सकिए तिहारपछिका मेलापात
तिहारपछि विभिन्न मठमन्दिरमा हुने पूजापाठसँगैको यस वर्षका लागि मेला सकिएका छन् ।
जलवायु अनुकूलन खेतीका लागि जैविक मल
रासायनिक मलको प्रयोगले परनिर्भरता बढेका बेला बैतडीका ग्रामीण भेगमा अहिले पनि पतेला (पतकर) बटुलेर जैविक मल तयार गर्ने चलन कायमै रहेको छ ।
हिउँदे आगन्तुक लक्ष्मण सारस कर्णालीमा
हिउँदे आगन्तुक लक्ष्मण सारस चरा कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा देखा परेका छन् ।
नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस
कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस पहिलो पटक देखा परेका छन्।
ज्येष्ठ नागरिकको उपचार निःशुल्क
परशुराम नगरपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने योजना ल्याएको छ ।
दूषित मह बेच्नेमाथि मुद्दा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका–१ गरी १६ जना छन् ।
एक सय आठ वर्षीय वृद्धालाई न्यानो सामग्री
दशरथ चन्द नगरपालिकाले १०८ वर्षीय महिलालाई घरमै पुगेर न्यानो सामग्री दिएर सम्मान गरेको छ ।
अपी हिमाल क्षेत्रमा भूकम्प
दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा मङ्गलबार राती ९ बजेर २५ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर स्केलको मापन भएको छ ।
शैक्षिक क्षेत्रको विकासका लागि सुधारका कार्य आवश्यक : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि सुधारका धेरै कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
बाजुरामा हिमपात, जनजीवन प्रभावित
हिमाली क्षेत्रका उच्च ठाउँमा बिहानदेखि हिमपात भएपछि चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित भएको हो ।
नतिजाका आधारमा विद्यालयलाई अनुदान
जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो ।
भूकम्पबाट छ सय चौरासी संरचनामा क्षति
भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ ।
सखाप हुँदै सुन्तला रोग पहिचान गर्न नमुना सङ्कलन
दार्चुलामा सुन्तला जातका फलफूलमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रोगको प्रकोपका कारण सुन्तलाका बोटहरू सुकेर सखाप हुन थालेका छन् ।
एउटै जग्गा तीन जनालाई बिक्री गरेर शाह फरार
एक एक गरी जोडेको धन अर्कैले खाएर भागेपछि घोडाघोडी नगरपालिका–१, घोडाघोडीगाउँकी राधिका कार्की विक्षिप्त अवस्थामा पुग्नुभएको छ ।
धनगढीमा शैक्षिक महोत्सवको तयारी
मंगलबारदेखि धनगढीमा हुने ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को तयारी पूरा भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा हुने शैक्षिक महोत्सवको तयारी पूरा भएको हो ।
ज्येष्ठ नागरिकलाई घरदैलोमै न्यानो सामग्री
सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागि दशरथचन्द नगरपालिकाले न्यानो सिरक र तातोपानी खान थर्मस बितरण गरेको छ । नगरपालिकाले न्यानो सामग्री वितरणसम्बन्धी मापदण्ड बनाएर ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सामग्री वितरण सुरु गरेको हो ।
सुदूरपश्चिमको प्राकृतिक स्रोतको उपयोग गर्नुपर्नेमा जोड
सुदूरपश्चिम प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको ५६ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको हुँदा यसको सदूपयोग गर्ने नीति बनाएर अगाडि बढ्न सङ्घीय सरकारसँग छलफल भइरहेको बताउनुभएको छ ।
राजनीतिक नियुक्ति सहमतिको आधारमा टुङ्ग्याउने
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्तिहरु सहमतिका आधारमा चाँडै टुङ्ग्याउने सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच बनेको सुदूरपश्चिम स्तरीय राजनीतिक संयन्त्रले निर्णय गरेको छ ।
खेतीपाती
कञ्चनपुर, पुस ८ गते । शुक्लाफाँटा नगरपालिका ३ बागबजारकना किसानले खेतमा लगाएकाे आलु, गहुँलगायतका खेती । तस्बिरः रासस
भारतीय चालकसहित डोजर नियन्त्रणमा
दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमतिबिना भारतीय जेसिबी नेपालतर्फ आएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
आधा किलो बढी सुनसहित दुई पक्राउ
अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने वर्ष ४४ का दिपक गुप्ता र सोही ठाउँका ३४ वर्षका सुमित बर्मालाई पक्राउ गरेको हो ।
महाकालीको धार परिवर्तन गर्दै गरेको भारतीय जेसिबी नियन्त्रणमा
नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
राज्यमन्त्री बमलाई अस्पतालबाट डिस्चार्ज गरिँदै
सवारी दुर्घटनामा घाइते हुनु भएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमलाई उपचार पश्चात आज डिस्चार्ज गरिदैंछ ।
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।