२९ वर्षअघि थियो तापक्रम ४६.४ डिग्री सेल्सियस
धनगढी चोकमा भेटिने जोकोहीले यस पटकजस्तो गर्मी कहिल्यै भएन भनेर टीकाटिप्पणी गरेको सुनिन्छ । तापक्रम तीव्र गतिमा बढ्दा त्यस्तो कुरा गरेको सुनिएको हो ।
धनगढीमा हेण्डपम्पमा पानी आउन छोड्यो
धनगढी उपमहानगर–१२ ए गाउँडाँडाका धनबहादुर लामाको नल्का (हेण्डपम्प) पानी नआएको २५ दिन भयो। आफ्नो नल्कामा पानी नआएपछि उहाँ गाउँको बोरिङको भर पर्नु भएको छ।
घोडाघोडीमा मगर गोही प्रजनन केन्द्र
विश्व रामसार साइडमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन् केन्द्र व्यवस्थापन गरिएको छ ।
खानेपानीको सतह सुक्दा धनगढीका २३ हजार २४९ परिवार प्रभावित
कैलालीको धनगढीमा खानेपानीको सतह दुई मिटरसम्म घटेपछि खाने पानीको समस्याले विकराल रूप लिएको छ । लामो समयको खडेरीका कारण जमिनमुनि पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रभावित भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५ औँ स्थापना दिवस
सुदूरपश्चिम विश्वविद्यालयले एक कार्यक्रम गर्दै आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ ।
ट्रक चालक हत्यामा शिक्षिकासहित विद्यार्थी पक्राउ
ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटो रिक्सा चालकको खोजी भइरहेको छ ।
बाढिपहिरोपीडितलाई बर्खा नलाग्दै चिन्ता
बाजुराका बाढीपहिरोपीडितलाई बर्खा लागेसँगै घरबासको चिन्ता हुन थालेको छ । दुई वर्षअघि जेठमा आएको बाढीपहिरोबाट पीडित व्यक्ति अझै घरबासको चिन्ता गरिरहेका छन् । यस जिल्लाका अधिकांश गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा परेको कुरा विभिन्न अध्ययनले देखाएको छ । जोखिममा परेका ती बस्ती अहिले कतै स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई बर्खाको समयमा घरबासकै चिन्ता हुन थालेको हो । हिउँदमा बाढीपहिरोको खासै डर नहुने हुँदा जोखिमयुक्त ठाउँमा बसोबास गर्दै आए पनि बर्खामा पहिरोले घर नै बगाउँछ कि भन्ने मनमा चिन्ता लाग्न थालेको स्वामीकार्तिक गाउँपालिका–२, मुक्तिकोटका स्थानीय नरे लुहारले बताउनुभयो ।
पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध
सडक माथिबाट पहिरो आएपछि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राती साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरोले सडक अवरुद्ध भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
हत्या आरोपमा तीन पक्राउ
पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ ।
अब छिट्टै सरकारमा सहभागी हुन्छौं : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा केन्द्रीय गठवन्धनअनुसार सरकार चलिरहेको र संङ्घीय सरकारमा पनि पार्टी छिट्टै सहभागी हुने बताउनु भएको छ ।
पर्यटकीय स्थलमा फोटो खिचेर आम्दानी
कैलालीको विभिन्न पर्यटकीय स्थलमा फोटोग्राफी गरिरहेका फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् । घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनीहरुले आम्दानी गरिरहेका हुन् ।
सुक्यो खानेपानी मुहान
खानेपानीको मुहानमाथि डोजरले सडक खन्दा २८ लाख रुपियाँको लागतमा निर्माण भएको सतबाँझ लिफ्ट खानेपानीको मुहान सुकेको छ । सडक डिभिजन कार्यालयले सतबाँझ–बैतडी जोड्ने दशरथ चन्द लोकमार्गको चौडाइ बढाउने क्रममा डोजर चलाएर जमिन थर्किंदा दुई सय मिटर तल चौपातामा रहेको पानी सुकेपछि खानेपानीको हाहाकार भएको छ । उपभोक्ताले सडकमुनि खानेपानीको मुहान रहेकाले डोजर प्रयोग नगर्न आग्रह गरे पनि उपभोक्ताको कुराको बेवास्ता गर्दा अचेल पानीको मुहान सुकेको उपभोक्ता देवबहादुर चन्दले बताउनुभयो ।
