ज्यालामा विभेद भोगेपछि ठेकेदार बन्नुभएकी पार्वती
कञ्चनपुर, फागुन ६ गते । पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थाल्नुभएको छ । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिक्नुभयो । “दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भन्नुभयो, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।” उहाँले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताउनुभयो । “सुरुमा मजदुरी गर्थे दिनको रु पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफँै घर निर्माणको ठेक्का लिन थालेकी छु”, डगौराले भन्नुभयो, “अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक रु एक हजार आम्दानी हुन्छ ।” राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उहाँको भनाइ छ । “मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ”, उहाँले भन्नुभयो, “मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन ।”पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसक्नुभएको छ । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उहाँको भनाइ छ । “अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ”, उहाँले भन्नुभयो, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो ।” दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ । “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ”, उहाँले भन्नुभयो, “यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ”, अहिले उहाँले अरु महिलालाई रोजगारी दिएको बताउनुभयो । निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताउनुभयो । “परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन्”, उहाँले भन्नुभयो, “यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ ।” वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताउनुभयो । “न्यून आयस्तर भएका महिला र इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा हामीले आत्मनिर्भर बन्न सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन् ।” उहाँले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताउनुभयो । रासस
अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा
बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आउनुभएको छ । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उहाँले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाइ गर्न थाल्नुभएको हो ।
एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने एक पक्राउ
कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
बगरमा प्याज खेती गर्दै किसान
कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् ।
विशेषज्ञ चिकित्सक न्यून : करारका कर्मचारीको घुइँचो
सङ्घीय सरकारमातहतको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको डडेलधुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक छैनन् । तर अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ ।
बत्ती बाल्ने आशामा धिम बोल्डिङवासी
बाजुराको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका–६ धिमबोल्डिङवासी पछिल्लो समय बत्ती बाल्न पाउने आसमा रहेका छन् ।
विद्यालय जान छैन सुलभ बाटो
बैतडीको पाटन नगरपालिकामा हिँड्ने बाटो नहुँदा विद्यालय जाँदै गरेकी एक छात्रा भिरबाट लडेर गम्भीर घाइते भएकी छन् ।
फेरियो त्रिपुरासुन्दरीको हिङ्लो
यो प्रचलित किंवदन्तीले सभ्य गाउँठाउँमा हिङ्लो हुने कुरा दर्साउँछ ।
भिरबाट लडेर महिलाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
संसदीय समितिका सभापतिद्वारा शपथ ग्रहण
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
दुई दिनपछि उठाइयो माना टेलरको शव
गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गर्नुभएको छ ।
चार सभापति निर्विरोध निर्वाचित
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल निर्वाचित हुनु भएको छ ।
सिगासमा पुग्यो बिजुली
बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका–३ का ६३ घरमा एकै पटक विद्युत् सेवा पुगेको छ ।
‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण
स्थानीय तह र प्रदेश सरकारले ठुलो बजेट खर्च गरेर सिमेन्टका मन्दिर बनाउँदा पुरातात्त्विक सम्पदाका रूपमा रहेका माणौ (माडौँ) को अस्तित्व सङ्कटमा परेको छ ।
तरकारीखेतीबाट सात लाख आम्दानी
शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।
संसदीय समितिका सभापतिको निर्वाचन आज
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका सभापतिको आइतबार निर्वाचन हुँदै छ ।
वारिपारि बिहेबारी कायमै
कुनै बेला नेपाल–भारतका थारूबिच लगनगाँठो निकै कसिन्थ्यो । सीमा आसपास बस्ने उनीहरूले विवाह सम्बन्ध बलियो बनाएका थिए ।
श्रीमहल उत्खननमा जनशक्ति अभाव
पुरातत्व विभागले सुरु गरेको श्रीमहलको भग्नावशेष उत्खननको काम दक्ष जनशक्तिको अभावमा सुस्त गतिमा छ ।
मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश
मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ ।
क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान
हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद साधना सम्मानबाट सम्मानित हुनु भएको छ।
चार सभापतिको उम्मेदवारी दर्ता
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका चार वटा संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको हो ।
निर्माणाधीन शीत भण्डार
कैलाली, फागुन ३ गते । कैलालीको जोशीपुर गाउँपालिकामा निर्माणाधीन शीत भण्डार । कृषि क्षेत्रमा उर्वर मानिने जोशीपुरमा शीत भण्डार निर्माण भएपछि किसानहरूलाई उत्पादित वस्तुको भण्डारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तस्बिरः रासस