद्यपि कर्णालीमा २० वर्षभन्दा कम उमेर समूहका महिलाको गर्भपतन सङ्ख्या वृद्धि हुँदै छ। स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीअनुसार गर्भपतन गराउनेको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको छ। कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्।
खार्पुनाथले बनायो सत्र कानुन
खार्पुनाथ गाउँपालिकाले आफ्नो हिउँदे गाउँ सभाबाट १७ वटा कानुन निर्माण गरेको छ। सभाले ऐन, नियम, नियमावली र निर्देशिका पारित गर्दै कानुनी बाधा अड्चनसमेत फुकाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले हिउँदे गाउँ सभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको बताउनुभयो।
बैङ्क सेवा पुग्दा सहज
यस जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा रहेको जुनीचाँदे गाउँपालिकामा बैङ्क शाखा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । जिल्ला सदरमुकामबाट पैदल दुई दिन लाग्ने दैलेख, सुर्खेत र कालीकोटको सिमानामा पर्ने यस गाउँपालिकामा कृषि विकास बैङ्कले साउनदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
कर्णालीका हिमाली जिल्लामा उडान थप
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दाे सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताउनुभयो ।
‘हामीले किताब कहिले पाउने ?’
जिल्लाको शुभकालिका गाउँपालिका –७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दासम्म किताब नपाएको गुनासो गर्नुभयो ।
कर्णालीका नवनिर्वाचित सांसदहरूद्वारा शपथ ग्रहण
कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कर्णालीका ज्येष्ठ सांसद शाहीले लिनुभयो शपथ
कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज सोमबार शपथ खुवाउनुभएको हो।
हुम्लाका नदीमा काठेपुलबाटै तर्नुपर्ने बाध्यता
हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेका कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो ।
बालविवाहले महिला स्वास्थ्यमा समस्या
कालीकोटको शुभकालिका गाउँपालिका–२, भर्ताकी कल्पना तिमिल्सैना अहिले ७० वर्ष पुग्नुभयो। २००९ सालमा जन्मिनुभएकी तिमिल्सैनाको विवाह २०२३ सालमा भएको थियो; जुन बेला उमेर १४ वर्षको थियो। विवाहको दुई वर्षपछि १६ वर्षको उमेरमा उहाँले पहिलो सन्तान जन्माउनुभएको थियो। सानै उमेरमा बच्चा जन्माउँदाको पीडा त्यो बेला हुने नै भयो। त्योभन्दा पनि बढी समस्या उहाँ ४० वर्षको हुँदादेखि झेलिरहनुभएको छ। तिमिल्सैनाले १२ सन्तानलाई जन्म दिनुभयो। अहिले आठ छोराछोरी जीवित छन्। छ छोरा र दुई छोरीकी आमा कल्पना भुइँमा बस्न सक्नुहुन्न। उहाँ ४० वर्षयता थरथरी शरीर काम्ने रोगले थला पर्नुभएको छ।
पालिकाको प्राथमिकतामा सडक
अघिल्लो कार्यकालमा स्थानीय सरकारले सडक पूर्वाधार निर्माणमा ठूलो लगानी गरे। स्थानीय तहको पहिलो कार्यकालमा वडैपिच्छे सडकका ट्र्याक खोलिए। गएका पाँच वर्ष सडक खन्ने कामलाई प्राथमिकता दिएका स्थानीय सरकारले अहिले तिनै सडकको स्तरोन्नतिमा जोड दिएका छन्। चालू आर्थिक वर्षमा पनि अधिकांश पालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार नै परेको हो। पालिकावासी सबैको सडकमा भरपर्दो र सहज पहुँच पु-याउने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन्।
सडक पहुँचले घट्यो महँगी
दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका नयाँ बजार स्थापना भएका स्थानमा महँगी ४० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ । ती नयाँ बजार कर्णाली कोरिडोरसँग जोडिएका कारण यातायात नियमित रूपमा सञ्चालनमा आउन थालेपछि महँगी घटेको हो । ताँजाकोट गाउँपालिकाको पैमा क्षेत्रको नयाँ बजारका स्थानीय कर्णबहादुर थापाले सडक यातायात जोडिँदा सवारीसाधनबाट ढुवानी हुन थालेपछि सामानको मूल्य सस्तिएको बताउनुभयो । उहाँले सडक नजोडिँदासम्म प्रतिकिलोग्राम चिनीको मूल्य २५० रुपियाँ तिरेको बताउँदै अहिले प्रतिकिलो १५० रुपियाँमा पाउन थालेको बताउनुभयो । दैनिक उपभोग्य अन्य सामग्रीमा पनि यो लागू भएको उहाँले जानकारी दिनुभयो ।
सुर्खेतमा ‘ए’ डिभिजन फुटबल कप हुने
सुर्खेतमा आगामी पुस २३ देखि सुर्खेत ‘ए’ डिभिजन फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल सङ्घ सुर्खेतको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
भेरी कोरिडोरमा आज देखि तीन हप्ता यातायात बन्द हुने
सडक निर्माणलाई गति दिनका लागि भेरी कोरिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ ।
हरिसोभा र दुई छोराको जीवन बचाउन सहयोगको अपेक्षा
कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ३ भर्ता संज्यालवाडामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर घाइते भएकी हरिसोभा परिवार र उहाँका छोराको उपचारमा खर्च अभाव भएको छ ।