• १३ वैशाख २०८२, शनिबार

मुख्यमन्त्रीसँग आन्दोलनरत विद्यार्थी सङ्गठनसँगको छलफल

blog

विद्यार्थीसँग छलफल गर्नुहुँदै दूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह।

भावना जोशी 

अत्तरिया, फागुन २४ गते। आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रमुखसँग सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गर्नुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शनिबार भएको छलफलमा मुख्यमन्त्री शाहले संसदमा पेस नभएको विधेयकलाई लिएर आन्दोलनका कार्यक्रम नगर्न सुझाव दिनुुभयो ।

मुख्यमन्त्री शाहले भन्नुभयो, “करारका कर्मचारीलाई अलगै विज्ञापन लियर थाई गर्ने कुरा हुन सक्दैन, एक पटक उमेर हद कायम नगरेर लोकसेवा दिन लगाउने व्यवस्था गर्न सकिन्छ, स्थानीय तहमा करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने  कानुन प्रदेश सभामा पेस भएको छैन, कुनैपनि कर्मचारी लोक सेवा बिना स्थाई हुन सक्दैनन् ।’’ 

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएको व्यवस्थाको विरुद्धमा विद्यार्थी सङ्गठनहरू आन्दोलनमा उत्रिएपछि मुख्यमन्त्रीले छलफलमा बोलाउनुभएको हो ।

यो विषयमा प्रदेश  विधायन समितिका सभापति दिवान सिङ विष्टले स्थानीय तहमा करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने कुरो छलपलको विषयमा रहेको बताउनुभयो ।