कान्द्रामा डुबेर बालकको मृत्यु
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।
विष खुवाउने प्रेमिका पक्राउ
सँगै मर्ने, सँगै बाँच्ने बाचा कसम खाएर प्रेम बन्धनमा बाँधिएर विधिवत् विवाहको तयारीमा रहेका एक प्रेमीकाले आफ्नै प्रेमीसहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् ।
गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो
कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।
बेरुजु दुई अर्ब ६८ करोड नाघ्यो
सुदूरपश्चिम प्रदेशको बेरुजु अढाई अर्बभन्दा बढी पुगेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८१ अनुसार यो प्रदेशको जम्मा बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको हो । महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को ३९ अर्ब ४३ करोड ९८ लाख ९९ हजार रुपियाँ लेखापरीक्षण गरेको थियो । सो परीक्षणबाट ३७ करोड ६३ लाख ९१ हजार रुपियाँ (लेखापरीक्षण अङ्कको ०.९५ प्रतिशत) नयाँ बेरुजु देखिएको छ ।
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेश गर्नुभएको छ ।
जलचरसम्बन्धी सुरक्षाकर्मीलाई अभिमुखीकरण
वातावरणीय अध्ययन बिना नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खननले प्राकृतिक प्रकोप निम्त्याउने मात्र नभई यसले वन्यजन्तुमा समेत नकारात्मक असर पर्ने जनाइएको छ ।
सुदूरपश्चिममा ३३ अर्बको बजेट सार्वजनिक हुँदै
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।
घर–घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–२ को नातीखोला टोलमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।
चितुवाले आक्रमण गर्दा एक महिला घाइते
चितुवा र मानवबिचको द्वन्द्व न्यूनीकरण गर्न सहअस्तित्व अभियान सञ्चालन भइरहेको गाउँमा चितुवाले पुनः आक्रमण गर्दा एक महिला घाइते हुनुभएको छ ।
क्रान्तियोद्धा ‘रिचपल्या’
नेपालमा पहिलो पटक २०१५ सालमा भएको आमनिर्वाचनबाट निर्वाचित पहिलो महिला सांसद र मन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानी प्रजातन्त्रका लागि लड्ने एक्ली वीराङ्गना हुनुहुन्थेन, उहाँलाई साथ दिन सरकारी जागिर त्यागेर सङ्घर्ष गर्ने बैतडीका बलदेव भट्ट ‘रिचपल्या’ पनि हुनुहुन्थ्यो । ‘रिचपल्या’ लाई तत्कालीन सरकारले अराष्ट्रिय तत्व भनेर २०१७ सालमा गोली हानेर हत्या गरी बैतडीको कठपतेमा खाल्डोमा पुरेको थियो । यद्यपि बलदेव भट्ट ‘रिचपल्या
झोलुङ्गे पुल दुर्घटना : तत्काल मर्मत असम्भव विकल्प खोजिँदै
कर्णाली नदीमाथिको झोलुङ्गे पुलको मर्मत तत्काल सम्भव नभएको भन्दै सरकारी पक्ष सो पुलको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय अछाम र पञ्चदेवल विनायक नगरपालिकाले विकल्पका रूपमा नजिकै बन्न लागेको अर्को पुलको कामलाई तीव्र पार्न निर्माण पक्षसंग समन्वय गरिरहेका छन् ।
पानी छैन डडेलधुरा सदरमुकाममा
गर्मी बढ्दै छ, डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या पनि बढ्दै गएको छ । विगत तीन महिना खानेपानीको चरम अभाव हुन थालेको छ । अमरगढी नगरपालिका–५, खलङ्गा, बागबजार, तुफानडाँडा, कीर्र्तिपुर क्षेत्रमा दैनिक जसो खानेपानीको अभाव चुलिन थालेको छ । यी क्षेत्रमा खलङ्गा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले हाल तीन दिनमा एक पटक मात्र पानी वितरण गर्ने गरेको छ । सो समिति नयाँ पानीको मूल थप्न जुटेको छ तर देखिने गरी काम हुन सकेको छैन ।