पहिरोको जोखिममा छालागडा बस्ती
बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाको छालागडा बस्तीको माथिबाट पहिरो गएपछि यहाँका स्थानीय चिन्ति भएका छन् ।
बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न
कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो ।
मोती उत्पादन उद्योग सङ्कटमा
सरकारले २० लाखभन्दा बढी अनुदान रकम दिएर सुरु गरिएको मोती उत्पादन योजना सफल हुन सकेको छैन । परशुराम नगरपालिका–४, कटालमा घरेलु तथा साना उद्योग कार्यालयले सम्भाव्यता अध्ययन गरेर गत आर्थिक वर्ष २०८९/८० मा ८० प्रतिशत रकम अनुदान दिएको थियो । श्री भगवती एकीकृत कृषि तथा पशुपन्छी फार्मलाई २० लाख ७७ हजार रकम अनुदानमा मोती उत्पादनका लागि पूर्वाधार निर्माण गरिएको कार्यालय प्रमुख केशव भण्डारीले जानकारी दिनुभयो । मोती भने उत्पादन हुन सकेको छैन । पानीको अभावमा सिपी मरेका कारण मोती उत्पादन हुन नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकारको अनुदान रकममा मोती उत्पादन सुरु गरिएको थियो । मोती उत्पादन उद्योगमा ८० प्रतिशत रकम सरकारको र २० प्रतिशत रकम लगानीकर्ताको रहेको छ । प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयले मोती उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरेको थियो ।
सामुदायिक वनमा रोपियो दस हजार बिरुवा
खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार बोटबिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालयको वन विकास कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाको शेला सामुदायिक वनमा बाँज, काफल, चाँप, बाँस, टिमुर, तेजपत्तालगायका पाँच हजार बोट रोपिएका छन् ।
पाण्डौन सडक निर्माणमा ढिलासुस्ती
घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्य ढिलासुस्ती भएको छ । १४ महिनामा कालोपत्रे गरिसक्नुपर्ने सो सडकको लेबल मिलानका नाममा ठाउँ ठाउँमा माटो थुपारिएको छ । सडकबिचमा माटो थुपार्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर दबाबसमेत दिएका छन । सडक हिलाम्मे बनेपछि सो सडक भएर गुड्ने सवारीसाधनसमेत सडकमा जाम हुने, धकेलेर ओहोरदोहोर गराउनुपर्ने बाध्यता रहेको सवारीचालकले गुनासो गरेका छन् । प्रदेश सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०७९÷८० मा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरेर टेडी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको थियो ।
सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानीको विषय पुनर्विचार गर्न सकिने बताउनुभयो ।
नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए
नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे ।
अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ
कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
धनगढी क्याम्पस रोड क्षेत्रमा डुबान
कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ।
पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा बालिकाको मृत्यु
कैलालीको गौरीगङ्गा नगरपालिकामा काठेपुलको सहायताले खोला तर्ने क्रममा चिप्लिएर बुधबार बालिकाको मृत्यु भएको छ ।
कटैनीको बाढीले सात घर डुबानमा
कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गाउँमा डुबान भएको हो ।
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो ।
अछाम र बाजुरामा विद्युत् अवरुद्ध
नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब-स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि अछाम र बाजुराको बिजुली अवरुद्ध भएको छ ।
बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या
मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।
प्रदेश गौरवका योजना सुस्त
