• १३ वैशाख २०८२, शनिबार

छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै ४६ वर्षका बोहरा

blog

वासुलिङ समाचारदाता

वासुलिङ (बैतडी), फागुन २५ गते । बैतडीको पुर्चौडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै हुनुहुन्छ । उहाँ उमेरले ४६ वर्ष पुग्नुभयो । बोहरा छोरी डम्मरासँगै कक्षा ८ को परीक्षामा सहभागी भइरहनुभएको छ । पुर्चौडी नगरपालिका–८ मा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी कक्षा ८ को परीक्षा दिइरहनुभएको डिलाशैनी माविका प्रधानाध्यापक वीरेन्द्र रतोकीले बताउनुभयो ।

 मल्लादेही विद्यालयको कक्षा ८ को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको  प्रधानाध्यापक रतोकीले बताउनुभयो ।

सानो उमेरमा कक्षा ५ सम्म अध्ययन गरेका बोहराले कक्षा ६ देखि डिलाशैनी माविमा छोरीसँगै पुनः अध्ययन सुरु गर्नुभएको हो । बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रूपमा पनि कार्यरत हुनुहुन्छ ।  बोहराको पढाइप्रतिको लगावले नयाँ पुस्तालाई प्रेरणा दिएको डिलाशैनी माविका प्रधानाध्यापक रतोकी बताउनुहुन्छ ।