शेरबहादुर सार्की
बाजुरा, माघ १९ गते । बाजुराका अधिकाशं गाउँ बस्तीका युवा रोजगारिका लागि भारतमा विभिन्न ठाउँमा जान थालेपछि यहाँको विकासमा महिला जाग्न थालेका छन् ।
बेरोजगारिले गाउँका सबै युवा कामको खोजीमा भारतमा जान थालेपछि यहाँका खानेपानी बाटो स्वास्थ्य शिक्षा लगायतका भौतिक पुर्वाधार विकासमा महिला जाग्न थालेका हुन्।
युवाका लागि गाउँमा बसेर केही गरिखाने व्यवस्था पछिल्लो समय यहाँका अधिकाशं गाउँ बस्ती युवा विहिन हुँदै गएको बुढीगङ्गा नगरपालिका – ८ नुवाकोटकी कमला थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको आर्थिक भारत बढ्दै गएको र गाउँमा त्यसलाई व्यवस्था गर्न सक्ने युवालाई केही काम भएपनि युवा कामको खोजीमा भारतमा जान थालेपछि पछिल्लो समय युवाविहिन गाउँ बस्ती भएका छन् ।”
घरपरिवार पाल्नका लागि भए पनि यहाँका युवाले सधै यसरी नै कामका लागि भारतमा विभिन्न ठाउँमा जानथालेपछि अहिले यहाँ गाउँमा आएको स साना विकास निर्माणका काम कार्यमा महिलाले गर्नु पर्ने बाध्य भएको छ । गाउँमा आउने गरेका विकासका काम महिलाले पाउन थालेपछि घरमा बालबालिकाहरूलाई विद्यालयमा पढाउन सहज भएको थापाले बताउनुभयो ।
बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकाशं युवा हिउँदको महिना कामको खोजीमा भारतमा जाने गर्दछन् । उनीहरू यसरी कामको खोजीमा भारतमा जाने गरेपछि पछिल्लो समय यहाँका अधिकाशं गाउँ बस्तीमा खाली हुँदै गएका छन् । गाउँमा आउने विकास निर्माणका काम पनि पछिललो समय महिलाले नै गुर्न परेको छ ।
युवाले गाउँ खाली भएपछि अहिले गाउँमा आउने गरेका साना विकास निर्माणका योजनामा यहाँका महिलाहरूले काम गर्ने गरेपछि महिलाहरूलाई पनि पछिल्लो समय घर खर्च चलाउन निकै सहज भएको थापाले बताउनुभयो । केही समय पहिला सबै युवा गाउँमा हुन्थ्ये । गाउँमा आउने विकास निर्माणका काममा महिलाहरूले काम पाउँदैन थिए । यदी काम पाए पनि युवालाई एक दिनको एक हजार र महिलालाई एक दिनको पाँच समय मात्र दिने चलन थियो ।
अहिले युवा कम महिला बढी छन् । त्यसैले जति युवाले काम गर्दा रकम पाउँछन् । त्यति नै रकम महिलालाई पनि दिने गरेको बुढीगङ्गा नगरपालिका –८ का सामाजिक अभियन्ता कृष्णबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०८०÷८१ को विनियोजित बजेट २ लाख ५० हजारले नुवाकोट गाउँको यकदमै अप्ठ्यारो १४० मिटर लम्बाई गोरेटोबाटो पिच गर्ने कार्यमा यहाँका सबै महिलाहरू आफैं लागेका छन्।”
उनीहरू आफुले पाउने ज्याला भन्दा पनि आफ्नो गाउँको विकासमा आफैंले गर्न पाएकोमा निकै खुसी छन् । पछिल्लो समय यहाँ कसैलाई कम कसैलाई बढी ज्याला नभई सबै महिला पुरुषलाई समान खालको ज्याला दिने गरेको थापाले बताउनुभयो ।