चितुवाले ६ वटा बाख्रा मार्यो
बैतडीमा चितुवाले आक्रमण गरी किसानको ६ वटा बाख्रा मारेको छ । आइतबार राति बाघले जिल्लाको पाटन नगरपालिका –२ सिन्टोलका शंकरसिंह महराका ६ वटा बाख्रा मारेको रामसिंह महराले बताउनुभयो ।
अध्यक्ष प्रचण्ड टीकापुर आउनुहुँदै
पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान अन्तर्गत मधेश प्रदेशमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर आउँदै हुनुहुन्छ ।
राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण: उपप्रधानमन्त्री सिंह
नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ ।
काठेपुल जीर्ण हुँदा आवागमनमा समस्या
कैलालीको भजनी नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
अपाङ्गता भएकाहरू अधिकार नियाल्दै
बाजुराको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका मिलन बोहोरा थला परेको झन्डै १८ वर्ष भयो । उहाँ जन्मजात अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । पछिल्लो समय उहाँको अवस्था निर्जीव सरह भएको छ ।
१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोडाघोडी प्रथम
घोडाघोडी नगरपालिका १० कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदान र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा खेलहरुमा भएका थिए ।
शिक्षक सङ्गठन अछाममा नयाँ समिति चयन
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अछाममा नयाँ नेतृत्व चयन गरिएको छ ।
धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला
कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् ।
झरीले गोकुलेश्वरको व्यापारिक मेला प्रभावित
दुई दिन परेको हिउँदेझरीले गोकुलेश्वरमा जारी व्यापारिक मेला प्रभावति भएको छ । बिहीबारदेखिको वर्षाका कारण दार्चुला र बैतडीको सीमा बजार गोकुलेश्वरमा महाशिवरात्रिदेखि सुरु भएको मेला प्रभावित भएको हो ।
सेताम्य बन्यो पोरखेगढी
बाजुराको पोरखेगढी फेरि सेताम्य बनेको छ । गत बिहीवार राति अविरल वर्षातसँग परेको हिउँले पोरखेगढी फेरि सेताम्य बनेको हो ।
जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै
शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो ।
प्रेस चौतारी नेपालको १२ बुँदे सुदूरपश्चिम घोषणा पत्र जारी
प्रेस चौतारी नेपाल सुदूरपश्चिमको दोस्रो अधिवेशन १२ बुँदे घोषणा पत्र जारी गर्दै नयाँ कार्यसमिति चयन गरेर सम्पन्न भएको छ ।
लेनदेन विवाद : गोली प्रहार गरी युवकको हत्या
लेनदेन विवादमा बैतडीमा गोली प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । छिमेकी दाजु नाता पर्नेको गोली प्रहारबाट घाइते हुनुभएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको भएको हो ।
स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा पनि लागु गर्न माग
धनगढीको नवजीवन अस्पताल प्रालिले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा पनि लागु गर्न माग गरेको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालमा लागु गर्न माग गरिएको हो ।
द्वन्द्वको पीडा भुल्न सिर्जना कर्म
पञ्चेश्वरका धर्मराम वड (ओड)ले द्वन्द्वमा मारिएकी आफ्नी १९ वर्षीया दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरेर आफ्नै पुख्र्यौली पेशा सुरु गर्नुभएको छ ।
नयाँ शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताउनुभएको छ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताउनुभयो ।
तीन वटा पालिका ऐक्यबद्ध
रङ्गुन जलाधारस्तरीय जल सुशासन समितिको एकीकृत कार्यविधि, २०८१ जारीसहित कार्यान्वयन गर्न तीन वटा पालिका सहमत भएका छन् । डोटी र डडेलधुरा जिल्लाको भूभाग भएर बग्ने रङ्गुन नदी अन्तर्गत जलाधार क्षेत्रको संरक्षण, संवर्धन र दिगो व्यवस्थापन गर्न स्थानीय तह सहमत भएका हुन् । डडेलधुराको परशुराम नगरपालिका, आलिताल गाउँपालिका र डोटीको जोरायल गाउँपालिका सहमत भएर कार्यविधि ल्याएका छन् ।
असिनापानीले कृषिबालीमा नोक्सान
कैलालीमा शनिबार बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ । वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो ।
‘सामाजिक सञ्जाल विधेयकका कमजोरीमा बहस गरौं’
सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयकका कमजोरीमा छलफल गर्नुपर्ने र सञ्चार क्षेत्रले देशको समृद्धिका लागि कलम चलाउनु पर्ने औंल्याइएको छ । प्रेस चौतारी नेपालको दोस्रो सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
पाहुनाको पर्खाइमा रानीसैन
बाजुराको एक पर्यटकीय स्थल रानीसैन लामो समयदेखि पाहुनाको पर्खाइमा रहँदै आएको छ । प्राकृतिक रूपमा निकै आकर्षक रानीसैन बाजुराकै एक प्रमुख पयटकीय स्थलका रूपमा रहेको छ ।
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित आवास
बेलौरी नगरपालिकाका अति विपन्न पन्ध्र परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको हो ।
बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी
बैतडीलगायत सुदूरपरिचमका पहाडी जिल्लामा बिहीवार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरुमा खुशी छाएको छ ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन सुरु
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले उद्घाटन गर्नुभएको छ ।
क्रिकिट्या गाउँको बाध्यता : चार कक्षाभन्दा माथि अध्ययन गर्न मुस्किल
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिक स्वास्थ्य सेवाबाट मात्रै नभएर शिक्षाबाट समेत बन्चित हुनुपरेको छ । १८ परिवार बसोबास गर्ने यहाँका नागरिकका बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।