सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेश सभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
बेवारिसे शव फेला
बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।
टीकापुरमा असल करदातालाई सम्मान
कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो ।
भूमिगत सिँचाइ बिग्रँदा रोपाइँ गर्न समस्या
सुदूरपश्चिम प्रदेशमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै रहेका छन् । असार १५ गतेसम्म ८० प्रतिशत रोपाइँ हुने डडेलधुरामा यस वर्ष भने करिब ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख खेमराज पनेरूले खाद्य उत्पादनको भण्डार मानिने भित्रि मधेश जोगबुडाको कटाल गाउँमा निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त वर्षा भएकै छैन । पाँच वर्षअघि निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न पाएका छैनन् ।” भूमिगत सिँचाइको पानी तान्न जमिनभित्र गाडिएको पाइपमा लगाइएको मोटर बिग्रँदा योजना अलपत्र परेको स्थानीयको गुनासो छ ।
वन अतिक्रमण हटाइयो
सामुदायिक वनको २५ रोपनी जग्गा अतिक्रमण गरी भोगचनल गर्दै आएको भेटिएपछि घर भत्काएर अतिक्रमण हटाइएकोे छ । मेलौली नगरपालिका–२, श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइएको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित वन र सुरक्षाकर्मीको टोलीले वन अतिक्रमण हटाएको हो । स्थानीय राम वडले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर घर बनाई २५ रोपनी जग्गा भोगचलन गर्दै आएका थिए ।
२४ जना असल करदातालाई सम्मान
कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो ।
इलाका प्रशासन कार्यालयको सेवा प्रभावित
इलाका प्रशासन कार्यालय टीकापुरको सेवा आइतबार दिनभर प्रभावित भएको छ । कार्यालयतिर आपूर्ति हुने ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत आपूर्ति बन्द भएको छ ।
सत्ती भन्सारद्वारा नौ करोड राजस्व सङ्कलन
कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
महाकाली नदीमा बगेर एक मजदुर बेपत्ता
महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् ।
कैलारीमा ११ कक्षाका लागि विद्यार्थी अभाव हुन सक्ने
कक्षा १२ सम्म पठनपाठन हुने पाँच वटा विद्यालय रहेको कैलारी गाउँपालिकामा ८.५८ प्रतिशत विद्यार्थीमात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका छन् ।
कुतियाकबरमा ‘सेफ हाउस’ निर्माण
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ । महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनि बाढीको समस्या झेल्दै आएका छन् ।
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन
जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उदघाटन गर्नुभएको हो ।
प्रहरी इन्चार्ज नियन्त्रणमा
कैलालीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नियन्त्रणमा पर्नुभएको छ । टीकापुर नगरपालिका वडा ९ खैरिपुरस्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरेपछि प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोक खड्कालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो ।
पहिरो रोक्न मुहान व्यवस्थापन
सडक डिभिजन कार्यालय अछामले सडकको पहिरो रोक्न पानीका मुहान व्यवस्थापन गर्न थालेको छ । पानीका कारण साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बाजुराको बुढी गङ्गा नगरपालिका –१ बल्दे अम्कोट सडकमा बर्खाको समय सधैँ पहिरो जाने गरेकोले त्यसलाई रोक्न डिभिजनले मुहान व्यवस्थापन गर्न थालेको हो ।
सुदूरपश्चिमका पाँच मन्त्रीले पाए जिम्मेवारी
सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरूलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
प्रविधिमैत्री बन्दै पहाडका किसान
शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गर्नुभएको छ । शिखर नगरपालिकाको कृषि शाखाले उहाँको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो । त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।
जङ्गलमा खोजिदै फुट्की
जङ्गलमा पाइने एक प्रकारको च्याउ प्रजाति फुट्की खोज्ने सिजन सुरु भएको छ । मनसुनको सुरुवाती वर्षात्पछि तराईका जङ्गलमा फुट्की उम्रिने गर्दछ । यो एक प्रकारको च्याउ प्रजाति हो ।
भन्सार छलीको सामानसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन्।
पहिरोमा पुरिएर सत्तरी बाख्रा मरे
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो ।
दुई किलो गाँजा सहित चार जना पक्राउ
दुई किलो गाँजा सहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट खटिएको प्रहरी टोलीले भारतको सङ्ग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार पक्राउ गरेको हो ।
अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा
बालबालिकाहरूले खोप लाएको सुनिश्चितता पश्चात् अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।