अविनाश चौधरी
धनगढी, फागुन १९ गते । कैलालीको ६ लेन सडकमा सवारी दुर्घटनामा परी प्रहरी नायब निरीक्षक (सई) ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–२ स्थित ६ लेन सडकमा बोहरा सवार सुपप्र ०१–००९ प. ३४२९ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
बझाङ घर भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा खट्दै आउनुभएको थियो ।