सुदूरपश्चिम प्रदेशमा पाँच वर्षअगाडिबाट निर्माण कार्य शुभारम्भ गरिएका प्रदेश गौरवका योजनाको काम सन्तोषजनक देखिएको छैन । यस प्रदेशको नौ वटै जिल्लामा निर्माणाधीन गौरवका सडकको काम सन्तोषजनक नदेखिएको हो । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६/७७ देखि नौ वटै जिल्लामा एक/एक वटा प्रदेश गौरवको सडक निर्माण कार्य अगाडि बढाएको थियो तर निर्माणाधीन सडकको प्रगति न्यून रहेको छ ।
फलामे टेको लगाएर तुसारेको पानी रुडीमा
पुस्तौँदेखि खोलाको धमिलो पानी खाँदै आएका स्वामीकार्तिक खापर गाउँपालिका–१, रुडीका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका छन् । तुसारे मुहानको पानी रुडीको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका हुन् । “पुस्तौँदेखि खोलाको धमिलो पानी खान बाध्य थियौँ, अहिले गाउँमै निर्माण भएका धाराबाट सफा पानी खान पाएका छौँ,” रुडीका स्थानीय लालपुरा दमाईंले भन्नुभयो । “खोलाको पानी खाँदा बर्खाको समय रुघाखोकीसँगै जरो र झाडापखाला लाग्ने गरेको थियो । धाराको सफा पानी खान पाएपछि अहिले भने केही भएको छैन,” उहाँले थप्नुभयो ।
‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गर्दै ढकाल
राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले तीन वर्षअघि वि.सं.२०७८ देखि ड्रागन फल खेती सुरु गर्नुभएको थियो ।
सेवासुविधा विस्तार गर्दै टीकापुर अस्पताल
टीकापुर अस्पतालमा नाक, कान, घाँटीको उपचार सेवा सुरु भएको छ ।
जमिनमा धारा, आकाशमा पानीका पाइप
पुस्तौंदेखि खोलाको धमिलो पानी पीउँदै आएका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ रुडिका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका छन् ।
मार्तडी-कोल्टी सडक अवरुद्ध
सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ ।
राउटे बालबालिकालाई शैक्षिक सामग्री
लोपोन्मुख राउटे समुदायका बालबालिकालाई झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका–१२, आमपानीमा रहेको बिपी आधारभूत विद्यालयका ४६ बालबालिकालाई झोला वितरण गरिएको हो । शिशु कक्षाका बालबालिका र कक्षा १ देखि ८ मा अध्ययनरत विद्यार्थीलाई सामाजिक विकास कार्यालय डडेलधुराले झोला वितरण गरेको हो । शुक्रबार विद्यालयमै पुगेर जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले राउटे बालबालिकालाई झोला वितरण गर्नुभएको हो । ‘संरक्षणको आवश्यकता, शैक्षिक सामग्रीको व्यवस्था’ भन्ने नाराका साथ झोला र शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । एक लाख रुपियाँ विनियोजन गरेर राउटे समुदायका छात्रालाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।
विपतबाट चालिस जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा विपत्का घटनाबाट ४० जनाको ज्यान गएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार साउन १ देखि असार १६ गतेसम्म ४० जनाको ज्यान गएको हो । मृत्यु हुनेमा महिला र पुरुषको सङ्ख्या २०/२० रहेको छ । सो अवधिमा ५७५ वटा विपत्का घटना भएको केन्द्रको बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी २६६ वटा आगलागीका घटना भएका छन् । जसमा चार पुरुष र सात महिला गरी ११ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन् । ४४ आंशिक र ३० पूर्ण गरी ७४ घरमा क्षति भएको छ । आगलागीबाट १०५ चौपायासमेत मरेको जनाइएको छ । सर्पदंशका ५३ घटना घटेका छन् । सर्पको टोकाइबाट हालसम्म सात जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाइएको छ ।
गोदावरीको न्यायिक समितिद्वारा ५५ मुद्दा फर्छ्यौट
कैलालीको गोदावरी नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा ५५ वटा मुद्दा फर्छ्यौट गरेको छ । नयाँ परेको ४३ र जिम्मेवारी सरिआएको १८ गरी जम्मा ६१ मुद्दा रहेकोमा ५५ वटा फर्छ्यौट भएको समितिले जानकारी दिएको छ ।
वरिष्ठ पत्रकार भट्टको निधन
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको सोमबार निधन भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका –६ स्थित निवासमा भट्टको ८० वर्षको उमेरमा निधन भएको हो ।