भवानी ऐर
गोदावरी (कैलाली), फागुन १३ गते । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित हुनुभएको छ । डडेल्धुराको आलितालमा सम्पन्न प्रदेशको तेस्रो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित हुनुभएको हो ।
जोशीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरिएको निवर्तमान अध्यक्ष भुवन बोहराले जानकारी दिनुभयो । उहाँकाअनुसार खुल्ला उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामी, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा र महासचिवमा तेजराज भट्ट निर्वाचित हुनुभएका्े छ ।
यस्तै, सचिवमा सुवाश कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना, पदम सुनार र कोषाध्यक्षमा दिपकराज अवस्थी पनि सर्वसहमत निर्वाचित हुनुभएको हो ।
यसैगरी, अधिवेशनको बन्दसत्रबाट कार्यसमिति सदस्यमा पुस्करराज भट्ट, महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी र होम योगी रहनुभएको छ । अधिवेशन उद्घाटन समारोहमा ‘युद्ध पत्रकारिता’ गर्नुभएका सुदूरपश्चिमका ३० जनालाई सम्मानित गरिएको थियो ।
यसअघिका सोमबारबाट अध्यक्ष भुवन बोहराको अध्यक्षतामा सुरु भएको प्रेस सेन्टरको अधिवेशनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरु रामसिंह ठगुन्ना र लक्ष्मण खडका, महासचिव सन्तोष पौडेललगायतले सम्बोधन गर्नुभएको थियो ।