टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ ।
जाडोको औषधी सिरकको माग बढ्यो
चिसो बढेसँगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ स्थित कलुवापुर बजारमा सिरक बनाउँदै महिला श्रमिकहरु । अहिले जाडोको औषधी सिरकको माग बढेको छ ।
दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ ।
सुरक्षित आवास परियोजना : बर्दगोरियामा मुक्त कमैयाका घर निर्माण
सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा १२ वटा घर निर्माण गरिएका छन् ।
लागूऔषधसहित चार पक्राउ
लागूऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
भन्सार छलीका लाखौँको सामान बरामद
भन्सार छलेर भारतबाट भित्र्याइएको लाखौँको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
मलको अभाव हुँदा खेती गर्न समस्या
कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ ।
गोलभेंडा खेतीमा कीटनाशक औषधि छर्किंदै किसान
कैलाली, मङ्सिर १३ गते । धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेंडा खेतीमा कीटनाश औषधि छर्किंदै किसान । तस्बिरः रासस
अझै रोकिएन जङ्गली हात्तीको आतङ्क
कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन । सो पालिकावासीलाई हात्तीको झुन्डले विगत दुई महिनादेखि आतङ्कित पारेको हो ।
डोजर चलेपछि हटाइँदै टहरा
डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन स्थानीयले आनाकानी गरेपछि डोजर चलाइएको छ ।
आम्दानीको स्रोत तरकारीखेती
कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
घोरीघोरा कि घोडाघोडी ताल ?
‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो ।
पहिलो तलबले आमाको चप्पल किन्ने धोको
भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर माध्यमिक तहको अङ्ग्रेजी विषयको स्थायी शिक्षकमा नियुक्त हुनुभएका पदम विश्वकर्माले पहिलो तलब आउनेबित्तिकै आमालाई चप्पल र गुन्यु किन्ने बताउनुभएको छ ।
किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ ।
दार्चुला-टिंकर सडकको ट्रयाक खोल्ने निर्णय
महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला-टिंकर सडकको रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ ।
गोलभेँडा खेतीमा कीटनाशक औषधी छर्किँदै किसान
धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेडा खेतीमा कीटनाश औषधि छर्किदै किसान ।
मकैका कुनियाँ खोज्न व्यापारी गाउँमा
बाजुराका अधिकांश ठाउँमा मकैका कुनियाँ (मकैको खात) खोज्न व्यापारीहरु गाउँमा पुग्न थालेका छन् ।
नगरपालिकामा न्यून आय, कर्मचारी धेरै
टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा अस्वाभाविक रूपमा कर्मचारी प्रस्ताव गरिएको छ ।
उपनिर्वाचन : बाजुरामा सुरक्षा व्यवस्था कडा
सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यहि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
खैरो हेरोइनसहित दुई पक्राउ
कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
व्यवस्थापन सङ्कायमा टपर भट्ट सम्मानित
व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको छ । कैलाली बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले उहाँलाई एक समारोहबिच सम्मान गरेको हो ।
कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन् ।
रामआश्रयकाे तरकारीखेती
कैलाली, मङ्सिर १२ गते । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीका किसान रामआश्रय रानाले गर्नुभएको व्यावसायिक तरकारी खेती । उहाँले तरकारीखेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः रासस
घाँसेफिस्टो चरा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानको खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अङ्ग्रेजीमा प्रिनिया भनिन्छ ।