प्रदेशकै एघारौँ तहलाई सचिव बनाइने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव पठाउने र फिर्ता बोलाउने कार्यलाई अब नसहने चेतावनी दिनुभएको छ । कहिले सचिव आउलान् र काम प्रक्रियाहरू अगाडि बढ्ला भन्ने अन्योल प्रदेशमा अझै कायम रहेको बताउँदै उहाँले प्रदेशमा एघारौँ तहका कर्मचारीलाई सचिव बनाउने व्यवस्था रहेको र प्रदेश सरकारले आफँै सचिव बनाउने बताउनुभयो ।
अवरुद्ध महाकाली लोकमार्ग खुल्यो
महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा ६ दिनदेखि अवरुद्ध सडक शनिबारदेखि खुलेको छ ।
एघारौँ तहका कर्मचारीलाई सचिव बनाउँछौं : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्ति रहेकाले अब प्रदेश आफैले ११ औं तहको कर्मचारीलाई सचिव बनाउने बताउनुभएको छ ।
फोनिज कैलालीको अध्यक्षमा पुनः चौधरी
फोनिज जिल्ला शाखाको आज धनगढीमा भएको पाँचौँ जिल्ला अधिवेशनले सर्वसम्मतले उहाँलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पेको हो। जिल्ला कार्यसमितिको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा सागर कुश्मी, सहसचिवमा जीवनलाल डंगौरा, कोषाध्यक्षमा सन्तोष राना चयन हुनुभएको छ।
कैलालीको तालमा हिउँदे जलपन्छीको गणना
तालतलैया, नदीनाला लगायतका सिमसार क्षेत्रमा पाइने जलपन्छीको गणना आजदेखि सुरु भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका –७ स्थित जोखार तालबाट गणना सुरु गरिएको हो ।
सिकाइ उपलब्धिका लागि नमुना परीक्षा
बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ तोली देवलडाँडा माविले यहाँका पाँच, आठ र दस कक्षाका बालबालिकाको सिकाइ उपलब्धिका लागि प्रत्येक शनिबार नमुना परीक्षा लिन सुरु गरेको छ ।
लागुऔषधसहित दस जना पक्राउ
प्रहरीले लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तरकारी किनमेल
कञ्चनपुर, पुस २० गते । शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा पावर टिलरमा बोकेर ल्याएको तरकारी किनमेल गरिँदै । स्थानीयस्तरमा तरकारीको उत्पादन बढेसँगै मूल्य घटेको किसान बताउँछन् । तस्बिरः रासस
बाघ गणनाका लागि राखिएका क्यामेरा
कञ्चनपुर, पुस २० गते । कञ्चनपुरको छेलास्थित वनमा बाघ गणनाका लागि राखिएको स्वचालित क्यामेरा। ब्रह्मदेव कोरिडोरमा बाघ तथा अन्य वन्यजन्तुको अनुगमनका लागि ७५ जोडी स्वचालित क्यामेरा जडान गरिएका छन् । तस्बिरः रासस
परशुरामधाममा रुद्राक्षका बिरुवा रोपण
भगवान् विष्णुको छैटौँ अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपिएको छ ।
देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।
गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित
छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् ।
चिसो बढेपछि दाउरा वितरण
कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।
स्थानीय जातको आलु उत्पादनमा कृषक
बाजुराका अधिकांश किसानले पछिल्लो समय स्थानीय जातको आलु उत्पादनमा जोड दिन थालेका छन् ।
धान नहुने खेतमा बदाम
धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् ।
कैलालीमा कुहिरो
कैलाली, पुस १९ गते । कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिराेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिर : रासस
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ ।
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख हुनुहुन्छ । अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा हुनुहुन्छ ।
वृद्ध दम्पतीलाई नगरपालिकाको सहयोग
सडक किनारको छाप्रोमुनि चिसो भुइँमा भोकमरीसँग जुधिरहेका वृद्ध दम्पतीलाई पाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।
विद्यालय आसपासका व्यावसायिक क्षेत्रको अनुगमन
कैलालीको टीकापुर नगरपालिकाको बजार क्षेत्रका विद्यालय वरपर रहेका पसलमा चुरोट, सुर्ती र मदिराको बिक्रीवितरण भइरहेको पाइएको छ ।
स्वास्थ्य बिमा गराउने बढ्दै
दार्चुलामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्यामा वृद्धि भएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो ।
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
बझाङ, पुस १९ गते । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उहाँले बताउनुभयो । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र सदस्यको नियुक्ति
प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा उपाध्यक्ष र सदस्यको नियुक्ति गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको पाँच महिना पछि नियुक्त गरेको हो ।