वैधनाथ मन्दिर
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित वैधनाथ मन्दिर यो क्षेत्रमा चर्चित छ ।
दुई पत्रकार प्रहरी नियन्त्रणमा
कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।
लम्की साङ्गीतिक महोत्सवको आयव्यय सार्वजनिक
लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।
सूचनाको हक कार्यान्वयनमा मुख्यमन्त्रीको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम सरकारद्वारा एक वर्षको प्रगति विवरण सार्वजनिक
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
घोषणामै सीमित चरा आरण्य क्षेत्र
कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र घोषणामै सीमित रहेको छ । घोडाघोडी सिमसारको करिब छ हजार हेक्टर क्षेत्र समेटेर सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि घोडाघोडी चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । नेपालको पहिलो चरा आरक्षका रूपमा सरकारले घोडाघोडीलाई चरा अभय आरण्य क्षेत्र बनाए पनि व्यवस्थापनको सवालमा केही पनि गर्न नसकेको जनाइएको छ ।
मध्यपहाडको विकास लाइफलाइन बन्छ : सहमहान्त्री पाण्डे
नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्ने बताउनुभएको छ । अछामको साँफेबगरमा आयोजित साँफेबगर महोत्सवको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार छ’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ।
खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
छाडा चौपायाका कारण कृषक हैरान
छाडा चौपायाबाट कैलालीका किसान हैरान बनेका छन् । स्थानीय तहहरुले छाडा गाइगोरुको व्यवस्थापन गर्न नसक्दा किसान हैरान बनेका हुन ।
स्पष्ट नीति नभएसम्म लगानी गर्न सक्दैनौं : व्यवसायी
सरकारले लगानीको लागि स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीले बताएका छन्।
रोकियो मार्तडी–कोल्टी बस सेवा
बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ । स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन । गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पु¥याइएको थियो ।
अस्पताल भवन निर्माण अन्तिम चरणमा
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
गडरायको आकर्षक गहना ‘चम्ला झरना’
बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।
उपकुलपतिको मर्यादाक्रम राज्यमन्त्री सरह बनाउन माग
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिको मर्यादाक्रम कम्तीमा राज्यमन्त्री सरहको हुनुपर्नेमा जोड दिएका छन् ।
पालिकालाई राजस्व उठाउन सकस
स्थानीय तहलाई राजस्व उठाउन सकस परेको छ । पालिकाहरूले अघिल्ला वर्षमा उठाउँदै आएका कर पनि उठाउन सकेका छैनन् । टीकापुर नगरपालिकाले कर्णाली नदीमा चल्ने डुङ्गा, र्याफ्टिङबाट राजस्व उठाउन सकेको छैन भने नगरपालिकाका भवनको भाडा उठाउन सकेको छैन । यसले ठेकेदार र नगरपालिकाको सम्पत्ति उपभोग गर्नेलाई फाइदा भएको छ ।
युवाविहीन बन्दै गाउँबस्ती
खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उहाँको घरको रेखदेख गर्ने कोही छैनन् । उहाँका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् । गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार रोजगारीको सिलसिलामा भारत पलायन भएका हुन् । गाउँघरमा रोजगारीको अवसर तथा खेतीपाती गर्दा राम्रो उब्जाउ नहुने भएकाले यसरी पलायन हुनु परेको स्थानीयको भनाइ छ ।
आगलागीमा परी दुई बालबालिकाको मृत्यु
गोठभित्रमा सल्किएको आगोमा परेर अछामको मेल्लेख गाउँपालिकामा दुई बालबालिकाको जलेर बुधबार बेलुकी निधन भएको छ ।
पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने
धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।
सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरेका बासिन्दा
डडेलधुराको पर्शुराम नगरपालिका-११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्नुहुन्छ । घरमा विष्टले किरानाको पसल सञ्चालन गर्नुभएको छ ।
खाद्य व्यवस्था कार्यालयले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । आज समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको हो ।
ठेकेदारको लापरबाहीले निर्माणको काम सुस्त
बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ ।
उपभोक्ताका लागि चामलमा पोषक तत्त्व मिसाइँदै
चामलमा पाइने पोषक तत्त्व कम हुन थालेपछि चामलमा पोषक तत्त्व मिसाउन थालिएको छ । पछिल्लो समय उपभोक्ताको चाहाना सेतो चामल भएकाले कारखानामै चामललाई पटक–पटक ताछेर (पालिस गरेर) सेतो बनाउन थालिएको हो ।
चुरे तहस–नहस हुनेगरी हुँदैछ नदीनालामा दोहन
कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरेर नदीनाला दोहन गर्न थालिएको हो ।