७४ लाख राजस्व सङ्कलन
सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।
भन्सार छली ल्याइएका आठ लाख बढी मूल्यका सामान बरामद
प्रहरीले विभिन्न ठाउँबाट एकै दिन ८ लाख मूल्य बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–१८, भजनी नगरपालिका–६ माहादेउली, भजनी–९ आमरी बाटभन्सार छलीको सामान पक्राउ गरेको जिप्रका कैलालीले जनाएको हो ।
कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु, दुई घाइते
कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएको थियो ।
पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ ।
सडक निर्माणको काममा ढिलाइ
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ ।
पानी परेपछि कैलालीवासीलाई राहत
कैलालीमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज विहानबाट वर्षा भएपछि मौसम चिसो भइ गर्मीबाट राहत मिलेको हो ।
चट्याङ लागेर कैलालीमा एकको मृत्यु, ४ जना घाइते
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइत भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डगौराको आज बिहान खेतमा काम गर्दै रहँदा चट्याङ लागेर ज्यान गएको हो ।
तराईमा बोरिङको भरमा रोपाइँ
कैलालीका किसानले बोरिङको भरमा रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङ गरी तानेको पानीको भरमा रोपाइँ गर्न थालेको स्थानीय किसानले बताएका छन् । मध्य असार हुनै लाग्दा पनि खेतीपातीका लागि पर्याप्त पानी परेको छैन । विगतमा यो बेलासम्म हरियो देखिने खेत यस वर्ष सुक्खाले धुलाम्मे छन् । खेतीपातीको बेला भइसकेकाले पानी नपरेपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका–८ का कृषक फिरङ्गी रानाले बताउनुभयो । “यत्तिका दिनसम्म आकासे पानीको पर्खाइमा बसेका थियौँ,” राना भन्नुहुन्छ, “तर अहिलेसम्म पानी परेन । बोरिङले सिंचाइ गरेर रोपाइँ थालेका छौंँ ।”
समैजी मुद्राडमा तरकारी खेती
डडेलधुराको अजयमेरु गाउँपालिका–१, समैजी मुद्राड गाउँका स्थानीय महिला तरकारी खेती सिक्दै कमाउँदै आइरहेका छन् । कृषि ज्ञान केन्द्रले किसानका बारीमै प्रशिक्षक पठाइ सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आइपिएम (इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट, एकीकृत शत्रुजीव व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका करिब ३० भन्दा बढी महिलाले तरकारी खेती गरिरहेका छन् । सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै महिलाले भेडेखुर्सानी उत्पादन गरेका छन् ।
दस पालिकाको बजेट साढे पाँच अर्ब
बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार, मेलौली नगरपालिकाले ४९ करोड पाँच लाख ९५ हजार बजेट ल्याएका छन् ।
बाजुराको नुन कैलाली र कञ्चनपुरमा
सरकारले बाजुरा जिल्लावासीका लागि अनुदानमा उपलब्ध गराउने आयोडिनयुक्त नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको छ । बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन तस्करी हुने गरेको बताइन्छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गर्नुभयो । “विगतमा तराईका जिल्लामा बाजुराको नुन जाने गरेको साँचो हो तर अहिले जिल्लाबाहिर नदिनका लागि अनुगमन गर्ने गरेका छौँ,” उहाँले भन्नुभयो । साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट घरका लागि भनेर लाने, त्यसपछि तराईका जिल्लामा पठाउने गरेको थाहा पाएपछि अहिले कडाइ गरेको जानकारी पनि उहाँले दिनुभयो । साल्ट ट्रेडिङका प्रदेश कार्यालय, धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले भने नुन तस्करीको कुरा आफूले नसुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुराबाट धनगढी फर्किंदा कुनै सर्वसाधारण वा कर्मचारीले त्यसरी नुन ल्याएको हुन सक्छ तर तस्करी नै हुन्छ भन्ने कुरा होइन । नेपाल–भारत सरकारको सहयोगमा साल्ट ट्रेडिङमार्फत ढुवानी अनुदानमा बाजुरामा आयोडिनयुक्त भानु नुन प्रतिकिलो नौ रुपियाँमा बिक्री
अत्तरियाबाट एक पुरुष सम्पर्कविहीन
गोदावरी नगरपालिका–३ का ५० वर्षीय देव साउँद आइतबारदेखि अत्तरियाबाट सम्पर्कविहीन हुनु भएको छ ।
कटान नियन्त्रण गर्न उखु, बाँस र बगरखेती प्राथमिकतामा
कैलालीको कैलारी गाउँपालिकाले जैविक तटबन्धको रुपमा उखु तथा बाँस खेती विस्तार र बगर खेतीलाई प्राथमिकता दिने भएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछामको तुर्माखाँद गाउँपालिकामा मङ्गलबार दिउँसो एक बालकको ज्यान गएको छ ।
सम्भावना बोकेका क्षेत्रमा लगानी गर्न जरुरी : मन्त्री चौधरी
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले सम्भावना बोकेका क्षेत्रहरूमा स्थानीय सरकारले लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो ।
सामुदायिक वनबाट भरुवा बन्दुक बरामद
कैलालीको एक सामुदायिक वनबाट भरुवा बन्दुक र त्यसको गोलीगट्ठा बरामद भएको छ ।
अनैतिक क्रियाकलाप गर्ने चार जना पक्राउ
कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एक पुरुषसहित चार जनालाई पक्राउ गरेको छ ।
भौतिक पूर्वाधारको अवस्था कमजोर
सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ । राष्ट्रिय प्रगतिसँग तुलना गर्दा यो प्रदेशको भौतिक पूर्वाधार अवस्था कमजोर देखिएको हो । महालेखा परीक्षकको कार्यालयले दिगो विकास लक्ष्य र दीर्घकालीन सोचसमेत प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सुझाव दिएको छ ।
जोशीपुरको बजेट ५५ करोड तीन लाख
कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ५५ करोड तीन लाख ११ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
निःशुल्क स्वास्थ्य क्लिनिकबाट ७८ हजार बढीले लिए सेवा
कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट ७८ हजार ११७ सेवाग्राहीले सेवा पाएका छन् । हरेक महिना उपमहानगरले महिनाको एक दिन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
घोडाघोडीको बजेट ९७ करोड ४४ लाख ८७ हजार
कैलालीको घोडाघोडी नगरपालिकाको १९औँ नगर सभा तथा बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/०८२को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।
बाढीपीडितलाई हटाएको भन्दै नगरप्रमुखद्वारा आपत्ति
भजनीका नगरप्रमुख केवल चौधरीले वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी सो नगरका वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाउन भएको छ ।
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख रुपियाँ
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ ।