विद्यालयको शैक्षिक गुणस्तर परीक्षण
एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको छ ।
दिवा खाजाले विद्यार्थी सङ्ख्या वृद्धि
दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको सरोकारवालाले जनाएका छन् ।
दुई पटक म्याद थप्दा पनि बनेन पुल
डेढ वर्षमा बन्नुपर्ने सुर्मीनाला पुल साढे चार वर्ष पुग्न लाग्दा पनि बन्न सकेको छैन ।
७० वर्षीय मुखिया हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै
कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार९सान० लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।
हिउँको आँगन, पिठिउँमा शिशु
बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु कमाउँछ ।
नगर प्रमुख हमाललाई आइसियुबाट वार्डमा सारिने
स्वास्थ्य समस्या आइ भारतको नयाँ दिल्ली साकेतस्थित म्याक्स अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई सघन उपचार कक्ष (आइसियु) बाट निकालेर प्राइभेट वार्डमा सारिने जनाइएको छ।
कैलारीमा बिहीबार शोक बिदा
कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) पालिकाभरि शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्रमुख पदमा कार्यरत कर्मचारी कमलेश चौधरीको सवारी दुर्घटनामा निधन भएपछि सो पालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
प्रथम चौमासिकमा पुँजीगत बजेट खर्च प्रगति न्यून
चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक सकिँदासम्म सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट (विकासको काममा खर्च हुने बजेट) खर्च प्रगति न्यून देखिएको छ।
दुर्घटनामा स्वास्थ्यकर्मी चौधरी र कलाकार महराको निधन
कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।
बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प
बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
भैँसी प्रवर्धनमा करोडौँ खर्च, गोठ रित्तै
सडकको भित्तामा ट्रक तेर्स्याएर तीन जना मानिस भैँसीलाई बलजफती तान्दै थिए ।
च्याउ बेचेर वार्षिक पच्चिस लाख आम्दानी
अमरगढी नगरपालिका–२, मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार रुपियाँ लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको थियो ।
डायलासिस सेवा सुरु
सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो ।
हिउँमाथि पढ्दै विद्यार्थी
बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु काम्ने गर्छ । त्यसैमा आइतबार राति हिमाली क्षेत्रमा पर्ने अधिकांश ठाउँमा बाक्लो हिमपात परेपछि अहिले यहाँ निकै चिसो बढेको छ ।
मार्मामा बिजुली पुग्याे, स्थानीय खुशी
गाउँमा यति छिटै बिजुली आउँला र उज्यालोमा बसौला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग पर्नुभएको छ।
सात वर्षसम्म पुल निर्माण अधुरै
कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन ।
बिजुली बलेपछि झरोबाट छुटकारा
गाउँमा यति छिटै बिजुली आउला र उज्यालोमा बसौँला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग पर्नुभएको छ ।
लागुऔषध प्रयोगकर्ताको बिगबिगी
कैलालीमा लागुऔषध प्रयोगकर्ताको बिगबिगी बढेको छ । नेपाल–भारत खुला सिमानाका कारण लागुऔषध प्रयोगकर्ताको बिगबिगी बढेको हो ।
रैथाने कुर्मा चरा
बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ ।
घुँघीफोर गरुडको बथान
बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल नजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा यो गरुड प्रजातीको बथान पाइन्छ । यो गरुड यहाँको रैनाथे प्रजाती हो ।
पुरैनी तालनजिक घुँघीफोर गरुडको बथान
बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालनजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा गरुड प्रजातीको बथान पाइन्छ । गरुड यहाँको रैनाथे प्रजाती हो ।
पाटेबाघको बच्चा मृत फेला
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।
नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको हमालका भाइ श्याम हमालले जानकारी दिनुभयो ।